Total Hits: 0

काम नपाएर प्रदेश बैठक तीन साता पछि सर्‍याे

  • Posted: Monday, Feb 26, 2018 20:56 PM ( 4 years ago )

सुमन तिमल्सिना/उज्यालो ।

मोरङ, फागुन १४ – कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्दै एक नम्बर प्रदेशसभाको बैठक तीन साताको लागि स्थगित भएको छ । 

सभामुखको अध्यक्षता तथा उपसभामुख र कानुनमन्त्री पदेन उपाध्यक्ष रहने गरी ११ सदस्यीय समिति गठनको प्रस्ताव बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रस्तुत गर्नु भएको थियो ।

समितिमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहेका छन् । समितिमा नेकपा एमालेका इन्द्रमणि पराजुली, बुद्धिकुमार राजभण्डारी र जयमाया गजमेर, नेपाली काँग्रेसका केदार कार्की, माओवादी केन्द्रका मोहनबहादुर खड्का, संघीय समाजवादी फोरमका जयराम यादव, राप्रपाका इन्दीरा राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे रहेका छन् ।

आजैको बैठकले प्रदेशसभाको कार्यसञ्चालन गर्न ११ सदस्यीय प्रदेशसभा नियमावली मस्यौदा समिति पनि गठन गरेको छ । अन्तरिम कार्यविधि सञ्चालन हुँदै आएको प्रदेशसभाले आफ्नो नियमावली बनाउने प्रक्रिया थालेको हो । नियमावली मस्यौदा समितिमा एमालेका लिलाबल्लभ अधिकारी, उत्तमकुमार बस्नेत, एकराज कार्की र सावित्रा रेग्मी, नेपाली कांग्रेसका सुयर्माराज राई र शान्तादेवी पौडेल, माओवादी केन्द्रका झलकबहादुर मगर र रामकुमार राई, संघीय समाजवादी फोरमका रामचन्द्र लिम्बू, राप्रपाका इन्दिरा राई र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु तुम्बाहाम्फे रहनुभएको छ ।

संसदमा मुख्यमन्त्रीको सम्बोधन

सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश मन्त्रीपरिषद गठनबारे प्रदेश प्रमुखको पत्र संसदमा पढेर सुनाए लगतै मुख्यमन्त्री शेरधन राईलाई बोल्न समय दिइएको थियो । राईले पूर्वाधार, कानुन र कर्मचारी अभावले सरकारको काम अगाडि बढाउन अप्ठेरो परेको बताउनुभयो ।

विषेश समय लिएर सम्बोधन गर्नु भएका मुख्यमन्त्री राईले सरकारको काम अगाडि बढाउन समस्या भए पनि सरकार चुप लागेर नबसेको स्पष्ट पार्नुभयो ।  अभाव र समस्याबीच सरकारले आफ्नो काम अगाडि बढाएको बताउँदै मुख्यमन्त्री राईले कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । भ्रष्टाचार, दण्डहीनता र अपराधजन्य गतिविधि नियन्त्रण गर्न शून्य सहनशीलताको कठोर नीति प्रदेश सरकारले लिएको बताउँदै मुख्यमन्त्री राईले प्रदेशको समृद्धि  एकमात्र लक्ष्य रहेको बताउनुभयो ।

राईले प्रदेश सरकारले भ्रष्टाचार, दण्डहीनता र अपराधजस्तो जघन्य कार्यमा कुनै सम्झौता नगर्ने दावी गर्नुभयो ।  कर्मचारीमा शुद्धरकिरणको खाँचो रहेको बताउँदै जनताको भावना र आकंक्षालाई पूरा गर्न यो आवश्यक रहेको बताउनुभयो ।

बिजनेस नहुँदा प्रदेश बैठक ३ हप्ता ढिला

नियमित बिजनेस नहुँदा संसद बैठक तीन साता सरेको छ । नियमित बिजनेस नभएकोले संसद बैठक तीन साताको लागि स्थगित भएको छ । अर्को बैठक चैत ७ गते १ बजे बस्ने सभामुख भण्डारीले जानकारी दिनुभयो । 

सरकारले संसदलाई बिजनेस दिन नसक्दा संसद बैठक नै पछि धकेलिएको हो । कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गर्न ढिला भएको संसदहरुले नै बताएका छन् । प्रदेश सभाका जेष्ठ सदस्य ओम प्रकाश सरावगीले संसदको काम ढिला भएको स्वीकार गर्नुभयो । अहिले देखि नै काम पछि धकेलिँदा धेरै नियम र कानुन बनाउन ढिला हुने उहाँको भनाई छ ।  

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook