Total Hits: 0

​प्रदेश सात : कहाँ होला राजधानी, के होला नाम ?

  • Posted: Monday, Feb 26, 2018 20:17 PM ( 4 years ago )

नवराज पनेरु/उज्यालो ।

कैलाली, फागुन १५ – सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी तोकेपछि साविकको क्षेत्रीय सदरमुकाम डोटीमा आन्दोलन चर्किएको थियो । 

निवर्तमान सरकारले धनगढीलाई अस्थायी राजधानी तोक्दै गर्दा जिल्ला–जिल्लाबाट विरोधका स्वरहरु आए पनि अहिले विरोधका स्वर घट्दै गएका छन् । प्रदेश सरकारको मन्त्री परिषदले पूर्णता पाएपछि डोटीको आन्दोलन लगभग साम्य भएको छ । डोटीलाई प्रदेशको राजधानी बनाउन पर्ने भन्दै आन्दोलन गरेकाले नै डोटीबाट निर्वाचित प्रदेश सदस्य त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाइएपछि स्वागत गरेका थिए । 

भट्ट मुख्यमन्त्री भएपछि उक्त आन्दोलन पनि साम्य बन्दै गएको हो । तर प्रदेश सभाले तत्कालै स्थायी राजधानी तोक्ने छाँटकाँट भने देखाएको छैन् । एक जना प्रदेश सदस्यले राजधानीको विषयलाई लिएर फेरि आन्दोलन हुने आंकलन गर्दै प्रदेश सदस्यहरु तत्कालै राजधानी तोक्ने पक्षमा नदेखिएको बताए । 

अहिलेको अवस्थामा धनगढीलाई नै राजधानी बनाउने पक्कापक्की जस्तै देखिएको छ । अस्थायी राजधानीका लागि धनगढीमै पनि भौतिक संरचनाको अभाव भइरहेका बेला दिपायलमा व्यवस्थापनमा झनै समस्या हुने भएकाले धनगढीलाई नै स्थायी राजधानी बनाउने पक्षमा रहेको धेरै प्रदेश सदस्यहरु बताउँछन् । 

अहिले पनि मुख्यमन्त्रस्ले सरकारी निवास पाउनुभएको छैन् भने कतिपय मन्त्रीहरु होटलमा बस्दै आएका छन् । यस्तो अवस्थामा दोश्रो विकल्पको रुपमा देखिएको दिपायलमा प्रदेश सरकारको व्यवस्थापनमा ठूलो समस्या आउने आंकलन गरिएको छ । 

प्रदेश नम्बर ७ मा राजधानीको विषयभन्दा पनि प्रदेशको नामाकरणको विषय अहिले बढी चर्चामा छ । विगतमा सुदूर नामले नै पछाडि पारिएकाले त्यस्को क्षतिपूर्ति पाउने गरी राजधानीको नाम राख्न पर्ने प्रदेशका बासिन्दाको भनाई छ । 

अहिले प्रदेशको नामका लागि सुन्दराञ्चल, सेती महाकाली, मानसखण्ड, खप्तड थरुहट, अपि सैपाल, अजयमेरुलगायतका नामहरु चर्चामा छन् । तराईका दुई जिल्ला कैलाली र कञ्चपुरमा राना थारु समुदायको बाहुल्यता भएकाले पहाडी समुदाय र राना थारु समुदाय दुवैले अपनत्व गर्ने गरी नाम राख्नु पर्ने नागरिक आवाज उठिरहेको छ । प्रदेशको स्थायी राजधानीभन्दा पहिले प्रदेशको नामाकरण हुने सम्भावना रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook