Total Hits: 0

​रक्षामन्त्री पोखरेलद्वारा पदवहाली ग्रहण

  • Posted: Monday, Feb 26, 2018 19:25 PM ( 4 years ago )

काठमाडौं, फागुन १४ – नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्यास सम्बन्धी फाइल स्वीकृत गर्नुभएको छ ।

सिंहदरबार स्थित मन्त्रालयमा पदबहाली गर्दा रक्षामन्त्री पोखरेलले पहिलो यो फाइल स्वीकृत गर्ने  निर्णय गर्नुभएको हो । रक्षामन्त्री पोखरेल मन्त्रालयमा पुग्दा प्रधानसेनापति राजेन्द्र क्षत्री, रक्षा सचिव विनोद केसी लगायतले स्वागत गर्नुभएको थियो । 

त्यस अवसरमा मन्त्रालय र सेनाका उच्चस्थ अधिकारीले परिचय र जिम्मेवारीबारे जानकारी गराउनुभएको थियो ।  मन्त्री पोखरेलसँग उद्योग र परराष्ट्र मन्त्रालय सम्हालेको अनुभव छ । रक्षामन्त्री पोखरेल नेकपा (एमाले) का महासचिव एवं काठमाडौं क्षेत्र नम्बर ५ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।   

त्यस्तै अाजै नियुत्क्त हुनुभएका गृहमन्त्री रामबहादुर थापा अर्थमन्त्री युवराज खतिवडा र उद्याेग वाणिज्य तथा अापूर्ति मन्त्री मातृका यादवले पनि अा-अाफ्ना मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएकाे छ ।

              नव नवनियुक्त गृहमन्त्री रामबहादुर थापा (बादल) मन्त्रालयमा पदवहाली ग्रहण गर्दै

               नव नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडा मन्त्रालयमा पदभार ग्रहण गर्दै

 

         नव नवनियुक्त उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रालयमा पदवहाली पछि मातहतका कर्मचारीलाई निर्देशन दिर्दै 

 

तस्बिर- रासस

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook