Total Hits: 0

​तरुण दलले साेध्याे : सर्वोच्चले शपथ नगराउन भनेका व्यक्ति कसरी अर्थमन्त्री ?

  • Posted: Monday, Feb 26, 2018 18:49 PM ( 4 years ago )

काठमाडौं, फागुन १४ – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सर्वोच्चले  शपथ नगराउन भनेका व्यक्ति अर्थमन्त्रीमा नियुक्त भएको भन्दै आपत्ति जनाएको छ ।

तरुण दलले सोमबार विज्ञप्ति निकालेर सर्वोच्च अदालतले शपथ नगराउन आदेश दिएको ब्यक्तिलाइ नै अर्थमन्त्री बनाएर वाम गठबन्धनले लोकतान्त्रिक मुल्य मान्यताको उपहास गरेको आरोप लगाएको छ । 

सांसद नै नभएको व्यक्तिलाई मन्त्री बनाएर गठबन्धनले जनमतको उपहास र लोकतन्त्रकै उपहास गरेको पनि तरुण दलको दावी छ ।  तरुण दलले सरकारको यस्तो अलोकतान्त्रिक र अनैतिक निर्णयको भत्र्सना गर्दै सत्ताको मातमा नभुली संविधानको पालना, लोकतान्त्रिक विधि र प्रक्रिया  तथा नैतिक मुल्यलाई ख्याल गरेर मात्रै काम गर्न सचेत पनि गराएको छ । 

तर संविधानमा संसद सदस्य नभएको व्यक्तिलाई पनि प्रधानमन्त्रीले मन्त्री बनाउन सक्ने तर त्यस्तोे व्यक्ति मन्त्री भएको ६ महिनाभित्र संघीय संसदको सदस्य हुनु पर्ने व्यवस्था छ । सर्वोच्चले खतिवडालाई राष्ट्रियसभाको सदस्य बन्न रोक लगाएमा पनि खतिवडाले संविधान अनुसार ६ महिना मन्त्री बन्न पाउनु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook