Total Hits: 0

शेर्पाले जिते एन्फालाई कांग्रेसको भातृ संगठन बनाउँछन् : गणेश थापा

  • Posted: Monday, Feb 26, 2018 17:34 PM ( 4 years ago )

काठमाडौं, फागुन १४ – फिफाबाट निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले नेपाली फुटबलको चिन्ताका कारण प्रतिबन्धित अवस्थामा पनि बेला बोल्नु परेको बताएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले एन्फाको आशन्न निर्वाचनको सम्बन्धमा आफ्नो विचार ब्यक्त गरे । १० बर्षका लागि फुटबल सम्बन्धि कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्धमा परेको थापाले फुटबलमा कसको नेतृत्व राम्रो छ भन्नका लागि कुनै बन्देज नरहेको प्रतिक्रिया दिए ।

चुनावमा कर्माछिरिङ शेर्पाले जित हात पारेमा फुटबल विकास नभई एन्फा कांग्रेस पार्टीको भातृ संगठन बनाउने आरोप लगाए । ‘यदि उहाँ (कर्मा) ले सबैलाई मिलाएर लैजान्छु भन्नुभयो भने मैले बोलिरहनु जरुरी छैन । उहाँलाई शुभकामना दिन चाहन्छु ।’ थापाले बताए ।

अहिले १० वर्षे प्रतिबन्धको कारवाही भोगिरहेका थापाले खेल क्षेत्रले चाहेको खण्डमा कारवाही समयअघि फुटबलमा कमब्याक हुन सक्ने बताए । ‘फुटबल जीवनको अन्तिम सम्म पनि छोड्न सक्दिन । मेरो खेल प्रतिको ‘प्यासन’ हो ।’ उनले भने ।‘फुटबलमा कुनै पूर्वाग्रह राख्दैनौं, पार्टिगत रुपमा जाँदैनौं, मिलेर जान्छौं भन्नुहुन्छ भने मेरो शुभकामना छ ।’ थापाले थपे । मोहम्मद बिन हमामबाट छोरा गौरवको खातामा आएको एक लाख अमेरिकी डलरको सम्बन्धमा थापाले भने, ‘मैले केही गल्ती गरेको छु भने मलाई कारवाही गर्नुस् ।’ गौरवलाई दिएको रकममा गलत परिभाषित भएको दावी गरे, ‘एक रुपैयाँ पनि बेइमानी गरेको छैन ।’

 

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook