Total Hits: 0

दुई पटक ‘काम गर्ने वातावरण नपाएका’ मन्त्री यादवको यो कार्यकाल कस्तो होला ?

  • Posted: Monday, Feb 26, 2018 17:31 PM ( 4 years ago )

काठमाडौं, फागुन १४ - नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मातृका यादव मन्त्री हुनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियूक्त यादव धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा  निर्वाचित हुनुभएको हो । 

२०३४ मा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा सुरु गर्नुभएका मातृका यादव विस २०३६-३८ सम्म सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बन्नुभयो ।

०३८ चैतमा प्रहरीले उहाँलाई समातेर डिल्लीबजार कारागारमा चार महिनासम्म राखेको थियो । त्यहाँ उहाँले ठूलो संघर्ष गर्नुभएको थियो । जेलभित्रै संघर्ष गर्दा त्यहाँ अश्रुग्यास र गोली चलेको थियो । आफूलाई रिहा गर्नु पर्ने माग राख्दा जेलका नाइकेहरु मातृका यादवमाथि आक्रमण गर्न गएका थिए ।

त्यतिबेला मातृका यादवलगायत अन्यले जेलको गेट कब्जामा लिएका थिए । २०३९ मा जेलबाट छुटेपछि उहाँ पार्टीमा सक्रिय हुनुभयो । बि.स २०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रिय सदस्य र पार्टीमा क्षेत्रिय व्युरो सदस्य हुनुभयो । ०४२ सालमा उहाँ फेरी नौ महिना जेल पर्नुभयो । 

२०५१ सालमा पार्टीको तेस्रो विस्तारित वैठकपछि माओवादी पार्टी भूमिगत भयो । उहाँ धनुषामा केन्द्रित हुनुभयो । २०५६ मा श्रीमतिको उपचारका क्रममा काठमाडौं आउँदा फेरी उहाँ पक्राउ पर्नुभयो । एक वर्षसम्म उहाँलाई वेपत्ता बनाइयो ।

२०५८ मा फेरी उहाँ जेलमा पर्नुभयो । २०५९ मा सरकारसँग पहिलो वार्तामा उहाँ जेल मुक्त हुनुभयो भने दोस्रो वार्तामा टोलीका सदस्य बन्नुभयो । २०६० मा उहाँ फेरी दिल्लीबाट पक्राउ पर्नुभयो । २०६३ को वैशाख अन्तिमतिर उहाँ जेलबाट छुटनुभयो  । 

उहाँ  पहिलोपटक अन्तरिम व्यवस्थापिका संसदमा वनमन्त्री बन्नुभएको थियो । तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालसँगको विवाद कारण उहाँले मन्त्रीबाट राजिनामा दिएर हिड्नुभएको थियो ।

उहाँ २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद् बन्नुभएको थियो । उहाँ त्यसबेला भूमी तथा व्यवस्था मन्त्री हुनुभएको थियो । त्यतिबेला पनि सरकारबाट आफूलाई काम गर्नमा सहयोग नभएको भन्दै मन्त्री पदबाट राजिनामा दिनुभएको थियो । पछि उहाँ माओवादी पार्टीबाट नै अलग हुनुभएको थियो । 

पार्टीबाट अलग हुने बेला उहाँले सभासद्बाट पनि राजिनामा दिनुभएको थियो । २०६५ माघ २९ गते माओवादी पुर्नगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर उहाँ आन्दोलनमा जानुभएको थियो । 

मातृका यादवले दुई वर्ष अगाडि फेरी माओवादी केन्द्रसँग एकीकरण गर्नुभएको थियो । पार्टीसँग एकीकरण गरेपछि पार्टीको कार्यालय सदस्य सहित उहाँ मधेशका इन्चार्ज रहनुभएको थियो । अहिले धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनाव जितेका मातृका यादव मधेशमा प्रभावकारी नेताको रुपमा चिनिनुहुन्छ ।

उहाँ माओवादी केन्द्रको तर्फबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारको मन्त्रीमण्डलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा सहभागि हुनुभएको । मातृकाप्रसाद यादवले त्रिभूवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र (आईएड) सम्मको शिक्षा हासिल गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook