• सुझाव प्रतिक्रिया पठाउनुहोस

    तपार्इंका समस्या, सुझाव, अनुभव, प्रतिक्रियाले उज्यालो प्लेटफर्मलाई अघि बढाउन मद्दत गर्छन् । उज्यालोका बारेमा तपाईंका सुझाव र प्रतिकृया [email protected] मा ईमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 35566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगईन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । ईमेल, एसएमएस र फेसबुकमा आएका तपाईंका टिप्पणी, सुझाव, समस्या र अनुभव हामी क्रमैसँग प्रकाशन गर्दै जानेछौं । 

  • म यहाँ कुकको काम गर्छु । म त सीप सिकेर आएको थिएँ र सजिलो काम पनि पाएँ । तर थुप्रै साथिहरु सीप बिना आएर दुःख पाउँछन् । मेरो सल्लाह कसैको कुरामा लागेर नआउनु होला, नत्र के खाडीका देश के जापान दुःख हुन्छ ।

  • नेपाल फर्कने चाहना त छ तर नेपाल फर्केर के गर्ने भन्ने चिन्ता मुख्य हो । कुनै सानोतिनो व्यापार व्यवसाय गर्न समेत सुरक्षित हुन्न । त्यसैले कुनै सीप सिकेर विदेश आउँदा ढुक्कले कमाउन सकिन्छ । न त कसैको धाकधम्की न त तलवको कुनै तनाव । कमायो घर पठायो ढुक्क छ ।

  • राजनीतिक दलको पुच्छर हुन नेपाल फर्केर पनि के नै पो गर्न सकिन्छ र ? विदेशमा दुःख गरेर कमाएको पैसा नेपाल ल्याएर लगानी गर्दा पनि सधैंको बन्द र हड्ताल जस्ता कुराले सिद्धिन्छ । हामीलाई पनि रहर त होइन यो बिरानो मुलुकमा आएर भाषा, संस्कृति केहि नमिल्नेहरुसँग काम गरेर बस्न । तर के गर्नु रहरले मात्रै जीविका चल्दैन ।

  • रोजगारीमा जाने महिलाले मान्यताप्राप्त संस्थाबाट आफू जाने मुलुक र कामका बारेमा अभिमुखिकरण तालिम लिएर, पत्रिकामा छापिएका विज्ञापनहरु आधिकारिक भए नभएकोबारे वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा बुझेर जानुपर्छ । भीसा र अन्य सम्पूर्ण कागजातको प्रक्रिया पूरा गरेर मात्रै लागत खर्च दिनुपर्छ । आफू काम गएको मुलुकको श्रम सम्बन्धि कानूनी व्यवस्था, दूतावासबारे जानकारी राख्नेजस्ता काम कामदार स्वयंले गरे घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा गएका नेपाली महिलाले दुःख पीडा भोग्नुपर्दैन् ।

  • पैसा धेरै कमाउने सपना बोकेर म घर, गाउँ र देश छोडेर हिंडेको थिएँ तर सपना सपना नै हुँदो रहेछ । विदेशमा धेरै धन कमाएइला भनेर त्यसै आफ्नो घर छोडेर नहिँड्नु होला ।

  • जानेर आउने हो भनें विदेशमा पनि भनेजस्तो दुःख छैन । त्यो आफुले काम गर्ने कम्पनीमा भर पर्ने कुरा हो । त्यसैले नेपालबाट आउँदा कस्तो कम्पनी हो र काम के हो भन्ने बुझेर आएमा विदेशमा कमाउन सकिन्छ ।

    दिपकुमार पुरी, दमाम साउदी अरेविया

  • खाडी मुलुकमा काम गर्दाको ठूलो समस्या भनेको गर्मी नै हो । धेरै गर्मीसँग जुधेर काम गर्नु पर्ने भएको हुँदा खाडीका मुलुकमा काम गर्न जाँदा यस बारेमा बुझेर जानु राम्रो हुन्छ ।

  • नेपालमा भनेजति तलव र भनेजस्तो काम यहाँ आएपछि पाईंदो रहेनछ । त्यसैले आउनु अघि नै सोच्नु होला ।

    रामु रस्मी, कतार

  • सञ्चार माध्यमले खबरदारी गरिरहे पनि अझै पनि गाउँ गाउँमा दलालको बिगबिगि छ । कतिपय थाहा नपाई फसेपनि धेरैजसो चैं सावधानी नअपनाउँदा फसिरहेका छन् । त्यसैले अझै पनि जनचेतनाकै खाँचो छ ।

    पुरुषोत्तम अधिकारी

  • विदेश गएर धन कमाउने सपना जो कोहीमा हुन्छ । तर यहाँ आउँदा भनेजस्तो काम पाइँदैन र भनेजस्तो तलबसुविधा पनि हुँदैन । त्यसैले यहाँ आउनुभन्दा पहिला केही सीप सिक्नुपर्छ । मेरो त सोचेजस्तो काम पनि छैन्, कमाइ पनि छैन् ।  

  • जो सुकै नेपालीले विदेश जाँदा राम्रो काम र धेरै पैसाको अपेक्षा राखेको हुन्छ । त्यसका लागि हामीले पहिलो कुरा सीप, पढाइ र जुन कामको लागी जान लागेको हो त्यसमा अनुभवी हुनुपर्छ । सबैको सोचेजस्तो त कहाँ हुन्छ र । यहाँ आएपछी जे कामको लागी ल्याएको हो त्यै काम गर्न गर्न नपाएका पनि धेरै छ । मेरो कुरा गर्नुपर्दा ठिकै छ भन्नुपर्‍यो । कमाइ पनि राम्रै छ, तर खटाइ चाहीँ अलिक धेरै छ । विदेश आउँदा पहिला आफू जाने कम्पनीको काम र पाइने तलब सुविधा कस्तो छ, त्यो काममा आफूसँग अनुभव छ कि छैन भन्ने कुरामा ध्यान दिए आफूले सोचेजस्तो हुन्छ ।

  • प्रायः युवाहरु विदेश जाँदा राम्रो काम र आकर्षक तलब सुविधाको अपेक्षा राख्छन । आफू अदक्ष भएपछि सोचेजस्तो हुँदैन विदेशमा । थोरै नेपालीले मात्रै विदेशमा सोचेजस्तो तलब सुविधा पाएका छन् । अर्को कुरा मेनपावर कम्पनीहरुले पाउने तलब सुविधा भन्दा बढी नै प्रचार गरेका हुन्छन । मैले त सोचे अनुरुप कै तलब सुविधा पाइरहेको छु । विदेश जाँदा काम गर्ने कम्पनी, आफूले पाउने तलब सुविधामा ध्यान दिनुपर्छ । सँगसँगै काम गर्ने अवधि र आफू कुन कामका लागि जाने हो, त्यसमा आफू योग्य छु कि छैन भन्ने कुरा ध्यान दिएर मात्रै जानुपर्छ ।

  • म कतारमा एउटा सेक्युरिटी कम्पनीमा काम गर्छु । मलाई एक बर्ष अघि एउटा म्यानपावर कम्पनीले १ लाख ५० हजार लिएर पठाएको थियो । तर कार्यक्रम देश परदेश सुनेपछि मलाई थाहा भयो ७० हजार भन्दा धेरै तिर्नुपर्ने रहेनछ । मैले दोहामा रहेको नेपाली दुतावास र नेपालमा बैदेशिक रोजगार बिभागमा उजुरी हालें र ३ हजार ३ सय ४३ रियाल (झण्डै ८० हजार रुपैंया) फिर्ता लिन सफल भएँ । धन्यवाद उज्यालो ।

  • विदेश जाने सर्वसाधारणलाई सूचना दिने सरकारी कार्यक्रम प्रभावकारी छैनन् । सूचना दिने निकाय पनि एजेन्टका हातमा छन् । सूचना नपाउँदा सोझासाझा नागरिक जसले जे भने पनि विश्वास गर्न बाध्य छन् । त्यसैले सरकारले कडाइका साथ नियम कानून बनाएर सर्वसाधारणलाई सूचना दिने काम गर्नुपर्छ ।  गाउँगाउँ बस्तीबस्तीमा सूचनाको पहुँच पुर्याउनपर्यो ।

  • वैदेशिक रोजगारीमा जानु अघि सूचना अति नै आवश्यक छ । रोजगारीको लागि जान लागेको देशको बारेमा बुझेर मात्र हिंड्नुपर्छ । तर त्यो सबै जानकारी दिने को त, भन्दा उनै मेनपावरका ठगी गर्ने मात्र हुन । तर सरकारी निकायबाट त्यस्तो कुनै प्रक्रिया नै छैन । अनि मेनपावरले तोकेको काम र तलबमा फरक पर्छ । ऋणधन गरेर आएका हामी जस्ता सोझासाझा नेपाली दलालको फन्दामा फसेर काम गर्न बाध्य भइरहेका छौं । यसका लागि सरकारले विशेष कार्यक्रम चलाउनुपर्छ । कुन देशमा के कामका लागि भीसा आएको छ ? तलब सुविधा के कस्तो छ सबै कुरा हेरेर मात्र वैदेशिक रोजगारीमा पठाउने नियमकानून बनाउनुपर्ला ।

  • म्यानपावर कम्पनी मार्फत काम गर्दा अहिले ठगि भईरहेको हो । तिनिहरुलाई खारेज गरी सरकारले नै कामदार पठाउने हो भनें न त यस्तो खाले ठगि हुन्छ न त सम्झौता अनुसार तलव, सुविधा नपाउने समस्या नै रहन्छ ।

  • च्याउ सरी उम्रेका मेनपावर र त्यों भन्दा धेरै तिनका दलालबाटै ठगिने प्रवित्ती दिनानु दिन बढ्दो छ । यस्का लागि सरकारी तवर बाटै सहि क़दम चलि समय मै व्यवस्थित बनाईनु पर्छ ।अझ महिलाको हकमा त निश्चित सस्बन्धित निकाय बनाएर मात्र विदेश पठाने नियम हुनु पर्छ ।

समाचार

View more

Radio Programs More