• सुझाव प्रतिक्रिया पठाउनुहोस

    तपार्इंका समस्या, सुझाव, अनुभव, प्रतिक्रियाले उज्यालो प्लेटफर्मलाई अघि बढाउन मद्दत गर्छन् । उज्यालोका बारेमा तपाईंका सुझाव र प्रतिकृया [email protected] मा ईमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 35566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगईन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । ईमेल, एसएमएस र फेसबुकमा आएका तपाईंका टिप्पणी, सुझाव, समस्या र अनुभव हामी क्रमैसँग प्रकाशन गर्दै जानेछौं । 

  • मेरो घर उदयपुर हो। म साउदी आएको ११ महिना भयो। काठमाडौंको चप्पल कारखाना नजिकै रहेको इन्टरनेसनल जब कनेक्शन नामक म्यानपावर द्वारा हेभी भेइकल ड्राइभरमा आएको थिए। तर यहाँ त सानो गाडी मात्र छ। यसको बारेमा म्यानपावरको मान्छेलाई जानकारी गराउँदा २, ३ महिना पछि ठूलो गाडी दिन्छ भन्यो। त्यस पछि फोन उठाउनै छाड्यो। ड्युटी पनि भनेको भन्दा धेरै गर्नुपरेको छ। ओभरटाइम गर्नको लागि कम्पनी भित्र लेबर काम गर्नु परिरहेको छ। पैसा पनि १ लाख २० हजार तिरेकोमा २० हजारमा मात्र हस्ताक्षर गराएको छ। यसरी दलाल मार्फत हामी बेचिन बाध्य छौं।

    उद्धब राउत / साउदी (इमेल)

  • मेरो भिसा आएको महिना दिन भइसक्यो । तर म्यानपावरको हड्तालका कारण हामी जस्ता धेरै युवा काठमाडौंमा बेखर्ची भएर बस्नु परेको छ । सरकार र म्यानपावर दुवैले समस्याको हल चाँडै खोजोस ।

    नाम ठेगाना उल्लेख नभएको

  • म कतारबाट राष्ट्र बैंकले जारी गरेको बचत पत्र किन्न कोशिष गरिरहेको छु । यसबारेमा बुझ्न खोज्दा न दूतावासवासको फोन उठ्छ, न त राष्ट्र बैंकले इमेलको जवाफ दिन्छ । बचत पत्र किन्ने प्रक्रिया सरल बनाए म ठोकुवा गरेर भन्छु, विदेशमा भएका लाखौं नेपालीले बचतपत्र किन्छन् । किन्न आएनन भन्नु भन्दा सुधार गर्न लागे राम्रो हुन्छ, राष्ट्र बैंकलाई मेरो सुझाव ।

  • युवा विदेश भनेपछि फुरुक्क पर्छन । तर त्याहाँ गएपछि मात्र थाहा हुन्छ कस्तो कष्ट हुन्छ भनेर।  भन्निछ नि नमरी स्वर्ग देखिदैन ।  त्यसैले वैदेशिक रोजगारीमा जानुभन्दा अगाडी नै सोच्नु पर्छ कि कहाँजाने ? कुन ठाउँ जाने र कसरी जाने ? के कामका लागि जाने ? आफुसँग के कस्तो सिप छ भनेर बुझ्नु पर्छ । त्यसपछि मात्र वैदेशिक रोजगारीमा जानु उचित हुन्छ । 

    चाँदनी बोगटी / कञ्चपुर

  • निश्चय नै वैदेशिक रोजगारमा पूरा जीवन गुजार्नु राम्रो होइन । एक त आफ्नो परिवार र गाउँठाउँबाट अलगिनु पर्ने, अर्को कुरा परदेशमा आफूले चाहेजस्तो हुन्न । तर विदेशमा २ बर्ष विताएर नेपाल पुग्दा कुनै काम थाल्न हिम्मत नै आउँदैन । अनि २ महिनाको छुट्टि वितायो र विदेश फर्कियो । आत्मविश्वास नभएकाले वा काम गर्ने वातावरण नभएको हो, धेरै नेपाली युवालाई यस्तै हुन्छ जस्तो लाग्छ ।

    राम रिजाल

  • देश परदेश मलाई धेरै राम्रो लाग्छ । बिषेश गरी विदेशमा रहेका नेपालीहरुको समस्या अनी भोगाईहरु समेटेर तयार पारेको यो कार्यक्रमले मन छुन सफल भएको छ । 

    लेखु मगर/ नवलपरासी (इमेल)

  • सेल्युट छ सर्बेन्द्र खनालजीलाई बल्ल नेपाली युवा ठगी गर्ने म्यानपावरलाई कारवाही चलाउनु भएकोमा । यसरिनै जनताको मनमुटु, भावना र मर्म बुझेर जनताको हितमा अगि बड्नुहुन अनुरोध गर्दछु ।

  • नेपाल सरकारले युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउनु भन्दा नेपालमै रोजगारी सृजना गरेर काममा लगाइ दिए हुन्थ्यो ।

    कमल धामी /दार्चुला

  • पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेक बहादुर गुरुङ ज्यूको पालामा नै यी व्यवसायीलाई जेल हाल्नुपर्थ्यो । तर भाग्यवश त्यतिबेला उम्किए । गरिबको घरबार उजाड गर्ने,  सोझासाझाको पैसाखाने, ७० हजार देखि १ लाख रुपैयाँ भन्दा बढि लिएर १० हजारको मात्र रसिद दिने उनीहरुलाई कडा कारवाही हुनुपर्छ । त्यसरी विदेश आएका हामीले कुनै सेवा-सुबिधविना काम गर्नुपर्छ । यहाँ काम गर्दा यतै मरिन्छ र परिवारलाई भेटिन्न जस्तो लाग्छ । नेपाल प्रहरीले यिनीहरुलाई कुनै पनि आन्दोलनको नाममा र कसैको दवावमा नछाड्नुहोला । अब विदेश आउनेहरुलाई सरकारले नै पठाए हामी विदेशमा बस्नेलाई सकुशल घर फर्किने आशा हुनेछ ।

  • जुनसुकै देशमा जानुभएका नेपाली कामदारहरुले रक्सि जस्ता नसालु पदार्थको प्रयोगलाई निरुत्साइत गर्ने हो भने नेपालीहरुको अकालमा ज्यान जान ५० प्रतिसतले धट्ने साथै बचतमा समेत बृद्धि हुने छ । 

    जीवन तामाङ/ बारपाक, गोर्खा

  • सोचे जति यथार्त हुदैन । जसमा धेरै कारणहरु छन् । वैदेशिक रोजगारीमा जाने व्यक्तीहरु दक्ष नहुनु । सरकारले रोजगार मुलुकसँग गरेको श्रम सम्झौत्ता फितलो हुनु । म्यानपावरको लापरवाही र हामी बढी पैसा कमाउने प्रलोभनमा परि हचुवाको भरमा असुरक्षित ठाँउ वा कम्पनीमा जानाले गर्दा दुख पाईरहेका छौं ।

  • म मलेसियामा कार्यरत छु । नेपाली कामदारहरु यहाँ निकै दयनीय अवस्थामा छन् । रातमा सुत्न र दिनमा बाहिर निस्कन नि डरमर्दो छ । ज्यानै जाने डर छ । तामिलले भेट्यो भने लुटपाट र कुटपीट गर्छन । प्रहरीले पनी लुट्ने काम नै गर्छ । आफुसँग भएको सबै पैसा माग्छ नत्र जेल लान्छु भन्छ । त्यसैले नेपाली मलेसियामा नल्याउने घोषणा नै राम्रो छ ।

    सन्तोष लिम्बु /मलेसिया (इमेल)

  • म लगायत झण्डै सय जना नेपाली मलेसियाको KL Supreme Poultry Sdn Bhd मा काम गर्छौ ।  हामीलाई कम्पनीले भिसा परमिट एक ठाँउको दिन्छ । काम भने अर्कै ठाँउमा लगाउने गरेको छ । यसरी काम  गर्दैनौ भन्दा  नेपाल फर्काउछु,  ४/५  हजार रिंगिट लाग्छ भन्छ । हामीलाई केहि सुविधा छैन । मासिक तलब पनि दिदैन । दैनिक ज्यलादारी जस्तै हो । काम गरेको दिनको मात्रै पैसा आउछ । बिमारी हुदा पनि कम्पनीले केही हेर्दैन । उल्टै काममा गएन भने काम गरेको दिनको पैसा काट्छ । अनि अहिलेको नयाँ समस्या चाहिँ इमिग्रेसनले छापा मारिरहेको छ । हामी धेरैको भिसामा उल्लेखित काम र ठाउँ मिल्दैन । भेटिहाले समाएर लैजान्छ । कम्पनीले केहि खोजखबर गर्दैन । आफैले पैसा तिरेर आउनु पर्छ । यस्तो समस्या ५/६ जनालाई परिसक्यो । नेपालबाट कोहि यो कम्पनीमा आउदै हुनुहुन्छ भने नआए हुन्छ ।

  • नेपाल कृषी प्रधान देश भएपनि युवाहरु विदेश पलायन भएका कारण कृषीमा काम गर्ने भनेका कि त १६ वर्ष मुनीका छन कि त ४० वर्ष कटिसकेका छन। खासगरी देशमा रोजगारीको अवसर नहुदा धेरै युवा विदेशिन बाध्य छन, नेपालीले स्वदेशमै बसेर व्यावसाय गरेर पनि उन्नती गर्थे होलान तर गाउँघरमा विदेश जान्छु भन्दा ऋण दिने तर घरमै बसेर व्यावसाय गर्छु भन्दा कसैले पनि ऋण नदिने भएका कारण युवाहरु विदेशिएका हुन । 

    विनिता निरौला / ओखलढुङ्गा

  • बेरोजगार हुनुको पीडा अलग छ तर यही पीडामा शोषण गर्न पल्केका दलालहरुले १० हजार रुपैयाँ लागतको रसिद काटेर अझैपनि खुलेआम रुपमा लाखौं रुपैयाँ असुली गर्ने प्राय निश्चित छ । सरकारले बेरोजगारहरुको यो पीडा अनि मेनपावर व्यवसायीहरुको यो चातुर्यतालाई बेलैमा नबुझ्ने हो भने स्थिती अझ भयावह हुने प्रष्ट देखिन्छ । पासपोर्ट बनाउने बेला देखि लुटिन थालेको नेपाली युवा विदेश आईपुग्दा सम्म लुटिने समस्याको अन्त्य कहिले होला र खै ?

     

  • अप्ठेरो पर्छ भन्ने थाहा पाउँदा पाउँदै नेपाली कामदार विदेशमा अवैधानिक बन्नमा सबैको दोष छ । सही सरकारि नीति नहुनु, कामदारलाई कामको बारेमा ज्ञान नहुनु, म्यानपावरले चिल्लो कुरा गरेर कामदार पठाउनु, कम्पनीले समयमा तलब नदिनु, म्यानपावरले धेरै पैसा लिनु, भनेको जस्तो सेवा सुविधा नपाउनु । अनि अरु के चाहियो र ?

  • हामी नेपालमा रोजगारीका बिकल्प नहुदा विदेशिएका हौं । हाम्रो समस्या समाधानमा नेपाल सरकार नलागेको हो की जस्तो लाग्छ । मलेसिया सरसर्ति हेर्दा धेरै खतरायुक्त र दुखमय बन्दै गएको छ । जस्तै मलेसियन सरकारले आप्रवासी कामदमरका लागि बनाएको कठोर नियम कानुनमा नेपाल सरकार प्रतिक्रिया बिहिन हुनु, कतिपय घटनाको बारेमा खुलस्त नहुनु, अनि यहाँको दूतावासले कामदारको भावना अनुसारको काम गर्न नसक्नु, कम्पनीका मालीकहरुको ज्यादती आदी जस्ता थुप्रै समस्याबाट पिडित छौं हामीहरु तर सुनिदिने कोहि छैन ।

    प्रमोद भट्ट /मलेसिया

  • मेरो साथी २ बर्ष अघि बैधानिक तरीकाले युएई आएर काम गर्दै हुनुहुन्थ्यो । उहाँ घर बिदामा नेपाल जानु भयो र घरायसी कारणले युएई फर्कनु भएन । केहि महिना पछि उहाँ वैदेशिक रोजगारीकै सिलसिलामा कतार जानुभयो । केहि दिन अधि कतारबाट घर बिदामा फर्किदा उहाँको ट्रान्जिट आबुधाबी/युएई पर्यो। युएईको पहिलाको भिसा रद्ध नगरेकाले उहाँ पक्राउ पर्नु भयो । साथसाथै उहाँले जरीवाना समेत तिर्नु पर्ने छ । अहिले उहाँ जरीवाना भुक्तान गर्ने रकमको प्रतिक्षामा हुनुहुन्छ । अन्तराष्ट्रीय कानुनको ज्ञान नहुदा यसरी नै समस्यामा पर्न सकिन्छ । त्यसैले सबैलाई सचेत रहन अनुरोध गर्दछु । 

    राजु भण्डारी आबुधाबी/युएई (इमेल)

  • मेरो समस्या भन्नु पर्दा म मलेसिया आएको १८ महिना भयो । हाल म रेड फोर्स सेक्युरिटी सर्भिसेज (Redforce Security Services Sdn Bhd) कम्पनीमा काम गर्छु । तर बिगत ५ महिना देखि कम्पनीले कुनै काम दिएको छैन । म सहित २० जना अलपत्र रुपमा बसिराको छौं । कम्पनीसंग घर जानलाई पासपोर्ट माग्दा पनि दिदैन । यो रेड फोर्स सेक्युरिटी सर्भिसेजको भिसा नेपालको बुद्ध भीजन मेनपावर (Buddha Vision Overseas Pvt. Ltd.) र वल्ड्रवाइड मेनपावर (Worldwide Human Resource Networking Pvt. Ltd) मा गएकोछ भन्ने सुनेको छु त्यसैले यो कम्पनीमा नआउनु होला ।

    रोहन थापा / मलेसिया (इमेल)

  • हाम्रो देशमा धेरै नै संभावना छ । यसका लागि सरकारले वेरोजगार युवालाई सीपमुलक तालिमको व्यवस्था गर्नुपर्छ । अनि सञ्चारमाध्यमले पनि यस विषयमा प्रचार प्रसार गर्नुपर्छ । यसो गर्न सकेमा १५/२० हजार कमाउन युवाहरु विदेश जाँदैनथे । 

समाचार

View more

Radio Programs More