• सुझाव प्रतिक्रिया पठाउनुहोस

    तपार्इंका समस्या, सुझाव, अनुभव, प्रतिक्रियाले उज्यालो प्लेटफर्मलाई अघि बढाउन मद्दत गर्छन् । उज्यालोका बारेमा तपाईंका सुझाव र प्रतिकृया [email protected] मा ईमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 35566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगईन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । ईमेल, एसएमएस र फेसबुकमा आएका तपाईंका टिप्पणी, सुझाव, समस्या र अनुभव हामी क्रमैसँग प्रकाशन गर्दै जानेछौं । 

  • आफ्नै देशमा रोजगारिको ग्यारेन्टी गर्न सक्दैन नेपाल सरकारले ।  त्यसैको फलस्वरुप लाखौं यूवा परदेशिन बाध्य भएकाछन्।  तर परदेशमा पनि अरु देशका नागरिकलाई झैं हेर्दैनन संबन्धित कम्पनिहरुले। तलव देखि लिएर बस्ने ठाउँ सम्ममा गिराएको हुन्छ नेपाली कामदारलाई। एउटै कम्पनीमा उस्तै काम, अझै भन्ने हो भने अरु देशका कामदार दक्ष नभए पनि तलब भनेजस्तै हुन्छ। नेपाली कामदार दक्ष नै होस् तर हेपिनैरहेको देखेकोछुँ । तर हाम्रो बिलौना कस्ले हेर्ने? कस्ले सुनिदिने? नेपाली दूतावासमा न्याय खोज्न गयो, उतै दलाल भेटिन्छन्। उल्टै हाम्रै गल्ती देखाउछन्।  प्रधानमन्त्री ज्यु भ्याए सम्म साउदी, कतार, मलेसिया आएर संबन्धित निकायसँग जोडिनुस्।

     

     

  • परदेशि भएर बाच्नु भनेको आफ्नो बाल बच्चाको भबिष्य बिगार्नु रैछ। आज म घरबाट हिडेको २० बर्ष भयो। दिन बित्न केहि बेर लागेन तर पछाडि फर्कि हेर्दा जहाँ को त्यही देख्दछु। यतिका बर्ष पदेशमा बसेर पनि कुनै कुराको परिवर्तन भएन।

    तुल मगर/ बर्दघाट, परासि (हाल दुवई)

  • विदेश जाने सोच्नु भएका साथिहरु कृपया कुनै पनि देश जानु भन्दा अगाडी त्यस देशको रहनसहन, भेषभुषा, धर्म, भाषा, वातावरण र काम गर्न जान लागेको कम्पनी नयाँ होकी पुरानो ! यस्ता कुरा राम्ररी बुझ्नुहोला। यदि नयाँ कम्पनी हो भने कामदार कति छन त्यस्ता कुरा पनि ध्यान दिनु पर्छ। विदेशीएका मध्य धेरैले भनेको काम नपाउनु, भने जति पैसा नपाउने भनेका यस्तै नयाँ कम्पनीहरु हुन। त्यसैले जसरी विदेश जान गाह्रो छ, त्यसको दश गुणा स्वदेश फर्कन छ। त्यसैले यदि जानु हुन्छ भने शाहस बोकेर जानुहोला। जस्तो सुकै काम गर्न सक्छु भन्न सक्ने मात्र जानु होला। विदेशमा सजिलो काम भन्ने हुदैन। अत्यन्तै गाह्रो हुन्छ। गए पछि तुरुन्त फर्कन सकिन्न। यदि फर्किहाले पनि लगानी डुब्छ। बरु त्यो लगानी नेपालमा गर्नुहोस। त्यहि लाभदायक हुनेछ। 

    हरि थापा/ भेड्पु दोलखा (हाल मलेसिया)

  • समस्या त धेरै छन् तर समस्यामध्ये मुल समस्या भनेको यो परदेशमा समयमा तलब नपाउने तलब पाए पनि आफूले गरेको कामको पुरा नपाउने।  साथै कामदारको लागि कम्पनीले दिने खाना अनि बस्ने ठाँउ राम्रो नहुनु। अनि मेरो आफ्नै अनुभवमा भन्नु पर्दा अर्को समस्या हामी आफैमा पनि हुन्छ। जस्तै कि आउने देशको भाषा, नियम कानुन, कामको बारेमा राम्रो जानकारी नहुनु। त्यसैले वैदेशिक रोजगारीमा आउनु भन्दा पहिला आफू जाने देशको बारेमा केही न केही जानकारीहरु हुनै पर्ने रैछ।

    राज कुमार तामाङ /अबुधाबी,युएई

  • हामी आफैले आफैलाई बुझाउन सक्दैनौ। धेरै अरुको देखासिकी गर्छौ। तल्ला घरेले यति कमायो,पल्लोघरकाले यसो गर्‍यो, उसो गर्‍यो भन्ने हाम्रो कन्सेप्ट छ। त्यतिबेला हामि आफ्नै उर्बर भुमिमा सुन फलाउन सक्छौं भन्ने सोच कहिले पनि आउदैन। जब सम्म हामिले आफ्नो मनस्थिति परिवर्तन गर्न सक्दैनौं विदेशिने सिलसिला चलीनै रहन्छ।

  • भन्न त सजिलै भनिन्छ, विदेशिनु बाध्यता हो। हुनसक्छ कसैलाई विदेशिनु नै अन्तिम विकल्प पनि होला । तर भएका खेतबारी बाँझै राखी खाडीमुलुक पस्ने यो कस्तो बाध्यता हो ? बुझी नसक्नु छ।

  • याहाँको समस्या भनेको कम्पनीले टाइममा तलब दिदैन। बिरामी हुदा पनि उपचार गरिदिदैन। बिरामी भएर डिउटी जान सकेन भने कुट्न खोज्छ र तलब काटेर दिन्छ। बस्ने रूम पनि उस्तै हुन्छ। ढालान माथी सुत्नु पर्छ। कम्पनीको केहि सुबिधा छैन र १२ घन्टाको डिउटी १५ घन्टा पुर्‍याउछ। मलेसियामा ज्यानको सुरक्षा पनि हुन्छ भन्ने छैन। 

    धनराशी तामाङ / मलेसिया

  • म मलेसिया पेनाङ्को बिजिएम गार्मेन्ट कम्पनीमा काम गरेर फर्किएको मान्छे हुँ। करार पत्रमा ९ सय  रिंगिट बेसिक तलब लेखिएको थियो तर मैले ४ सय मात्र पाँए। कति साथिहरुले त २ सय तलब थापेको पनि देँखे। त्याहाँ गएका नेपाली कामदारहरु बाध्यताले मात्र काम गरीरहेका छन्। कसैको टाउँकोमा ऋणको भारी छ त कसैलाई कम्पनीले फर्कन पनी दिदैन। सबैको पासपोर्ट कम्पनीले जफत गरेको छ। अबैधानीक भएर काम गरे प्रहरीको फन्दामा पर्ने डर हुन्छ। धेरै नेपाली तड्पिएर बाचिरहेका छन् आजपनि त्यहाँ।

    गणेश दमाई

  • युएईमा पिएसबिडी सेक्युरेटि गार्डमा रोजगारीको लागि कामदार ल्याउदा स्वास्थ्य बिमा हुने र कम्पनीले उपलब्ध गराउने भनि सम्झौता गरि ल्याइन्छ। तर यहाँ हेल्थ-कार्ड दिएपनि कम्पनीले कामदारको स्वास्थ्य बिमाकार्ड बनाइदिदैन। फलस्वरूप हेल्थ-कार्ड भएतापनि सय प्रतिसत स्वास्थ्य  उपचार खर्च स्वयम् कामदारले नै व्यहोर्नु पर्ने अवस्था छ। यसवारे थाहा भएर पनि सरकारले किन कानमा लेत हालेर बसेको होला? के सम्झौता मात्र देखाउन र वैदेशिक रोजगारीमा सेक्युरिटी गार्डमा जानेको आखाँमा छारो हालि म्यानपावर कम्पनीलाई मोटाउनका लागि मात्र हो?

  • म जस्ता बेरोगार युवाहरु भौतारीदै खाडीमा पसिना बगाइरहेका छौं। हातमा सिप हुदाँहुदै पनि अन्तीम रोजाई खाडीमुलुक नै बनेको छ। आखिर किन यस्तो ? म र म जस्ता हजारौ युवाहरु कामको खोजीमा खाडीमुलुक नै जानु पर्छ ? हातमा सिप हुनेहरुकालागी केही सहयोग गरी स्वदेसमै रोजगार सिर्जना गर्ने वातावरण मिलाइदिए राम्रो हुन्थ्यो। बिक्रान्त आचार्य/ नेपालगञ्ज

    म जस्ता बेरोगार युवाहरु भौतारीदै खाडीमा पसिना बगाइरहेका छौं। हातमा सिप हुदाँहुदै पनि अन्तीम रोजाई खाडीमुलुक नै बनेको छ। आखिर किन यस्तो ? म र म जस्ता हजारौ युवाहरु कामको खोजीमा खाडीमुलुक नै जानु पर्छ ? हातमा सिप हुनेहरुकालागी केही सहयोग गरी स्वदेसमै रोजगार सिर्जना गर्ने वातावरण मिलाइदिए राम्रो हुन्थ्यो। 

  • रातो टीका होस निधारमा, पहेँलो जमरा होस कानमा, सुख, शान्ति, समृद्धि, हासो, खुशी  छाओस नेपाली मन, मनमा, २०७३ सालको बडादसैँ तथा शुभदिपावलीको पावन अबसरमा मेरा समस्त परिवार, आफन्तजन, साथीसङगि, इस्ट्मित्र, नरनाताहरुमा सुख, शान्ति, समृद्धि छाओस भन्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

    झनक बस्नेत /सोलुखुम्बु ( हाल मलेसिया)

  • कहिले सम्म हामी नेपाली युवाले विदेशमा काम गर्नु पर्ने हो ?  हामी जस्ता युवाको लागी सरकारले के काम गर्दै छ ?

    बिन्देश्वरी यादव/ भारत

  • विदेशमा काम गर्न धेरै दु:ख छ। काम सिकेर आउदा बेस हुन्छ। मलेसियामा चाइनिजको पेलाइ मलेको हेपाइ सहनु पर्छ। बाहिर एक्लै हिड्न हुदैन। मलेसियाको जोहोर बारुम धेरै काले चोर लाग्छ। मलाई पनि तीन पटक कालेले कुदाइ सक्यो। आउदै गरेको दसैँको शुभकामना सबै मेरो आफन्तहरुमा बिषेसगरी मेरो परिवार र सबै साथीहरुलाई।

  •  

    नेपाल सरकारको नियम कानुन देख्दा नेपाल फर्कन मन लागेन। नेपाल सरकारको भंसार नियमलाई मुर्दावादको नारा लगाउन मन लाग्यो। कसैले व्यापार गर्न विदेशमा पसिना चुहाएर सामान खरिद गर्दैन। आमाबाबा, छोरा, छोरी, श्रीमती साथिभाइका लागि मायाले एकएक उपहार ल्याउन नी नपाउनु ?

  • मलेसिया आउदा काम सिकेर आउनु होला। मलेसियामा यहाँका तामिलबाट बच्नु पर्छ।  मलेसियामा चोर धेरै लाग्छ। कस्तो काम हो कम्पनी कस्तो छ बुझेर मात्र आउनु होला। नत्र दु:ख पाइन्छ।

     

    लाल बहादुर गुरुङ/ मलेसिया

  • दुई चार वर्ष विदेशमा बसेर छुट्टिमा घर आउदा विमानले जमिन छुने बेलामा खुशी र माटोको मायाले छाति फुलेर आउँछ। तर एयरपोर्टमा चेकजाँच सकेर बाहिर आउदा मन दुःखी हुन्छ। त्यहाँका कर्मचारी, ट्याक्सीवालाको किचकिच अनि धुँवाधुलोको मुस्लो । वाह! क्या गज्जब छ हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल ।

  • कतार, युएई, साउदी, मलेसिया, ‌ओमान  जस्ता खाडी राष्ट्रको कमाइले हामी युवाले केही गर्छु भन्ने सपना नदेख्दै राम्रो रहेछ। यस्तो देशमा बाध्याताले हामीहरु छौं। यहाँको कमाइले न त परिवार नै खुशी बनाउन सकियो। न त धन नै कमाउन। यो वैदेशिक रोजगारीले बरु घर परिवारसँग फाटो बनायो। कत्तिको त घर नै बिग्रेका छन्। त्यो बुझ्नु जरुरी छ। उता घर बिग्रेको खबरले यता परदेशमा यूवाले आत्महत्या गरेको खबर बरु सुन्न पर्छ।    कयौं दिदिबहिनीहरु त झनै पिणीत भएका छन्। खोई, परदेशको धनले के गर्यो। न त माया नै पायो न त धनै। उफ्।

     

    मातृका चाम्लिङ खोटाङ च्यास्मिटार (हाल मलेसिया )

  •  त्रिभुवन बिमान स्थलमा भएका कर्मचारीको व्यवहार आचरण कस्तो छ थाहा छैन भन्सार प्रमुख ज्युलाई ? भ्रष्ट कर्मचारीलाई कार्बाही नगरी, ठूलो परिमाणमा तस्करी गर्नेलाई नयाँ प्रविधि ल्याई समात्न छोडेर आफ्नै प्रयोगको लागी थोरै सुन सामान ल्याउने मजदुरको पसिनामा गिद्दे नजर लगाउन कत्तिको न्यायोचित छ ? सम्पुर्ण प्रवासी मजदुरको प्रश्न हो उहाँलाई।

  • म वैदेशिक रोजगारिको सिलसिलामा हाल मलेसियामा छु। यो भन्दा अगाडी कतार अनि बहराइनमा थिए। त्याहाँ बिरामी भएको अवस्थामा कम्पनीले उपचार गर्ने गरेको थियो। त्यही सोच अनुसार मलेसिया आएको थिए। तर यहाँ त बिमारी हुँदा कम्पनीले नहेर्दो रैछ। हाम्रो करार पत्रमा कम्पनीले उपचार खर्च बेहोर्ने भनिएको छ। तर यहाँ  कम्पनीले हेर्दैन। हाम्रो कम्पनी मात्र होइन मलेसियाका अधिकाङ्स कम्पनीको हालत यस्तै छ ।

    चन्द्र भट्टराई/ मलेसिया

  • विदेशमा जति राम्रो काम गरे नी जस भने पाइदैन किन हो ? हामी काम गर्ने मान्छेको इज्जत र मानभाउ काहीँ पनि छैन रहेछ। मरि मरि दु:ख गर्‍यो पैसा थोरै आउँछ। हामीले जति दु:ख विदेशमा गर्छौं त्यती नै घरमा आफ्नो खेतबारीमा गर्ने हो भने त सुन फलाउन सकिन्छ। अबत मेरो पनि चाहाना विदेश होइन स्वदेश मै खेती गर्ने छ।

    सुरज श्रेष्ठ / कतार

समाचार

View more

Radio Programs More