• प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

    वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

  • दाग हटेपछि म विदेश जान पाउँछु ?

    प्रश्न: मैले दुवई जान मेडिकल गरेको छु। मेडिकलमा छातीमा दाग देखिएको छ। यो चिसो र धुँवा धुलोका कारणले हो भनिएको छ। त्यो दाग तत्काल औषधी खाएर हटाउन सकिएला ? दाग हटेपछि म दुवई जान पाउँछु ? उता पुगेपछि फेरी यो समस्या देखियो भने के होला ? उत्तर: सुरेश पौडेल, केन्द्रीय प्रतिनिधि, नेपाल स्वास्थ्य व्यवसायी महासंघ – राजु जी यसलाई दाग भन्दा पनि प्लुरल थिकेनिङ भनिन्छ। फोक्सोमा पानी जम्ने समस्या हो। यसको तपाईंले आफै पनि उपचार गर्दा राम्रो हुन्छ। चिसोबाट बच्ने, सुख्खा खानेकुरा नखाने, झोल भएको खानेकुरा...

  • छातीमा दाग देखिएमा रोजगारीका लागि विदेश जान पाइन्छ कि पाइदैन ?

    प्रश्न: म वैदेशिक रोजगारीमा जान चाहन्छु। मेरो छातीमा अझै पनि ट्युबरक्युलोसिसको दाग छ। मैले ‌औषधि पूरा गरी सकेको छु। म विदेश जान पाउँछु कि पाउँदिन होला ? उत्तर: कैलाश खड्का, अध्यक्ष, नेपाल स्वास्थ्य व्यवसायी महासंघ - एक्टिभ टिबीको दाग हो भने त्यसको लागि औषधि नै खानु पर्ने हुन्छ। यसको लागि डाक्टरसँग परामर्श लिनु होला। क्षयरोगकै दाग हो भने जान मिल्दैन। क्याल्सिफिकेसन हो भने चाहि केहि देशहरुमा जान पाइन्छ। कतार, युएई, मलेसिया नजाँदा नै राम्रो। उनीहरुले हल्का स्कार, स्पट देख्दा पनि मेडिकल अनफिट...

  • लेवर भिसामा गएर इलेक्ट्रिसियनको काम पाइन्छ ?

    प्रश्न: मैले कतारमा इलेक्ट्रिसियनमा जानका लागी आवेदन दिएको थिए। तर भिसा आउदा लेवर लेखेको छ। मैले एजेन्टलाई भन्दा उहाँले कतारबाट लेवर भनेरनै भिसा आउछ तर कतार गएपछि इलेक्ट्रिसियनकै काम दिन्छ भन्नुहुन्छ। के यो साँचो हो ? उत्तर: सञ्जिव जी, एजेन्टले भनेको साचो होइन। लेवर लेखेर भिसा आएको हुदा तपाईंले लेवरको नै काम गर्नु पर्ने हुन्छ। तलको लिङ्कमा गएर तपाईंको भिसा सक्कली हो कि होइन चेक गर्न सक्नुहुनेछ।  https://www.moi.gov.qa/VsaWeb/Actions?action=geteServiceVisaInfoInput&language=english  ...

  • म्यानपावरलाई बुझाएको रकम कसरी फिर्ता हुन्छ ?

    प्रश्नः मैले कतार जान अप्लाइ गरेको थिए। म्यानपावरले भिसा आयो भनेर मसँग आधा रकम लियो। तर म्यानपावरले मेरो अन्तिम श्रम स्वीकृति गरेको रहेनछ। र पछि म्यानपावरले मेरो भिसा रद्द भएको जानकारी गरायो। तर मैले तिरेको रकम भने फिर्ता दिन मानिरहेको छैन्। मैले कसरी रकम फिर्ता पाउन सक्छु ? उत्तरः सलमान जी, तपाईंले काठमाडौंको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालयमा गएर उजुरी दिन सक्नुहुन्छ। म्यानपावरलाई पैसा दिएको रसिद भए तपाईंले सजिलैसित पैसा फिर्ता पाउनुहुनेछ।...

  • श्रम स्वीकृति थाहा पाउन एसएमएस गर्ने नम्बर कति हो ?

    प्रश्न : पासपोर्ट नम्वर हालेर श्रम स्वीकृति (आफू काम गर्न जाने कम्पनी, काम र तलब) बारे थाहा पाउन कतिमा एसएमएस गर्नु पर्छ ? उत्तर : कपिल जी, त्यसको लागि तपाईंले आफ्नो मोवाईलको म्यासेज बक्समा अंग्रजी अक्षरको पिपी (PP) टाईप गरी एक स्पेश छोडेर पासपोर्ट नम्वर लेखि ३४००१ मा एसएमएस गर्नुहोला। तपाईंलाई वैदेशिक रोजगार बिभागबाट सम्पूर्ण जानकारी सहितको एसएमएस प्राप्त हुनेछ। सो जानकारी सहितको एसएमएस प्राप्त नभएमा तपाईंको श्रम स्वीकृति नलिइएको र तपाईं ठगीमा पर्दै हुनुहुन्छ भनेर थाहा पाउनु होला। थप जान...

  • वैदेशिक रोजगारीमा जानुअघि तालिम दिने संस्था कुन कुन हुन् ?

    प्रश्न : मैले विदेश जाने सोच बनाएको छु । तर केहि सिप सिकेको छैन् । अनि, रोजगारीका लागि विदेश जान कहाँ सम्पर्क गर्न सकिन्छ ? उत्तर : विदेश जानुअघि सिप सिकेर मात्रै गए काम र कमाई राम्रो हुन्छ । सिप सिकाउने संस्थाका काठमाडौंका साथसाथै विभिन्न जिल्लाहरुमा पनि खुलेका छन्। त्यसैले सिप सिक्न त्यहाँ गएर सम्पर्क गर्नुहोला। ती संस्थाहरु यो लिङ्कमा गएर हेर्न सकिन्छ। http://fepb.gov.np/downloadfile/LOI%20Result_1452595536.pdf नि:शुल्क तालिमको लागि तपाईंले एफ-स्किल भन्ने संस्थामा सम्पर्क गर्न सक्नु हुन्छ।...

  • करार अवधि पूरा नभई नेपाल आउनुपर्यो भने क्षतिपूर्ति पाइन्छ ?

    प्रश्न : मेरो साथी साउदी गएको दुई महिना भयो। तर कम्पनीले नेपाल फर्काउने कुरा गरिरहेको रहेछ। उहाँले म्यानपावरलाई ८५ हजार रुपैयाँ तिरेर साउदी जानुभएको हो। करार अवधि पूरा नभई नेपाल आउनुपर्यो भने क्षतिपूर्ति पाइन्छ ? उत्तर : एलएक्स जी, विदेशमा कम्पनी बन्द हुनु कामदारको दोष होइन। त्यसैले म्यानपावरविरुद्ध उजुरी गरेर क्षतिपूर्ति लिन सकिन्छ। अहिले तपाईंका साथी विदेशमा नै हुनुहुन्छ भने उहाँका आफन्तले पनि वैदेशिक रोजगार विभागमा उजुरी दिन सक्छन्। उहाँ नेपाल फर्किसक्नुभयो भने पनि उजुरी दिए फरक पर्दैन। काठ...

  • नि:शुल्क सिप सिकाउने संस्था कुन होला ?

    प्रश्न : म सिप सिकेर वैदेशिक रोजगारीमा जान चाहन्छु । त्यसको लागि नि:शुल्क सिप सिकाउने संस्था भए जानकारी दिनुहुन अनुरोध छ । उत्तर : सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने तपाईंको निर्णय राम्रो लाग्यो । यसले तपाईंको काम र कमाई राम्रो हुन्छ  ।  नि:शुल्क तालिमको लागि तपाईंले एफ-स्किल भन्ने संस्थामा सम्पर्क गर्न सक्नु हुन्छ । यो संस्थाले वैदेशिक रोजगारीमा जानेलाई नि:शुल्क तालिमको व्यवस्था गरेको छ । फोन : ०१ ५५५५३०१, ५५२४६४८ इमेलः  [email protected]/* */, [email protec...

  • कसरी विदेश गए महिला कामदार सुरक्षित हुन सक्छन् ?

    प्रश्न : कसरी विदेश गए महिला कामदार सुरक्षित हुन सक्छन् ? उत्तर : मिना जी, सिप सिकेर सिधै म्यानपावर कम्पनीमार्फत विदेश जाँदा पुरुष होस् वा महिला, उनीहरुको काम र कमाई राम्रो हुन्छ । औद्योगिक क्षेत्र, होटल मजदुर, सरसफाई मजदुरको काममा नेपाली महिला कामदार पनि विदेश गइरहेका छन् । दलालको भर पर्नु हुन्न । दलालले एउटा काम भनेर अर्को काममा पठाउन सक्छन् । त्यसैले सचेत हुनुहोस । घरेलु काममा विदेश नगएको राम्रो ।

  • केयर गिभर तालीम दिन स्वीकृति प्राप्त संस्थाहरु कुन कुन हुन ?

    प्रश्न : वैदेशिक रोजगार विभागले इजरायलको लागि केयर गिभर तालीम दिन स्वीकृति प्राप्त संस्थाहरु कुन कुन हुन र तालीम शुल्क कति लाग्छ ? उत्तर : नेपाल सरकार र इजरायल सरकार बीच भएको सम्झौतामा केयर गिभरको रुपमा इजरायलमा जानको लागि ३ महिनाको केयर गिभर सम्बन्धी तालीम लिनुपर्ने ब्यबस्था रहेको छ । तालीम लिन १६ हजार ५ सय रुपैया लाग्छ । तालीम दिन उपत्यकका १८ वटा संस्था छनौट गरिएको छ । छनौट गरिएका संस्था हेर्न यहाँ किल्क गर्नुहोस।...

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More