-
खाडिका देशमा रोजगारीमा जानुपरेमा पूरै निःशुल्क हुन्छ की, कति पैसा लाग्छ ?
प्रश्नः सरकारले खाडि मुलुक जानका लागि फ्रि टिकट फ्रि भिसा भनेको छ। यदि हामी परदेश जानुपरेमा पूरै निःशुल्क हुन्छ की, कति पैसा लाग्छ ? उत्तरः विष्णु जी, खाडीका देशहरु कतार, साउदी अरब, यूएई, बहराइन, ओमन र कुवेत तथा मलेसियामा रोजगारीका लागि जान न्युनतम लागत खर्च तिरे पुग्छ । ती देशका कम्पनीहरुले कामदारलाई निःशुल्क भिसा र टिकट उपलब्ध गराउनुका साथै म्यानपावरलाई सेवा शुल्क पनि दिएको हुन्छ । कुनै कम्पनीले भने म्यानपावरलाई सेवा शुल्क दिएका हुँदैनन् । सेवा शुल्क नदिएको अवस्थामा म्यानपावरले कामदारबाट बढी...
-
श्रम नविकरण गराउन नेपाल नै जानु पर्छ कि विदेशबाटै गराउन मिल्छ?
प्रश्नः म साउदी आएको १७ महिना भयो। मेरो श्रम नविकरण गराउन नेपाल नै जानु पर्ने हो कि यहाँबाटै गराउन मिल्छ ? नेपालबाट आफन्तले श्रम स्वीकृति गरिदिन मिल्छ कि मिल्दैन् ? उत्तरः ज्ञानप्रसाद जी, विदेशबाट पुनःश्रमस्वीकृति गराउन सकिन्न। त्यसका लागि तपाईंले नेपाल आएर काठमाडौंको ताहाचलमा रहेको वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयबाट पुनःश्रमस्वीकृति गराउनु पर्छ। तपाईंका आफन्तले पनि श्रमस्वीकृति गर्न मिल्दैन्। तर सरकारले आउँदो साउन १ गतेदेखि विदेशस्थित नेपाली नियोगहरुबाटै पुनः श्रमस्वीकृति गर्न मिल्ने...
-
वैदेशिक रोजगारीमा जानको लागि पुलिस रिपोर्ट बनाउनु पर्छ कि पर्दैन ?
प्रश्नः विदेश जानको लागि पुलिस रिपोर्ट बनाउनु पर्छ कि पर्दैन ? दुवई, कतार, कुवेतको लागि ? यदि बनाउनु परेको खण्डमा कहाँ गएर बनाउने कति लाग्छ यो कुरा प्रष्ट पारिदिनुहोला। उत्तरः रिदम जी, रोजगारीका लागि कुवेत जाँदा प्रहरी रिपोर्ट अनिवार्य चाहिन्छ। त्यसका लागि तपाईंले जिल्ला प्रहरी कार्यालय अथवा काठमाडौंमा रानीपोखरीमा रहेको प्रहरी कार्यालयमा गएर प्रहरी रिपोर्ट लिन सक्नुहुन्छ। यस्तै सेक्युरिटि गार्डमा दुवई र मलेसिया जाँदा भने कतिपय कम्पनीले मागे पनि सबैले माग्दैनन्। मागेको खण्डमा तपाईंले तोकि...
-
कतारमा हराउनु भएको मेरो बुवालाई कसरी खोज्न सक्छु ?
प्रश्नः मेरो बाबा २०६३ सालमा कतार जानुभाको थियो। कतार गएको २ वर्ष पछाडी इलिगल हुनुभको थियो। त्यपछाडी अहिले सम्म उहाँको कुनै खबर छैन । उहाँलाई खोज्नका लागि वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थाबाट कस्तो सहयोग हुन्छ ? म अहिले ईटहरी सुनसरीमा छु। सुनसरीमा त्यस्तो संस्था कहानिर छ ? कृपया तपाईहरुलाई थाहा छ भने बताईदिनुहोला । उत्तरः राजेश भण्डारी, अधिवक्ता, पिपुल फोरम -निर्मला जी, तपाईंको बुवाको उद्धारको लागि कन्सुलर शाखाको अनलाइन सेवामा (लिङ्क- http://nepalconsular.gov.np/services-Leg...
-
सेक्युरिटी गार्डमा साउदी अरब जान पाइन्छ कि पाईदैन् ?
प्रश्नः सेक्युरिटी गार्डमा साउदी अरब जान पाइन्छ कि पाईदैन् ? उत्तरः नरेश जी, साउदीमा सेक्युरिटी गार्डको काममा जान पाइन्छ। तर त्यहाँबाट थोरै माग मात्रै आउँछ । साउदीका रोजगारदाताले अफिस व्वाई, वाच मेन लगायतको भिसामा लगेर सुरक्षा गार्डको काममा लगाउने गरेका छन्। म्यानपावर व्यवसायीका अनुसार सेक्युरिटी गार्डकै भिसामा नेपाली युवालाई काम दिने रोजगारदाता साउदीमा कमै छन्।
-
म सिबिटी परीक्षा दिएर कोरिया आउन पाउँछु कि पाउँदिन ?
प्रश्नः म कोरिया आएको पाँच वर्ष पुग्न लाग्यो। यहाँ आएको आठ महिनामा कम्पनी परिवर्तन गरें। कम्पनी परिवर्तन गरेको तीन महिना नबित्दै दुर्घटनामा परेर मैले हातको चार वटा औंला गुमाएँ। अहिले म दुर्घटना भएको कम्पनीमा नै काम गर्दैछु। पोहोर छुट्टीमा घर गएर पनि फर्कें। मलाई यो कम्पनीले फेरि बोलाउँछ कि बोलाउँदैन्? अनि म सिबिटी परीक्षा दिएर कोरिया आउन पाउँछु कि पाउँदिन ? उत्तरः बेनामे साथी, चार वर्ष १० महिना कोरियाको एउटै कम्पनीमा काम गरेर फर्केकाहरुले प्रतिबद्ध कामदारका रुपमा पुनः त्यै कम्पनीमा काम गर्न जा...
-
मेडिकल रिपोर्टमा होलोग्राम स्टिकर टाँस्न पैसा लाग्छ भन्ने सुनेको छु। यो कुरा साँचो हो कि होइन् ?
प्रश्नः मेडिकल रिपोर्टमा होलोग्राम स्टिकर टाँस्न पैसा लाग्छ भन्ने सुनेको छु। यो कुरा साँचो हो कि होइन् ? उत्तरः बेनामे साथी, रिपोर्टमा होलोग्राम स्टिकर टाँस्न यसअघि मेडिकल सेन्टरले कामदारबाट पाँच सय रुपैयाँ लिने गरेको थियो। तर अहिले ५० रुपैयाँ मात्रै तिरे पुग्छ। होलोग्राम स्टिकरको पैसा मेडिकल शुल्कमा जोडिएको हुन्छ। अनि, मेडिकल रिपोर्टमा होलोग्राम अनिवार्य रुपमा टाँस्नुपर्छ भन्ने पनि छैन।...
-
करार अवधि नसकेरै फर्के पछि फेरी साउदी नयाँ राहदानीमा जान पाउँछु कि पाउँदिन ?
प्रश्नः झण्डै दुई वर्ष अघि म साउदी गएको थिएँ। स्वास्थ्यमा अचानक गडबडी आए पछि म तीन महिनामा नै नेपाल फर्किएँ। म अहिले नेपालमा नै छु। साउदीको भीसा लागेको पासपोर्ट हरायो। अनि मैले अहिले नयाँ पासपोर्ट बनाएको छु। अब म साउदी जान पाउँछु कि पाउँदिन ? उत्तरः रविन जी, स्वास्थ्य अवस्था खराब भएका कारण साउदीबाट फर्काइएको हो भन्ने तपाईंले पठाएको प्रश्नमा खुले पनि कुन रोगका कारण हो भन्ने खुलेको छैन् । नेपाल फर्केपछि उपचार गराउनु भयो नै होला । अनि, उपचार पछि तपाईंको स्वास्थ्य समस्या समाधान भयो होला। यसबारे वै...
-
इजरायल जानका लागि प्रक्रिया कसरी अघि बढाउनु पर्छ ?
प्रश्नः इजरायल जानका लागि प्रक्रिया कसरी अघि बढाउनु पर्छ ? मैले एसएलसी पास गरेको छु। अरु कुनै तालिम लिएको छैन्। उत्तरः प्रकाश जी, केयर गिभरका काममा मात्रै इजरायल जान सकिन्छ। त्यसैले त्यस काममा चाहिने सिपका लागि तालिम अनिवार्य लिएको हुनुपर्छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट मान्यता प्राप्त वा वैदेशिक रोजगार विभागमा सूचिकृत भएका संस्थाले तीन महिनाको केयर गिभर सम्बन्धी तालिम दिने गरेका छन्। अथवा मान्यता प्राप्त निकायबाट प्राक्टिकल नर्सिङ पूरा गरी प्रमाणपत्र लिएकाहरुले पनि केयर गिभरका लागि आवेद...
-
हामीले अहिले कार्यरत देशबाटै बीमा गर्न के गर्नुपर्छ ? अनि कुन कुन रोग लागेमा क्षतिपूर्ति कति पाइन्छ ?
प्रश्न: अहिले सरकारले बीमा शुल्क बढाएको सुनेको छु । हामीले अहिले कार्यरत देशबाटै बीमा गर्न के गर्नुपर्छ ? अनि कुन कुन रोग लागेमा क्षतिपूर्ति कति पाइन्छ ? उत्तर: पुजन ढुंगेल अधिकारी, उपनिर्देशक, बीमा समिति- रतन जी, बीमा नविकरणको लागि सम्यन्त्र बन्दै छ, चाडै हुन्छ। बीमा शुल्क बढेको छ साथ-साथै सुबिधा पनि बढेको छ। पहिला critical illness भनेर १५ वटा रोग छुट्टाएका थियौं ती रोग लाग्दा बीमाले कभर हुदैन थियो। अहिले यी १५ वटा मध्य कुनै पनि रोग लाग्दा बीमकले बीमीतलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिन्छ...
सुझाव र प्रतिक्रिया

-
माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।
प्रकाश थापा / युएई
-
कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।निशान राई / दक्षिण कोरिया
-
खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
-भाषाको समस्या,
-भनेको काम नभइ अर्को काममा लगाउने,
-कम्पनी राम्रो पर्यो भने ठिकै हुन्छ खराब पर्यो भने बर्बाद नै हुन्छ,
-तोकेको सेलरी भन्दा कम,
-यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्अबिर मान लिम्बु / साउदी अरब
-
हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ। पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।
दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
-
कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ?
ठाकुरप्रसाद तिवारी
प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं
वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।