• प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

    वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

  • आँखा कमजोर भएको मान्छे विदेश जानको लागि मेडिकल अनफिट हुन्छ कि हुदैन?

    प्रश्नः मेरो आँखा कमजोर छ। आँखा कमजोर भएको मान्छे विदेश जानको लागि मेडिकल अनफिट हुन्छ कि हुदैन? म -१.५ पावरको चस्मा लगाउछु। उत्तरः धर्म जी, नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं मेडिकल व्यवसायी प्रविण तिवारीका अनुसार सेक्युरिटी गार्ड, लेवर लगायतका काममा आँखा कमजोर भएकाहरु अनफिट हुन्छन्। त्यसैले आँखा कमजोर भएकाहरु यी काममा जान पाउँदैनन्। तर कम्प्युटर सम्बन्धी काम, उद्योग मजदुर, सेल्सबोइ / गर्लका रुपमा भने आँखा कमजोर भएपनि चश्मा लगाएर रोजगारीका लागि विदेश जान सक्छन्। अथवा, घरभि...

  • मैले वैदेशिक रोजगार विभागबाट र इन्स्योरेन्सबाट पाउने सुबिधा पाउन सक्छु कि सक्दिन ?

    प्रश्नः म मलेसियामा ३० महिनादेखि सडक दुर्घटनामा परि उपचार गराइरहेको छु। म १६ जुन २०१५ मा दुर्घटनामा परे। श्रम स्वीकृत १८ अगस्ट २०१५ मा र बिमा पनि उहीँ मितिमा सकिने थियो। अब म नेपाल आउन अझै १ बर्ष लाग्छ होला। के मैले वैदेशिक रोजगार विभागबाट र इन्स्योरेन्सबाट पाउने सुबिधा पाउन सक्छु कि सक्दिन ? मेरो घाँटी भाचिएको छ। टाउको र हात अलि अलि मात्र चल्छ। उत्तरः गोविन्द जी, श्रम स्वीकृति गरेपछि सम्झौता अवधिमा नै दुर्घटनामा परेकाले तपाईंले क्षतिपूर्ति पाउनुहुन्छ। उपचार गराएको कागजात चाहिँ सुरक्षित राख्नु...

  • कुवेत जानको लागि पुलिस रिपोर्ट चाहिन्छ ?

    प्रश्नः म कुवेत जाने प्रक्रियामा छु। अफर लेटर आइसक्यो, भिसाको प्रतिक्षामा छु। कुवेतको लागि पुलिस रिपोर्ट चाहिदैन रे भनेर सुनेको थिएँ, त्यसैले बुझाएको छैन। तर उज्यालो अनलाइनमा कुवेत जान पुलिस रिपोर्ट अनिवार्य चाहिन्छ भन्ने कुरा पढें। खासमा कुरा के हो ? उत्तरः निल जि, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङका अनुसार कुवेत जान पुलिस रिपोर्ट अनिवार्य चाहिन्छ। रिपोर्ट नबुझाई तपाईंको भिसा लाग्दैन।...

  • रगतमा विलिरोविनको मात्रा तीन देखि चार एमजी भए वैदेशिक रोजगारीमा जान पाइन्छ ?

    प्रश्नः म वैदेशिक रोजगारीमा जान चाहन्छु। तर मेरो रगतमा विलिरोविनको मात्रा तीन देखि चार एमजी छ। अर्थात यसको मात्रा बढी हुनुलाई मेडिकल भाषामा जन्डिस भनिदो रहेछ। बाँकी रिपोर्ट सबै ठिक छ। डाक्टरले पनि सबै ठिकै छ, तर रोजगारीका लागि विदेश जानेहरु चाहिँ फिट हुन्छ कि हुन्न भन्ने हामीलाई थाहा हुन्न भन्छ। अब म विदेश जान सक्छु कि सक्दिन। अन्त्यमा पोर्चुगल, जापान, रसिया, युरोप जान खाडी मुलुकको जस्तो मेडिकल पास गर्नुपर्ने बाध्यकारी नियम छ कि छैन ? उत्तरः प्रकाश जी, नेपाल स्वास्थ्य व्यवसायी महासंघका केन्द्र...

  • चार वटा औंला छैन, ग्राफिक्स डिजाइनरमा विदेश जान पाउँछु कि पाउँदिन् ?

    प्रश्नः मेरो देब्रे हातको चार वटा औंला छैन। म बिगत २/ ३ वर्ष बैंगलोर, इण्डियामा ग्राफिक्स डिजाइनरको काम गरेर हाल ६/७ वर्षदेखि नेपालमै पनि यही काम गरिरहेको छु। मैले दुवै हातले मज्जाले कम्प्युटर चलाउन सक्छु। अब म कतार, युएईजस्ता खाडीका  देशहरुमा ग्राफिक्स डिजाइनरकै रुपमा काम गर्न जान पाउँछु कि पाउँदिन् ?  उत्तर : नरेश गेलाल, महासचिव, वैदेशिक रोजगार व्यवसायी संघ– पहिलो कुरा त विदेशबाट माग आउनु पर्‍यो। माग आएकोबेला तपाईंले जाने चाहाना राख्नुभयो भने कम्पनीलाई यस्तो मान...

  • नेपाल फर्की भैसि पालन गर्न कती रकम सहयोग स्वरुप मिल्छ ? काहाँबाट त्यो रकम प्राप्त गर्न सकिन्छ?

    प्रश्नः म हाल जापानमा रहि , नेपालमा गएर गाई भैंसी पालन गर्ने सोचमा छु। यसको लागि सरकारी पक्षबाट मैले के सहयोग (अनुदान रकम) पाउन सक्छु ? हालको लागि सरदर १० वटा भैसि पालन गर्न कती रकम सहयोग स्वरुप मिल्छ ? र काहाँबाट त्यो रकम प्राप्त गर्न सकिन्छ ? अनी १-२ महिने तालीम पनि लिन चाहान्छु। जानकारि पाए आभारी हुने थिएँ। उत्तरः कृष्णप्रसाद खनाल, निर्देशक, व्यवसायिक तथा सिप विकास तालिम केन्द्र - उहाँले बाहिरबाट आएर यहाँ व्यवसाय गर्ने सोच राख्नु भएको छ यो एकदमै राम्रो हो। उहाँका लागि मात्रै होइन ...

  • अजाद भिसा कस्तो भिसा हो ?

    प्रश्नः  अजाद भिसा कस्तो भिसा हो ? कानुनि मान्यता पाएको छ कि छैन ? अजाद भिसामा विदेश जाँदा कति पैसा लाग्छ ? यो भिसामा कतार र साउदिमा  कति बर्ष को श्रम स्वीकृती हुन्छ ? उत्तरः मोहन अधिकारी, निर्देशक वैदेशिक रोजगार विभाग - आजाद भिसामा वैदेशिक रोजगारीमा जाने गरेको जानकारी हामीलाई पनि आएको छ। यसमा वैदेशिक रोजगार विभागको पनि कमजोरी भएको छ। तर यो भिसा छोटो समयको हुन्छ र रोजगारीमा जानेले यो भिसा पाउँदैनन्। आजात भिसामा गएर काम गर्नु हुँदैन।...

  • विदेश पठाउने र काम नलगाउने म्यानपवारलाई के गर्नुपर्छ ?

    प्रश्नः विदेश पठाउने र काम नलगाउने म्यानपवारलाई के गर्नुपर्छ ? उत्तरः मोहन अधिकारी, निर्देशक वैदेशिक रोजगार विभाग - इजाजत प्राप्त म्यानपवार कम्पनीबाट विदेश गएको छ र विदेशमा काम पाएन भने त्यो मान्छेलाई फर्काएर ल्याउने काम म्यानपवार कम्पनीकै हो। जाँदा र फर्किंदा लागेको खर्च त्यो म्यानपवार कम्पनीलाई तिराउने काम वैदेशिक रोजगार विभागले गर्छ र गर्दै पनि आएको छ।

  • पोर्चुगल जान कति खर्च लाक्छ होला ? नेपालीको लागि राम्रो छ कि छैन ?

    प्रश्नः पोर्चुगल जान कति खर्च लाक्छ होला ? नेपालीको लागि राम्रो छ कि छैन ? उत्तरः मोहन अधिकारी, निर्देशक वैदेशिक रोजगार विभाग - पोर्चुगल वैदेशिक रोजगारीका लागि सरकारले खुल्ला गरेको देश हो। रोजगारीका लागि पोर्चुगल कामदार पठाउँदा सरकारले तोकेको लागत ८० हजार रुपैयाँ हो। यहाँ जानको लागि आधिकारीक म्यानपावर कम्पनी त्यसले ल्याएको डिमान्ड सहि छ कि छैन त्यो राम्रोसँग बुझेर मात्रै जान म सल्लाह दिन्छु।...

  • के मलाई झुक्याएर लेवरमा पठाउन लागिएको हो ?

    प्रश्नः रोजगारीका लागि साउदी जान भनेर प्रक्रिया अघि बढाएँ। मलाई म्यानपावर कम्पनीले अफर लेटर पनि देखायो। त्यसमा अफिस सेक्रेटरी लेखेको छ। तर मेडिकल गर्न जाँदा मलाई दिइएको काजगमा लेवरको भिसा भनेर लेखेको थियो। के मलाई झुक्याएर लेवरमा पठाउन लागिएको हो ? साउदी अरबको भिसा चेक गर्ने कुनै माध्यम छैन्?  उत्तरः राजिव जी, साउदीबाट आउने ५० प्रतिशत कामदारको मागमा काम एउटा भनिएपनि अर्कै काम लेखिएको हुन्छ। किनभने साउदीमा अफिस सेक्रेटरी जस्ता काममा स्थानीयलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ। त्यसैल...

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More