• प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

    वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

  • कुवेतमा सेक्युरीटी गार्डमा जान पाइन्छ ?

    युवराज कोइराला, उदयपुर - म कुवेत जान चाहन्छु ,कुवेत जान कति खर्च लाग्छ ? अनि सुरक्षा गार्डको काममा कुवेत जान मिल्छ की मिल्दैन ? विदेश जाँदा सीप सिकेर मात्रै जानुपर्छ भन्ने सुनेको छु ,सेक्युरिटी गार्डको तालिम दिने त्यस्ता संस्था छन् कि छैनन् ? ज्ञानु गैरे, प्रथम उपाध्यक्ष, नेपाल बैदेशिक रोजगार व्यवसायी संघः प्रायः हरेक मुलुकमा नेपाली कामदारलाई सुरक्षा गार्डमा लिने चलन छ । प्रहरी वा सेनामा काम गरिसकेको अनुभव भएकालाई अझ धेरै पारिश्रमिक दिईन्छ । तालिम लिएर गएकाहरुले बिभिन्न सुपर मार्केटहरुमा काम प...

  • एजेन्टले पासपोर्ट फिर्ता दिएन, म के गरौं ?

    सुन्दरकुमार बिष्ट, प्यूठान -  बैदेशिक रोजगारमा जानको लागि भनेर ६ महिना अघि एकजना एजेण्टलाई मेरो पासपोर्ट दिएको थिएँ । तर उसले न मलाई विदेश पठाउँछ न मेरो पासपोर्ट फिर्ता दिन्छ । अव मैले के गर्दा उचित हुन्छ होला ? दिवस आचार्य, निर्देशक बैदेशिक रोजगार बिभाग : सुन्दर जी, तपाईले कुन कम्पनीका लागि कुन एजेण्टलाई पासपोर्ट बुझाउनु भएको हो त्यो कुरा राम्रोसँग बुझेर आफ्नो समस्या खुलाएर बैदेशिक रोजगार बिभाग, तिनकुने काठमाडौंमा उजुरी दिन सक्नुहुन्छ । त्यसरी उजुरी दिएपछि तपाईको पासपोर्ट हामीले फिर्ता गर...

  • युएईको दुवई जान के कस्ता प्रकृया पूरा गर्नुपर्ला ?

    म एसएलसी पास गरेर बसेको छु । म वैदेशिक रोजगारका लागि युएईको दुवई जान चाहन्छु । त्यसका लागि आवश्यक के कस्ता प्रकृया पूरा गर्नुपर्ला ? योगराज बराल, निर्देशक, उजुरी तथा अनुसन्धान, वैदेशिक रोजगार बिभाग -युएई एउटा खाडी मुलुक भित्रको बिकसित देश हो । मुसलमान धर्म मान्ने र राजा राष्ट्र प्रमुख भएको देश युएई, हङकङ जस्तै राम्रो छ । दुवईसँगै युएईका अरु ठाउँमा पनि नेपाली कामदारले अन्य ठाउँको तुलनामा राम्रो तलव पाईरहेका छन् । तर तपाई जान खोज्नु भएको ठाउँ दुवई निक्कै गर्मी हुने ठाउँ हो । युएईमा गएर...

  • साइप्रसमा अहिले नेपाल सरकारले श्रम स्वीकृति दिने गरेको छ की छैन ?

    योगराज बराल, निर्देशक, उजुरी तथा अनुसन्धान, वैदेशिक रोजगार बिभाग - साईप्रसको लागि नेपाल सरकारले रोजगारमा जान रोक्का गरेको छैन । तर हाल साईप्रसको अवस्था जटिल भएको देखिएको हुनाले दुतावास मार्फत प्रमाणिकरण भएर आएमा मात्र त्यसलाई स्वीकृती दिने गरिएको छ ।  त्यसरी प्रकृया नमिलाई आएकालाई सिधै स्वीकृति दिने गरिएको छैन ।

  • भिसा शुल्क कति तिर्नुपर्छ ?

    मैले एकजना एजेण्टलाई मेरो एमआरपी (पासपोर्ट) दिएको थिएँ । उसले भिषा लगाईदिएछ । तर म नजाने भएपछि उसले भिषा शुल्क र बिमा बापतको रकम तिरेमा मात्रै पासपोर्ट फिर्ता दिने, नत्र नदिने भनेको छ । भिसा शुल्क कति तिर्नुपर्छ ? ज्ञानु गैरे, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - यसका बारेमा वैदेशिक रोजगार ऐन, २०६४ ले प्रष्ट ब्यवस्था गरेको छ  । वैदेशिक रोजगारमा जानका लागि वैदेशिक रोजगार कम्पनीहरुमा राहदानी (पासपोर्ट) दिएर भिसाका सम्पूर्ण प्रकृयाहरु पूरा गरिसके पछि रोजगारमा ज...

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More