• प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

    वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

  • म्यानपावरलाई बुझाएको पैसा फिर्ता पाउँछु ?

    प्रश्न : मेरो मलेसियाका लागि भिसा आएको थियो । तर म आफ्नै कारणले मलेसिया जान सकिन । मैले म्यानपावरलाई १० हजार रुपैयाँ बुझाएको थिएँ त्यो पैसा फिर्ता पाउँछु कि पाउँदिन ? उत्तर : राजेन्द्र भण्डारी, सचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संध – द"तावासले पासपोर्ट स्ट्याम्प लगाइसकेको छ भने म्यानपावरले द"तावासलाई भिसा क्यान्सलेसन वापत रु ३ हजार ९ सय तिर्नु पर्छ । श्रम स्वीकृती र अभिमुखिकरण तालीममा रु ५ हजार लाग्छ । म्यानपावरले आफ्नो खर्च भर्पाइको लागि उक्त रकम नफर्काउन पनी ...

  • वैदेशिक रोजगारीमा मृत्यु हुदा बिमा रकम पाइन्छ ?

    प्रश्न : मेरो साथी मलेसिया गएको थियो गएको आठ महिना पछि भदौ ६ गते उसको मृत्यु भएको थियो । अब त्यस कम्पनीबाट क्षतिपुर्ति पाइन्छ पाइदैन ?  उत्तर : कुमुद खनाल, प्रथम उपाध्यक्ष, वैदेशिक रोजगार व्यवसायी संघ -  अहिले सम्म वैदेशिक रोजगारमा जती पनी जानु भएको छ, उहाँहरुको हकमा कार्यस्थल दुर्घटना बिमाको मात्रै प्रावधान छ । मृत्यु कसरी भयो यकीन हुन सकेन । मृत्युको कारण थाहा नभई बिमा रकम पाइन्छ की पाइदैन यसै भन्न मिल्दैन । काम गर्ने अवधि भित्र (duty hour) मा मृत...

  • इजरायलको रोजगारी महिलाका लागि मात्रै हो ?

    प्रश्न : इजरायल सरकरले इजरायलका लागि रोजगारी खुलाएको छ यो महिलाका लागि मात्रै हो कि पुरुषले पनि आवेदन दिन पाउछ ? कुन कुन तहमा आवेदन दिन पाउछ र आवेदनका लागि कुन कुन प्रक्रिया रहेको छ, कहिले सम्म आवेदन दिन पाईन्छ, आवेदका लागि कुन कुन कुरा चाहिन्छ ? उत्तर : गोविन्द मणी भुर्तेल, प्रवक्ता, श्रम तथा रोजगार मन्त्रालयका - नेपाल सरकार र इजरायली सरकार बिच भएको सम्झौता बमोजीम केयर गिभरमा पठाउने तयारी भइरहेको छ । दक्षिण कोरिया जसरी नै नेपाल सरकारले नै पठाउछ । यो महिला र पुरुष दुबैको लागि हो । मह...

  • विदेशमा मेडिकल ल्याब असिस्टेन्ट विषय पढेकाहरुको माग हुन्छ कि हुन्न ?

    प्रश्न : मैले १५ महिने मेडिकल ल्याब असिस्टेन्ट विषय पढेको छु । अहिले पोलिक्लिनिकमा काम गरिरहेको छु । मेरो पढाइको विषयलाई लिएर म विदेश जान चाहन्छु । विदेशमा मेडिकल ल्याब असिस्टेन्ट विषय पढेकाहरुको माग हुन्छ कि हुन्न ? उत्तर : बलबहादुर तामाङ, वैदेशिक रोजगार व्यवसायी - खाडी मुलुकमा बिभिन्न हस्पिटलहरुमा दक्ष कामदारहरु जस्तै ल्याब टेक्निसियनको माग भइरहेको हुन्छ । मान्यता प्राप्त मेनपावरहरुले लिने अन्तरवार्ता पास गरेर जान सक्नुहुन्छ । विदेशमा प्रविधिहरु नयाँ हुन सक्छन । यहाँको भन्दा फरक । ...

  • म सेक्युरिटी गार्डको कामका लागि जान सक्छु ?

    प्रश्न :  म वैदेशिक रोजगारी अन्तरगत सेक्युरिटी गार्डको काम गर्न जान चाहन्छु । मेरो उचाई ५ फिट पाँच ईन्च छ र अंग्रेजीमा इन्टरमिडियट गरेको छु । के म सेक्युरिटी गार्डको कामका लागि जान सक्छु ? यदि सक्छु भने कुन कुन देशमा जान सक्छु ?  र यदि सक्दिन भने अन्य के काम गर्न जाँदा उपलब्धि मुलक हुन्छ होला ?   उत्तर : कर्ण कटुवाल, सञ्चालक, ब्लुस्काई ईन्टरनेसनल प्रा. ली. - तपाईंको सेक्युरिटी गार्डका लागि चाहिने उचाई मिल्छ । पढाई पनि मिल्छ । तर तपाईं संग अनुभव छैन भने, तपाईंले ट्...

  • ईन्जीनीएरीङ पढेकाले कस्तो काममा वैदेशिक रोजगारीमा जादा राम्रो होला ?

    प्रश्न :  मैले डिप्लोमा इन ईलेक्टीकल ईन्जीनीएरीङ पढेको छु । म वैदेशिक रोजगारीमा जान चाहान्छु । कस्तो काममा जादा राम्रो होला ?   उत्तर : राजेन्द्र भण्डारी, सचिव, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ - तपाईंले इन्जिनिएरिङ सम्बन्धि काममै जादा राम्रो हुन्छ । त्यसमा तपाईंको कामको अनुभव पनि भए झनै राम्रो हुन्छ, राम्रो तलब सुबिधा पाउनु हुनेछ ।  खाडी मुलुकबाट उच्च दक्ष कामदारको धेरै माग आइराको हुन्छ । तपाईंले आफू सुहाउदो पद हेरेर अप्लाइ गर्दा हुन्छ ।...

  • म्यानपावर कम्पनी बिरुद्ध उजुरी दिए सुनुवाई हुन्छ त ?

    प्रश्न :  केही समय अगाडी नेपाल सरकार र म्यानपावरबिच भएको मलेसिया लगायत खाडी राष्ट्रमा फ्रि भिसा फ्रि टिकटको सम्झौता केवल सम्झौतामै सिमितभएको देखिन्छ । जबकी त्यो भन्दा अगाडी जति पैसा म्यानपावरमा तिरिन्थ्यो अहिलेको अवस्था पनि जस्ताको त्यस्तै छ ।   म आफै पनि कुवेतको भिसाको प्रतिक्षामा छु । डेढलाख लगानी गर्नु पर्छ भनेर म्यानपावर कम्पनीले भनीराखेको छ । फ्रिभिसा फ्रिटिकटको नियम लागु भैसकेपछि पनि किन यत्रो लगानी भनेर सोध्दा लागु भई नसकेको र परिक्षणमा रहेको भनेर जवाफ दिन्छन । सरकारले किन ...

  • दलालले समस्यामा पार्यो, म के गरुँ ?

    प्रश्न : मैले एकजना दलाललाई गएको भदौमा विदेश जानका लागि पासपोर्ट दिएको थिएँ । दलालले अहिले १ लाख १५ हजार मागिरहेको छ । मैले सुनेको १५ हजार रुपैयाँ भन्दा धेरै तिर्नुपर्दैन । म समस्यामा परें । म के गरुँ ? उत्तर : गोविन्द मणी भुर्तेल, प्रवक्ता, श्रम तथा रोजगार मन्त्रालय - जानी जानी आफ्नो पासर्पोट जस्तो कुरा, घरको सम्पती जस्तो कुरा दलाललाई दिनु भएन । यो तपाईंको गल्ती हो । तपाईंले पासर्पोट र्फीता लीन नजीकको प्रहरी वा जील्ला प्रसासन कार्यालयमा उजुरी गर्नुहोस् । तपाईंको पासर्पोट  फीर्ता हुन्छ । ...

  • के श्रम स्वीकृति म्यानपावरले नै लिइदिन्छ ?

    प्रश्न :  म काठमाडौंको फ्युजन म्यानपावरबाट मलेसिया जाँदैछु । म्यानपावरले नै श्रम स्वीकृति लिइदिन्छ भन्छन । यो के हो  मैले बुझ्न सकिन । उत्तर :  तपाईंले बुझ्नु भएको सही हो । तपाईंले म्यापावरबाट नै विदेश जाने प्रक्रिया गर्नुभएको भए पूर्व र अन्तिम श्रम स्वीकृति म्यानपावर कम्पनीले नै लिइदिन्छन । तर मलेसिया जान २० हजार रुपैयाँ भन्दा बढि तिर्नुपर्दैन ।

  • मेडिकल अनफीट गराएर फर्काइए पछि फेरी वैदेशिक रोजगारीका लागि जान पाइन्छ ?

    प्रश्न :  नमस्कार ! म पाँच महिना अगाडि वैदेशिक रोजगारका लागि मलेसिया गएको थिए र मलाई मुटुको समस्या देखाएर फिर्ता पठाईयो र नेपालमा आएर  गंगालाल अस्पतालमा मुटुको चेक गराउँदा सबै रिर्पोट सामान्य देखियो । म फेरी रोजगारका लागि साउदि अरव जान चाहान्छु । त्यहि पासपोर्टमा जान पाउँछु की पाउँदिन ? यदि पाउँछु भने मैले अन्य के प्रक्रिया अपनाउनु पर्छ ? उत्तर : सुरेश पौडेल, केन्द्रीय सदस्य, नेपाल स्वास्थ्य व्यवसायी महासंघ – अधिकांस मलेसियन कम्पनीले कामदार मन परेन, काम गर्न सकेन, राजनिति ...

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More