• प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

    वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

  • मलेसियामा नयाँ कामदार लैजान रोकिएको हो ?

    प्रश्न : मैले सुने अनुसार मलेसियामा नयाँ कामदार लैजान रोकिएको छ । के यो साँचो हो ? उत्तर : तपाईंले सुनेको कुरा साँचो हो । मलेसियाका उपप्रधान एवं गृहमन्त्रीले नै नेपाली सहितका प्रवासी कामदार नलिने घोषणा नै गर्नुभएको छ । तर यो कति समयका लागि हो भन्ने कुरा तोकिएको छैन् । त्यसबारेमा हाम्रो संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पनि यसबारेमा मलेसियासँग औपचारिक धारणा बुझेको थियो । त्यसपछि मलेसियामा रहेको अवैधानिक कामदार व्यवस्थापन पछि विदेशी कामदार लिने भन्ने कुरा आएको छ । तर कहिलेदेखि लिने...

  • उच्च दक्ष कामदारको तलब कती सम्म हुन्छ ?

    प्रश्न : मैले सिभिल इन्जिनियरीङ पढेको छु । म संग कामको अनुभव भने छैन । मलाई रोजगारीका लागि खाडीको कुनै देश जान मन छ । म जस्ता मानीसको तलब कती सम्म हुन्छ ? उत्तर : बलबहादुर तामाङ, पुर्व अध्यक्ष, नेपाल वैदेशिक रोजगर व्यवसायी संघ – तपाईं जस्ता मानीसको खाडी मुलुकमा बेसिक तलब ७५ हजार नेपाली रुपैया बराबर हुन्छ । कामको अनुभव पनि भए झनै राम्रो हुन्छ, राम्रो तलब सुबिधा पाउनु हुनेछ ।  खाडी मुलुकबाट उच्च दक्ष कामदारको धेरै माग आइराको हुन्छ । तलब सुबिधा पनि २ लाख नेपाली रुपैया बराबर ह...

  • के प्रक्रिया पुर्याइयो भने दलालबाट ठगिनबाट बच्न सकिन्छ ?

    प्रश्न : म विदेश जाने तयारी गर्दै छु । विदेश जाँदा के के कुरामा सचेत भइयो भने विदेश गएर दुःख पाउनु पर्दैन ? नेपालमा के के प्रक्रिया पुर्याइयो भने दलालबाट ठगिनबाट बच्न सकिन्छ ? उत्तर : ज्ञान प्रसाद गैरे, वैदेशिक रोजगार व्यवसायि, सकभर विचौलियाहरुको पछि नलागी भरपर्दो वैदेशिक रोजगार कम्पनीबाट जाने हो भन्नेकुरा प्रश्ट हुनुपर्यो । विदेश जाँदाखेरी कुन कम्पनीमा जाने हो, काम के हो, तलब सुबिधा कस्तो छ थाहा पाएर जानु होला । हरेक रोजगारदाता कम्पनीले म्यानपावर कम्पनीलाई डिमान्ड बुक पठाएको हुन्छ । त्यसमा कम...

  • पैसा धेरै तिरेर जाँदा काम र कमाई राम्रो हुन्छ भन्छन्, यो कुरा साँचो हो ?

    प्रश्न  : रोजगारीका लागि विदेश जाँदा सरकारले फ्रि भिसा फ्रि टिकट लागु गरे पनि म्यानपावरमा गएर बुझ्दा यस्तो भिसामा जाँदा राम्रो हुँदैन भन्छन । गयो भने कम्पनी टुट्छ वा कमाइ नै हुँदैन भन्छन् । गए विजोक मात्रै हुन्छ रे । पैसा धेरै तिरेर जाँदा काम र कमाई राम्रो हुन्छ भन्छन्, यो कुरा साँचो हो ? उत्तर : राज जी, यो कुरा साँचो होइन । तपाईंलाई जस्तै अरुलाई पनि थोरै पैसा तिरेर जाँदा थोरै कमाई र नराम्रो काममा परिन्छ भनेर दलालले भन्ने गरेका छन् । धेरै पैसा तिर्दा राम्रो काम र कमाई हुन्छ भनेर लोभ देखाउ...

  • म्यानपावरले पासपोर्ट ‘होल्ड’ गरे कहाँ उजुरी गर्ने होला ?

    प्रश्न : मेरो पासपोर्ट म्यानपावरमा छ । भिसा आएको छैन् । म्यानपावरमा सोध्दा आइहाल्छ भन्छ र पासपोर्ट माग्दा दिँदैन । त्यसका लागि कहाँ उजुरी गर्ने होला ? उत्तर : बेनामे साथी, कानुन अनुसार तपाईंको पासपोर्ट कुनै संस्था वा व्यक्तिले तीन महिना भन्दा धेरै समय राख्न पाउँदैन वा ‘होल्ड’ गरेर राख्न पाउँदैन् । म्यानपावर कम्पनीले तीन महिना भन्दा धेरै समय देखि तपाईंको पासपोर्ट राखेको हो भने त्यो गैरकानूनी काम हो । त्यसका लागि तपाईंले वैदेशिक रोजगार विभागमा गएर उजुरी दिन सक्नुहुन्छ । विभ...

  • नेपालमा सुपरमार्केटमा चाहिने सिप कहाँ सिक्न पाइन्छ ?

    प्रश्न :   म सुपरमार्केटमा काम गर्न कतार जाने तयारी गरिरहेको छु । नेपालमा सुपरमार्केटमा चाहिने सिप कहाँ सिक्न पाइन्छ ? उत्तर : कुमुद खनाल, प्रथम उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ -बिडम्बना ! नेपालमा सुपरमार्केटमा चाहिने सिप सिकाउने ठाँउ छैन । तपाईं आफैले काठमाडौंमा अबस्थित सुपरमार्केटमा नियमित गएर अबलोकन गर्दा राम्रो । विदेशमा जस्तो पूर्ण सुपरमार्केट नभए पनि तपाईंलाई काम गर्ने आइडिया हुन्छ ।...

  • इजरायलमा केयरगिभर बाहेकका काममा जान पाइन्छ ?

    प्रश्न : केहि  दिन अगाडी  इजरायलमा रेडियोग्राफरको विज्ञापन आएको छ भन्ने कुरा सुनेँ । तर कुनै ठेगाना पाइन । के यो साँचो हो ? उत्तर : जनकराज रेग्मी, प्रवक्ता, वैदेशिक रोजगार विभाग - त्यो सत्य होइन् । इजरायलसँग नेपाल सरकारले नै नेपाली कामदार केयरगिभरमा पठाउने एमओयुमा हस्ताक्षर भएको छ । आधिकारिक कुरा थाहा पाउन कृपया वैदेशिक रोजगार विभागको वेभ पेजमा गएर हेर्नुहोला । अथवा फोन नम्बर : ०१ ४७८२६१६ मा सम्पर्क गर्नु होला । इजरायलको रोजगारीबारे थप जानकारी तलको लिङकमा गएर हेर्...

  • युएईको भिसा आउन कति दिन लाग्छ ?

    प्रश्न :  म युएईमा रोजगारीको लागि जान चाहान्छु । युएईको भिसा आउन कति दिन लाग्छ ? र जम्मा लागत कति लाग्छ ? उत्तर : निम नन्दन जी, युएईको भिसा आउन ठ्याक्कै यति दिन लाग्छ भन्न सकिदैन । हामीले आधिकारीक संस्था संगै कुरा गर्यौं । तर मानीसहरुको अनुभवमा चाहि केहि हप्ता देखि महिना सम्म पनी लाग्न सक्छ । यो कुरा कम्पनी अनुसार र म्यानपावरले भिसा अप्लाइ गरेको मितिले नी फरक पार्छ । लागतको कुरा गर्दा चाहि, नेपाल सरकारले जारी गरेको न्युनतम लागत खर्च लागु भइसकेपछि जम्मा १० हजार देखि १८ हजार स...

  • इजरायल बारे जानकारी कहाँ लिन सकिन्छ ?

    प्रश्न  : म इजरायल जान चहान्छु । के के डकुमेन्ट चाहिन्छ त्यो पनि थाहा पाए तर कहाँ सम्पर्क राख्ने थाहा भएन । अनि हिब्रु भाषाको ठाँउमा‌ अंग्रेजी भए हुदैन ? जानकारी गराइ दिनु भए आभरी हुने थिए । उत्तर : नेपाल सरकार र इजरायली सरकार बिच भएको सम्झौता बमोजीम केयर गिभरमा पठाउने तयारी भइरहेको छ । दक्षिण कोरिया जसरी नेपाल सरकारले नै पठाउछ । यो महिला र पुरुष दुबैको लागि हो । तर केहि हदहरु तोकिएको छ जस्तै : केयर गिभर सम्बन्धि ३ महिने तालीम लिएको हुनु पर्यो वा प्र्याक्टीकल नर्सिङ पढ...

  • के अब फर्किदा मैले पुनः श्रम स्वीकृति लिनु पर्छ ?

    प्रश्न : म वैदेशिक रोजगारीबाट छुट्टीमा घर आएको छु । श्रम स्वीकृती सकिन अझै दुई महिना बाँकी छ । के अब फर्किदा मैले पुनः श्रम स्वीकृति लिनु पर्छ ? कि नगराई जान सकिन्छ ? उत्तर : आसन जी, तपाईंको श्रम स्वीकृति अझै दुई महिना बाँकी भएकाले फर्केर जान त अप्ठेरो  हुँदैन । तर दुई महिनापछि तपाईंको श्रम स्वीकृति स्वतः सकिन्छ । विदेशबाटै श्रम स्वीकृति लिन झञ्झटिलो प्रक्रिया गर्नुपर्ने हुन्छ । त्यसैले विदेश फर्कनअघि श्रमस्वीकृति लिएरै जानु बुद्धिमानी हुन्छ । श्रमस्वीकृति नभएको खण्डमा विदेशमा द...

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More