• प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं

    वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।  

  • वैदेशिक रोजगारमा रहेको व्यक्तिको परिवारले क्यान्सर जस्तो रोग लागेमा नेपाल सरकारबाट कस्तो सहायता पाइन्छ ?

    प्रश्नः वैदेशिक रोजगारमा रहेको व्यक्तिको परिवारले क्यान्सर जस्तो रोग लागेमा नेपाल सरकारबाट के कस्ता सेवा सुबिधा पाउछन् ? उत्तरः वैदेशिक रोजगार प्रबद्र्धन बोर्डबाट वैदेशिक रोजगारमा भएकाका परिवारलाई, क्यान्सर, मुटुरोग, पार्किनसन्स लगायतका रोग लागेमा रोगको प्रकृती र अवस्था हेरेर १५ देखि ५० हजार रुपैयाँसम्म उपचार खर्च पाइन्छ। तपाईंले वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको कार्यलय पुरानो बानेश्वरमा गएर निवेदन दिन सक्नुहुन्छ।...

  • कम्पनी बन्द भएर करार अवधी नसकी नेपाल फर्काएमा के कस्तो सहायता पाइन्छ ?

    प्रश्नः वैदेशिक रोजगारको सिलसिलामा जति अवधीको करारमा गएको हुन्छ त्यो बिचमा कम्पनी बन्द भएर करार अवधि नसकी नेपाल फर्काएमा के कस्तो सहायता पाइन्छ यो सम्बन्धी के प्रावधान छ ?  उत्तरः अर्जुन जी, हामीले तपाईंको प्रश्न पिपुल्स फोरममा आवद्ध अधिवक्त कृष्णप्रसाद न्यौपानेसँग राखेका थियौं । उहाँका अनुसार, कम्पनी बन्द हुँदा यही सहायता पाइन्छ भन्ने कानुनी प्रवधान छैन । तर करार अवधिभर काम गर्न नपाउँदा कामदार मर्कामा पर्ने भएकाले करार अवधिभरीको तलब दावी गर्न पाइन्छ । र, क्षतिपूर्ति पनि पाइन्छ । पिपुल्स ...

  • कतारबाट तीन महिना नपुग्दै फर्किए कहाँ कस्तो क्षतिपूर्ति पाइन्छ ?

    प्रश्नः कतारबाट मेरो भाइ तीन महिना नपुग्दै फर्किएको छ। काम राम्रो नभएर फर्किएको हो। अब उसले कहाँ कस्तो क्षतिपूर्ति पाउछ ? उत्तरः विरेन्द्रप्रसाद जी, हामीले तपाईंले सोध्नुभएको समस्या पिपुल्स फोरममा आवद्ध अधिवक्ता कृष्णप्रसाद न्यौपानेसँग राखेका थियौं। उहाँका अनुसार तपाईंको भाइ सम्झौता पत्रमा उल्लेख भएभन्दा फरक काममा परेर समस्यामा परेको हो भने क्षतिपूर्ति पाउनुहुन्छ। वा काममा अप्ठेरो परेर फर्किएको हो भनेपनि काठमाडौंको वुद्धनगरमा रहेको पिपुल्स फोरममा गएर क्षतिपूर्तिका लागि सहायता लिन सक्नुहुन्छ। थ...

  • मेडिकल अनफिट भएर फर्किए कति दिन भित्र उजुरी गर्दा क्षतिपूर्ति पाइन्छ ?

    प्रश्नः म कतार गएको थिएँ। दुई महिनामा मेडिकल गर्दा अनफिट देखियो। म नेपाल फर्किदा ७५ दिन भैसकेको थियो। म्यानपावरमा कुरा गर्दा ६० दिनमा फर्किए मात्रै क्षतिपूर्ति पाइन्छ भन्छ। म के गरौ ? उत्तरः बेनामे साथी, तपाईंको समस्या हामीले पिपुल्स फोरममा आवद्ध अधिबक्ता कृष्णप्रसाद न्यौपानेसँग राखेका थियौ। उहाँका अनुसार तपाईंको मेडिकल ६० दिन भित्र गरेको प्रमाण छ भने तपाईं ७५ दिनमा फर्किनुले फरक पर्दैन। तपाईं नेपाल फर्किएर मेडिकल गर्दा पनि अनफिट हुनुभयो भने मेडिकलबाट क्षतिपूर्ति पाउनुहुन्छ। तर तपाईं मेडिकलमा ...

  • मेडिकलमा अनफिट भएर पनि दलालले फिट छौ भनेर एक लाख ५० हजार लियो। कसरी फिर्ता लिने ?

    प्रश्नः म कतार जान भनेर काठमाडौं आएको थिएँ। मेडिकलमा अनफिट भएको रहेछु। तर दलालले फिट छौ भनेर एक लाख  ५० हजार लियो। मैले अस्पतालमा सोधेर बल्ल यो थाहा पाएँ। मेरो पैसा २०७१ सालबाट दिन्छु भनेर पनि अलिहेसम्म दिएको छैन। उसलाई के सजाय गर्न सकिन्छ ? उत्तरः तुलबहादुर जी, पिपुल्स फोरममा आवद्ध अधिवक्ता कृष्णप्रसाद न्यौपानेका अनुसार दलाललाई पैसा बुझाएको प्रमाण तपाईंसँग छ छैन त्यो खुलाउनुभएको छैन। दलालले मेडिकल फेल हुँदाहुँदै पैसा लिए पनि कानुनी हिसावले हेर्दा तपाईंले उजुरी गर्ने म्याद सकियो। तपाईंले ...

  • अहिले म स्नातक पहिलो वर्षमा बढ्दै छु। म विदेश जान चाहन्छु तर कुनै सीप छैन। मैले के गर्नु पर्ला ?

    प्रश्नः अहिले म स्नातक पहिलो वर्षमा बढ्दै छु। म विदेश जान चाहन्छु तर कुनै सीप छैन। मैले के गर्नु पर्ला ? उत्तरः मोहन जी, सुरक्षित आप्रवासशन परियोजना सामीले मेसन (डकर्मी), सटरिङ्ग कार्पेन्टर (फर्मा लगाउने), इलेक्ट्रिसियन, स्काफोल्डिङ, गार्मेन्ट लगायतको निःशुल्क तालिम दिन्छ। तपाईंले तालिमका बारेमा थप बुझ्न ९८४१३६७९६९, ९८४०२४८०३४ र ९८४०२५५२८० मा फोन गरेर पनि जानकारी लिन सक्नुहुन्छ।...

  • विदेशमा रहेका नेपाली नागरिकले नेपाल प्रहरीले जारी गर्ने चारीत्रिक प्रमाणपत्र कसरी बनाउन सक्छन् ?

    प्रश्नः म अहिले भिजिट भिसामा दुवईमा छु। मैले नेपाल प्रहरीले जारी गर्ने चारीत्रिक प्रमाणपत्र कसरी बनाउन सक्छु ? उत्तरः तपाईं आफै उपस्थित हुन नसक्ने भएमा तपाईंको आफन्तले प्रहरी रिपोर्ट बनाइदिन सक्नुहुन्छ। त्यसको लागि तपाईंको आफन्तले आफ्नो सक्कली नागरिकता सहित निम्म कागजात लिएर प्रहरी हेडक्वार्टर, नक्साल काठमाडौंको चालचलन शाखामा जानु पर्छ। चाहिने कागजातः (विदेशमा रहेका नेपाली नागरिकहरूका लागि) क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:       १) पृष्ठ नं - ...

  • श्रमस्वीकृति नविकरण एयरपोर्टबाट पनि हुन्छ ?

    प्रश्नः मैले सुने अनुसार श्रम स्वीकृती नविकरण एयरपोर्टबाट पनि हुन्छ। के यो साचो हो ? कृपया वास्तविकता के हो बुझाईदिन अनुरोध गर्दछु। उत्तरः सन्तोष जी, श्रमस्वीकृति नविकरण वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचल काठमाडौंमा मात्रै हुने व्यवस्था छ। त्यसैले नविकरणका लागि तपाईं कार्यालयमा जानै पर्छ। श्रम स्वीकृति नविकरण नगर्दा विदेशमा अप्ठेरो आइपर्दा सरकारले दिने क्षतिपूर्ति पाइन्न। त्यसैले पुनःश्रमस्वीकृति गराउनु होला।...

  • म्यानपावरलाई बुझाएको पैसा र पासपोर्ट फिर्ता कसरी पाउछु ?

    प्रश्नः मैले पोल्याण्ड रोजगारीका लागि म्यानपावरमा अप्लाई गरेको थिए। भिसा आउन ६ महिना लाग्छ भनेको थीयो। मैले एक लाख रुपैयाँ र पासपोर्ट बुझाएको ८ महिना भइसक्दा नि भिसा आएन। अब एक लाख रुपैयाँ र पासपोर्ट फिर्ता पाउन मैलै के गर्नु पर्छ ? साथै पोल्याण्डको भिसा आउन कति समय लाग्छ ? उत्तरः जगदिश जी, पोल्याण्ड रोजगारीका लागि नेपाल सरकारले खुल्ला गरेको देश हो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव कमल तामाङका अनुसार, पोल्याण्डले कृषि र कुखुरा फार्ममा कामदार लैजान्छ। तपाईंले भरपर्दो म्यान...

  • आजाद भिसामा वैदेशिक रोजगारीमा जानु गैर कानूनी काम हो ?

    प्रश्नः आजाद भिसामा कतार पठाउछु भन्दै एउटा दलालले दुई लाख ३० हजार लिएको चार महिमा भयो। मलाई पेन्टरको तिन महिने भिसा प्रिन्ट गरेर दिएको छ। धेरै पैसा लागेको र गैर कानूनी काम जस्तो लागेर आजाद भिसामा जान्न भन्दा, भिसा रद्द गर्न पैसा लाग्छ भन्छ। अनि हवाइ टिकट नकाट म जादिन भन्दा नि टिकट काटेर मलाई त जानै पर्छ गइनस् भने तेरो पुरै पैसा डुब्छ भन्छ। म के गरुँ ? उत्तरः अरुण जि, पिपुल्स फोरममा आवद्ध अधिवक्ता कृष्णप्रसाद न्यौपानेका अनुसार, खाडीका देश र मलेसियामा  रोजगारीका लागि जान सरकारले फ्रि भिसा फ...

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More