विदेशमा रहेका नेपाली नागरिकले नेपाल प्रहरीले जारी गर्ने चारीत्रिक प्रमाणपत्र कसरी बनाउन सक्छन् ?
बि सापकोटा / दुवई
प्रश्नः म अहिले भिजिट भिसामा दुवईमा छु। मैले नेपाल प्रहरीले जारी गर्ने चारीत्रिक प्रमाणपत्र कसरी बनाउन सक्छु ?
उत्तरः तपाईं आफै उपस्थित हुन नसक्ने भएमा तपाईंको आफन्तले प्रहरी रिपोर्ट बनाइदिन सक्नुहुन्छ। त्यसको लागि तपाईंको आफन्तले आफ्नो सक्कली नागरिकता सहित निम्म कागजात लिएर प्रहरी हेडक्वार्टर, नक्साल काठमाडौंको चालचलन शाखामा जानु पर्छ।
चाहिने कागजातः
(विदेशमा रहेका नेपाली नागरिकहरूका लागि)
क) राहदानीको निम्न पृष्ठको प्रतिलिपी थान १/१:
१) पृष्ठ नं - २, ३ तथा ३१ ।
२) अन्तिम पटक नेपाल छोडदाको Nepal Immigration Departure Stamp भएको पृष्ठ ।
ख) नागरिकताको प्रतिलिपी थान १ ।
ग) पासपोर्ट साइजको रंगीन फोटो थान २ ।
* निवेदन वुझाउने समय: - शनिवार तथा सार्वजनिक विदाका दिन वाहेक हरेक दिन विहान १०:०० बजे देखि १४:०० बजे सम्म र शुक्रबार १३:०० बजे सम्म मात्र ।
तपाईंले तलको लिङ्कमा गएर बाँकी कुरा बुझ्न सक्नुहुन्छ।
https://cid.nepalpolice.gov.np/index.php/notices/police-clearance-report
सुझाव र प्रतिक्रिया

-
माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।
प्रकाश थापा / युएई
-
कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।निशान राई / दक्षिण कोरिया
-
खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
-भाषाको समस्या,
-भनेको काम नभइ अर्को काममा लगाउने,
-कम्पनी राम्रो पर्यो भने ठिकै हुन्छ खराब पर्यो भने बर्बाद नै हुन्छ,
-तोकेको सेलरी भन्दा कम,
-यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्अबिर मान लिम्बु / साउदी अरब
-
हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ। पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।
दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
-
कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ?
ठाकुरप्रसाद तिवारी
प्रश्न पठाउनुहोस, हामी उत्तर खोज्छौं
वैदेशिक रोजगारका बिभिन्न पक्षमा तपार्इंलाई चाहिएका जानकारी अरुले सोधेका प्रश्न र त्यसको जवाफमा पनि पार्इन्छ । तर, तपार्इंका आफ्नै कुनै प्रश्न छन् भने पनि हामी तपार्इंको प्रश्नको जवाफ ल्याउन कोसिस गर्छौ । वैदेशिक रोजगारसँग सम्बन्धित प्रश्न र निकायका जिम्मेवार व्यक्तिले दिएको जवाफ यहाँ राखिन्छ । तपार्इं पनि वैदेशिक रोजगारसँग सम्बन्धित कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने [email protected] मा इमेल गरि पठाउनु होला । अथवा मोवाइलको मेसेज बक्समा गएर dp टाइप गरि एक स्पेस दिएर आफ्नो विचार लेखि 5566 मा पठाउन पनि सकिन्छ । हामीलाई फेसबुकमा लगइन गरेर पनि सुझाव प्रतिक्रिया दिन सकिन्छ । इमेल, एसएमएस र फेसबुकमा आएका तपार्इंका प्रश्नको जवाफ हामी दिदै जानेछौं ।