Download Podcast

देश परदेश रेडियो कार्यक्रम

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् ।    उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

  • 09

    Jan

    ​देश परदेश २८९

    कार्यक्रम देश परदेशको अंक २८९ वैदेशिक रोजगारीका कारण हुने मनोसामाजिक समस्या अथवा डिप्रेसनबाट जोगिन के गर्नुपर्ला भन्ने विषयमा केन्द्रित छ । रोजगारीका लागि विदेश गएकालाई मात्रै होइन, नेपालमा बस्ने परिवारका सदस्यलाई पनि मनोसामाजिक समस्या पर्नसक्छ । यस्तो समस्यामा परेकालाई परिवार र आफन्तको साथ किन महत्वपूर्ण हुन्छ भने यस्ता धेरै समस्याको समाधान छलफलबाट हुन्छ । रामेछापका महिलाहरु मनोसामाजिक समस्या हटाउन र घटाउन कसरी कुराकानी र छलफल गर्छन् भन्ने विषयमा तयार पारिएको सामग्री कार्यक्रममा सुन्नु हुनेछ । मनोसामाजिक समस्यालाई धेरैजसो डिप्रेसन भनेर पनि चिनिन्छ । डिप्रेसन वा बाहिर केही नदेखिए पनि भित्र भित्र मन खाने रोगबाट जोगिन के गर्नुपर्ला भन्ने विषयमा मनोविद् करुणा कुँवरसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । नियमित स्तम्भ दिदीबहिनीका कुरामा कुवेतमा घरेलु काम पाइने लोभ देखाएर इराकमा बेच्न लगिएकी एक चेलीका कुरा समेटिएको छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंका गुनासा, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

    Listen Download

    Now Playing

  • 02

    Jan

    देश परदेश अंक २८८

    कार्यक्रम देश परदेशको अंक २८८ बाहिर नदेखिने तर कुटुकुकटु मन खाने रोग डिप्रेसनका विषयमा केन्द्रित छ । डिप्रेसन अथवा, बाहिर केही नदेखिए पनि भित्र भित्र मन खाने रोगले हिजोआज धेरै नेपालीलाई सताएको छ । त्यस्तै मध्येका एक हुनुहुन्छ, रामेछापको गोकुलगंगा गाउँपालिकाका दिनेश सुनुवार । दिनेश मलेसियाबाट मनोसामाजिक समस्यामा परेर फर्किनुभयो । तर अहिले परिवार र मनोपरामर्शकर्ताका सहयोगले उहाँ सामान्य अवस्थामा फर्कनुभएको छ । उनै दिनेशका कुरा कार्यक्रममा सुन्न सक्नुहुन्छ । अनि वैदेशिक रोजगारीका क्रममा मनोसामाजिक समस्यामा परेकालाई मनोपरामर्शकर्ता र परिवारको साथ कस्तो रहनुपर्ला ? यसबारेमा मनोपरामर्शकर्ता र परिवारका कुरा पनि कार्यक्रममा समेटिएको छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप रहनेछ । 

    Listen Download

    Now Playing

  • 26

    Dec

    ​देश परदेश अंक २८७

    कार्यक्रम देश परदेशको अंक २८७ रोजगारीका लागि कामदार जाने देशको सरकारसँग नेपालले गरेको श्रम सम्झौता र एमओयुका विषयमा केन्द्रित छ । नयाँ र आकर्षक श्रम गन्तव्य खोज्ने काम कहाँ पुग्यो भन्ने कुराको चर्चा पनि कार्यक्रममा गरिएको छ । यस विषयमा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । त्यस्तै फ्रि भिसा, फ्रि टिकट लागु गरिएका र न्युनतम लागत खर्चमा रोजगारीमा पठाउने तयारी भइरहेका देशबारे चर्चा गरिएको सामग्री कार्यक्रममा समेटिएको छ । दिदीबहिनीका कुरामा विदेशमा श्रीमानको मृत्यु भएपछि घरबाट निकालिएका धनुषाकी रोशन खातुनका कुरा सुन्नु हुनेछ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

    Listen Download

    Now Playing

  • 19

    Dec

    ​देश परदेश अंक २८६

    देश परदेशको अंक २८६ आप्रवासी कामदार दिवसका अवसरमा सप्ताहव्यापी रुपमा गरिने कार्यक्रमहरुले कामदार र तिनका परिवारलाई कत्तिको प्रभाव पार्छ भन्ने विषयमा केन्द्रित छ । सप्ताहव्यापी कार्यक्रम मनाइरहँदा वैदेशिक रोजगारीका क्षेत्रमा रहेका मुख्य समस्यामाथि हुनुपर्ने जति बहस भएको छ कि छैन भन्ने विषयमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले, प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)का अध्यक्ष कुलप्रसाद कार्की र सेन्टर फर दि स्टडी अफ लेवर एण्ड मोविलिटी (सेस्लम)मा आवद्ध अनुसन्धानकर्ता हिमालय खरेलसित गरिएको छलफल कार्यक्रममा सुन्न सकिन्छ । सधैंजस्तै, वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि र राउण्ड अप समेटिएको छ ।  

    Listen Download

    Now Playing

  • 12

    Dec

    देश परदेश अंक २८५

    कार्यक्रम देश परदेशको अंक २८५ प्रतिनिधिसभा र प्रदेशसभा चुनावपछि बन्ने नयाँ सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र देशमा रोजगारी सिर्जना गर्न के काम गर्छ भन्ने विषयमा केन्द्रित छ । यस विषयमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विष्णु रिमाल र एमालेको उद्योग तथा वाणिज्य विभागका केन्द्रीय सदस्य समेत रहेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङसित गरिएको कुराकानी सुन्न सकिन्छ । स्वदेशमा रोजगारी सिर्जना गर्ने र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न वाम गठबन्धनको सरकारले के गर्नुपर्ला भन्ने विषयमा तपाईंका विचार पनि कार्यक्रममा समेटिएको छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि र राउण्ड अप रहनेछ ।
     

     

    Listen Download

    Now Playing

Download Podcast

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More