Download Podcast

देश परदेश रेडियो कार्यक्रम

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् ।    उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

  • 13

    Feb

    देश परदेश अंक २९४

    कार्यक्रम देश परदेशको अंक २९४ सीप हुँदा स्वदेश र विदेश दुवैतिर सजिलैसित काम र दाम पाइने विषयमा केन्द्रित छ । देशमै बसेर राम्रै कमाई गरिरहेका महिलाका अनुभवका साथै, सीपको बलमा विदेशमा कमाएर फर्केकी र अहिले अरुलाई सीप बाँडिरहेकी नुवाकोटकी रविना परियारसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । अनि, निर्माण क्षेत्रमा नेपाल र नेपाल बाहिर पाइने कामका अवसरबारे निर्माण व्यवसायी महासंघका कोषाध्यक्ष रोशन दाहालका अनुभव र नियमित स्तम्भ दिदीबहिनीका कुरामा नेपालमै थोरथोरै कमाउँदै अहिले करोडौंको सम्पत्तिकी मालिक बनेकी रामेछापकी जमुना तामाङका कुरा सुन्नु हुनेछ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

     

    Listen Download

    Now Playing

  • 06

    Feb

    देश परदेश अंक २९३

    कार्यक्रम देश परदेशको अंक २९३ हातमा सीप छ भने देशभित्रै पनि रोजगारीको अवसर छ भन्ने विषयमा केन्द्रित छ । यस विषयमा पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर र फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठसित गरिएको कुराकानी सुन्न सक्नुहुनेछ । नियमित स्तम्भ दिदीबहिनीका कुरामा देशभित्र र विदेशमा पनि काम लाग्ने सीप सिकिरहेका र सिकाउने दिदीबहिनीका कुरा सुन्न सकिन्छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

    Listen Download

    Now Playing

  • 30

    Jan

    देश परदेश अंक २९२

    कार्यक्रम देश परदेशको अंक २९२ गाउँमै बसेर पनि विदेशमा भन्दा धेरै कमाउन सकिन्छ भन्ने विषयमा केन्द्रित छ । तनहुँको याम्पाफाँटका एकजोडी जाँगरिला दम्पत्तिका कुरा कार्यक्रममा सुन्न सकिन्छ । एउटा गाई पालेर र तरकारी फलाएर श्रीमती विमलाले विदेशमा काम गर्ने श्रीमानको तुलनामा बढी पैसा कमाएपछि विमलाका श्रीमान् रमेश ढकालले देशमा फर्केर गाई पाल्न थाल्नुभयो । अहिले यो परिवारसित गोठमा गाई छन्, बारीमा मल छ र हरेक महिना ४० हजार रुपैयाँ भन्दा बढी नगद हात लाग्छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि र राउण्ड अप पनि कार्यक्रममा समेटिएको छ ।

    Listen Download

    Now Playing

  • 23

    Jan

    देश परदेश अंक २९१

    कार्यक्रम देश परदेशको अंक २९१ स्थानीय तहको प्रमुखमा चुनिएका प्रतिनिधिले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित गर्न के योजना बनाएका छन् भन्ने विषयमा केन्द्रित छ । विदेशमा काम गरेको अनुभव लिएर गाउँ फर्केपछि गाउँपालिकामा चुनिएका रामेछापको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार र उदयपुरको सुनकोशी गाउँपालिकाका प्रमुख मेजरकुमार राईसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सक्नुहुन्छ । नियमित स्तम्भ दिदीबहिनीका कुरामा साउदीमा आत्महत्या गरेका जगत आले मगरकी श्रीमती बुद्धमायाका कुरा सुन्न सकिन्छ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

    Listen Download

    Now Playing

  • 16

    Jan

    ​देश परदेश अंक २९०

    कार्यक्रम देश परदेशका अंक २९० स्थानीय सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित पार्ने काम कसरी गर्न सक्छन् भन्ने विषयमा केन्द्रित छ । कतिपय स्थानीय तहले त यस्ता काम सुरु पनि गरिसके । तर धेरै स्थानीय तह भने अलमलमै छन् । वैदेशिक रोजगारीका काम गरिरहेका स्थानीय तहले कसरी काम गर्दैछन् र अलमलिएकाहरुले कसरी काम गर्नुपर्छ भन्ने विषयमा सुरक्षित आप्रवासन परियोजना सामीकी टिम लिडर सीता घिमिरे र नेपाल सरकारका पूर्व सचिव पूर्णचन्द्र भट्टराईसित गरिएको कुराकानी सुन्न सकिन्छ । नियमित स्तम्भ दिदीबहिनीका कुरामा वैदेशिक रोजगारीका कारण अभिभावकको भरथेग गुमाएका बालबालिकाका सकसका कुरा सुन्नु हुनेछ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंका गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

    Listen Download

    Now Playing

Download Podcast

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More