Download Podcast

देश परदेश रेडियो कार्यक्रम

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् ।    उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

  • 24

    Apr

    देश परदेश ३०४

    कार्यक्रम देश परदेशको अंक ३०४ परदेशीका परिवारले आम्दानी, खर्च र लगानीका बारेमा जानकारी पाएपछि उनीहरुको फेरिएको जीवनशैलीको विषयमा केन्द्रित छ । सल्लाह गरेर आर्थिक क्रियाकलाप गर्दा सुध्रिएको सम्बन्ध र जीवनशैलीका विषयमा तयार पारिएको रिपोर्ट, वित्तीय साक्षरता कक्षामा बसेपछि फेरिएका सर्लाहीका महिलाका कुरा र  हिजोआज गाउँगाउँमै पुगेर विदेशमा हुनेका परिवारका लागि सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा के के पढाइन्छ भन्ने विषयमा तयार पारिएको सामग्री कार्यक्रममा समावेश छन् ।

    Listen Download

    Now Playing

  • 17

    Apr

    देश परदेश ३०३

    कार्यक्रम देश परदेशको अंक ३०२ अवसरको खोजिमा विदेशिने नेपालीहरुमा केन्द्रित छ । कार्यक्रममा रुकुमका पृथिछक बुढामगर र गायक प्रकाश पौडेलका अनुभव समेटिएको रिपोर्ट समावेश छ । त्यस्तै मलेसिया र खाडीका देशमा रहेका नेपालीलाई त्यहाँ रहँदा ख्याल गर्नु पर्ने बारे प्रवासी नेपाली समन्वय समिति तथा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष कुलप्रसाद कार्कीका सुझाव दिनुभएको छ ।

    Listen Download

    Now Playing

  • 10

    Apr

    देश परदेश ३०२

    कार्यक्रम देश परदेशको अंक ३०२ विदेशिने नेपालीहरुको परदेश बसाईं लम्बिनुको कारण बारे केन्द्रित छ । कार्यक्रममा बाग्लुङका यम पुन र भानुभक्त शर्माका अनुभव समेटिएको रिपोर्ट समावेश छ । त्यस्तै दुई वर्षमै फर्किएर व्यवसायिक रुपमा खेतीपातीमा लाग्छु भनेर गएका स्याङजाका विष्णु गैरेलाई धेरै कमाउने आशाले फर्किन दिएको छैन । 
    झापाकी ईशा गिरी ४ वर्षकी छोरी छोडेर ४ वर्षदेखि नै युएईको सारजहामा काम गरिरहनुभएको छ । उहाँको अनुभव कार्यक्रममा समेटेका छौं । यस्तै कार्यक्रममा वर्षौैको विदेश बसाईपछि नेपालमा ३० करोड लगानी गर्न लागेको समुहका बुटवलका दुर्गाप्रसाद काफ्लेसँगको कुराकानी पनि कार्यक्रममा सुन्नुहुनेछ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

     

    Listen Download

    Now Playing

  • 03

    Apr

    देश परदेश ३०१

    कार्यक्रम देश परदेशको अंक ३०१ मलेसियामा कृषि क्षेत्रमा काम गर्ने नेपाली कामदारका अनुभवमा केन्द्रित छ । स्याङ्जाका रेश्मी न्यौपाने साग गोड्ने काम भनेर १५ वर्ष अघि लेवरको भिसामा मलेसिया पुग्नुभयो । अहिले उहाँ सयौं नेपाली सहित अरु विदेशी कामदारलाई अराउखटाउ गर्ने म्यानेजर हुनुभएको छ । न्यौपानेसित गरिएको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । त्यस्तै, १२ वर्षदेखि मलेसियामै कृषि क्षेत्रमा काम गरिरहेका सिरहाका सियाराम महतोसित गरिएको कुराकानी पनि कार्यक्रममा सुन्नुहुनेछ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, राउण्ड अप, प्रश्नोत्तर र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

     

    Listen Download

    Now Playing

  • 27

    Mar

    ​देश परदेशक अंक ३००

    कार्यक्रम देश परदेशको अंक ३०० मलेसियामा नेपाली कामदारको सुरक्षा अवस्था र अपनाउनुपर्ने सावधानीका विषयमा केन्द्रित छ । त्यहाँको सुरक्षा अवस्थाबारे लामो समयदेखि मलेसियामा काम गरिहेका र भर्खरै पुगेका नेपाली युवाका अनुभव कार्यक्रममा सुन्न सकिन्छ । मलेसियामा कसरी सुरक्षित हुन सकिन्छ भन्नेबारे नेपाली कामदारका दुःखसुख नजिकबाट नियालीरहेका नेपाली मूलका मलेसियन नागरिक शंकरबहादुर पौडेलका सुझाव पनि कार्यक्रममा समेटिएको छ । त्यस्तै, दुःखमा परेका नेपालीलाई मलेसियास्थित नेपाली दूतावासले गर्ने सहयोगबारे कार्यवाहक राजदूत कुमारराज खरेलसित गरिएको कुराकानी सुन्नु हुनेछ । सधैंजस्तै वैदेशिक रोजगार सम्बन्धी साप्ताहिक गतिविधि, प्रश्नोत्तर, राउण्ड अप र तपाईंकै गुनासो, जिज्ञासा, सल्लाह सुझाव रहनेछ । 

    Listen Download

    Now Playing

Download Podcast

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More