‘सय ग्राम सुन ल्याउन पाइन्छ, तर भन्सार तिर्न पर्दैन भन्ने नसोच्नुस्’
- Posted: Wednesday, May 30, 2018 17:40 PM ( 3 years ago )
काठमाडौं, जेठ १६ – आर्थिक वर्ष २०७५/७६ को बजेटमा विदेशबाट १ सय ग्रामसम्म सुन ल्याउन पाइने उल्लेख थियो ।
यसअघि एक तोला पनि काँचो सुन ल्याउन नपाउने व्यवस्था संशोधन गरेर सरकारले आगामी आर्थिक वर्षदेखि भन्सार तिरेर १ सय ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था गरेको छ ।
‘मलाइ राष्ट्र बैंकमा छँदा पनि सुनले छाडेन, अहिले पनि नछाड्ने भयो’, अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा पटक–पटक हँसाएका मन्त्री खतिवडाले भन्नुभयो, ‘अहिले एक तोला सुन ल्याउन पनि प्रतिबन्धित छ, कसैले ल्यायो भने भन्सार तिरेर म उकास्छु भन्न पाउँदैन, उल्टो जेल जानुपर्छ, तर अब कुनै नागरिकले झुक्किएर १ सय ग्रामसम्म सुन ल्यायो भने भन्सार तिरेर सुन लिएर जाओस भनेर यो व्यवस्था गरिएको हो, भन्सार तिर्न पर्दैन भन्ने होइन, भन्सार तिर्नलाई छुट दिइएको हो ।’
प्रतिक्रिया दिनुहोस
सुझाव र प्रतिक्रिया

-
माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।
प्रकाश थापा / युएई
-
कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।निशान राई / दक्षिण कोरिया
-
खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
-भाषाको समस्या,
-भनेको काम नभइ अर्को काममा लगाउने,
-कम्पनी राम्रो पर्यो भने ठिकै हुन्छ खराब पर्यो भने बर्बाद नै हुन्छ,
-तोकेको सेलरी भन्दा कम,
-यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्अबिर मान लिम्बु / साउदी अरब
-
हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ। पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।
दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया
-
कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ?
ठाकुरप्रसाद तिवारी