कुवेत

दक्षिणमा साउदी अरब, उत्तरमा ईराक र पूर्वमा ईरानसित जोडिएको कुवेत पेट्रोलियम पदार्थमा बिश्वकै धनी र प्रमुख तेल उत्पादक देश मध्येको एक हो । कुवेतले ९० प्रतिशत वैदेशिक व्यापार पेट्रोलियम पदार्थकै गर्छ । मरुभूमि धेरै भएको कुवेतमा गर्मी धेरै हुन्छ । राजतन्त्रात्मक मुलुक कुवेतको राजधानी कुवेत शहर (कुवेत सिटी) हो । शालिमया, जालेब आश शुयुख, हउल्ली कुवेतका अरु शहर हुन् । 

कुवेतको मुद्रालाई कुवेती दिनार भनिन्छ जसलाई संक्षिप्तमा केडी भन्ने गरिन्छ । एक केडि बरावर करीव ३ सय ५० रुपैयाँ हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ । 
 
खेती योग्य जमिन अत्यन्तै थोरै भएको कुवेतबाट पेट्रोलियम पदार्थको निर्यात धेरै हुन्छ । कुवेतमा अरबी भाषा सरकारी कामकाजको पहिलो भाषा हो । अंग्रेजी दोश्रोे आधिकारिक भाषा हो । कुवेतमा मुस्लिम धर्म मान्नेहरुको बहुमत छ । करीव ८५ प्रतिशत मुस्लिम धर्म मान्नेहरु रहेको कुवेतमा  क्रिश्चियन धर्म मान्ने पनि छुट छ । अरु धर्मलाई भने प्रतिवन्ध लगाइएको छ ।
 
कुवेतका कुवेत सिटी, फर्वानिया, जिलिव, हव्ली, साल्मीया, फाहिल लगायतका शहरमा नेपालीहरु कार्यरत छन् । कुवेतमा डिपार्टमेन्ट स्टोरहरुमा क्यासियर, गाडी चालक, सुरक्षा गार्ड, कारखानामा मजदुर, होटलमा सफाई मजदुरका रुपमा नेपालीहरु काम गर्छन् । भारतको अवैध बाटो हुँदै कुवेत गएका धेरै नेपाली महिला घरेलु कामदार छन् । तर उनीहरुको आधिकारिक तथ्यांक पाईदैन । समय समयमा उनीहरु मानसिक र शारिरीक शोषणमा परेको र दुव्र्यवहारमा परेको घटना सार्वजनिक हुने गरेको छ ।  
 
कुवेतमा नेपालको दूतावास राजधानी कुवेत सिटीमा छ । कुनै समस्या परेमा कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरे सल्लाह र सहयोग पाईन्छ । दूतावासको फोन नम्वर ९६५—२५३२१६०३ वा ९६५—२५३२१६०४ हो । नेपाली दूतावासको वेभसाईट http://kuwait.mofa.gov.np/ मा थप जानकारी पाईन्छ । 

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More