साउदी अरेविया

खाडी तथा मध्यपूर्व भनेर चिनिने अरेवियन क्षेत्रको साउदी अरव संसारकै ठूलो तेलको खानी हो । तेलकै कारण साउदी अरव संसारका धनी देशमा दरिएको छ । खाडी क्षेत्रका देशहरु मध्येमा सवैभन्दा ठूलो देश पनि हो साउदी अरव । मुस्लिम धर्मावलम्बीहरुको पवित्र ठाउँ मक्का, मदिना यसै देशमा छन् । तीर्थयात्राका लागि बर्षेनी ३० लाख भन्दा धेरै ईस्लाम धर्मावलम्वी साउदी अरव जान्छन् । 

विश्वमा सवैभन्दा धेरै तेल उत्पादन गर्ने साउदी अरवमा कुल भण्डारको २५ प्रतिशत पेट्रोलियम पदार्थ छ । धेरैजसो भूभाग मरुभूमि रहेको साउदी अरवको मुहार पेट्रोलियम पदार्थको भण्डारले नै फेरेको हो । तीनतिरबाट समुद्रले घेरिएको साउदी अरवमा खेतीयोग्य जमिन अत्यन्तै न्यून छ । यसको राजधानी रियाद हो । रियाद बाहेक जेद्दा, मक्का, मदिना, दमाम मुख्य शहर हुन् । 
 
साउदी अरवको मुद्रालाई साउदी रियाल भनिन्छ । १ साउदी रियाल बरावर नेरु २८ को हाराहारीमा हुन्छ । यो विनिमय दर अमेरिकी डलरको घटबढसँगै तलमाथि हुन्छ । 
 
७० लाख भन्दा धेरै विदेशी कामदार कार्यरत साउदी अरवका नेपालीहरु जुवैल, रियाद, जेद्दा, दमाम, अल खोवर लगायतका शहरमा बिभिन्न काम गर्छन् । नेपाली कामदारहरु यहाँ गाडी चालक, होटलमा सरसफाई मजदुर, कृषि श्रमिक, निर्माण श्रमिकका रुपमा र थोरै ठूला ओहोदामा कार्यरत छन् ।  
   
साउदी अरवमा अरवी भाषा बोलिन्छ । तर तिव्र औद्योगिकरणका कारण व्यवसायिक क्षेत्रमा अंग्रेजी भाषा पनि चलन चल्तीमा छ । हिन्दी पनि सामान्य प्रयोगमा हुन्छ ।    
 
राजतन्त्रात्मक शासन व्यवस्था भएको साउदी अरवको कानुन ईस्लामीक धार्मिक कानुन सारियामा आधारित छ । सारिया अति कट्टर र कठोर कानून मानिन्छ । मुस्लिम धर्ममा गर्न नहुने भनिएका कुनै पनि काम गरेमा साउदी अरवमा कडा दण्ड दिईन्छ । त्यसैले कामदारका रुपमा साउदी अरव जानेहरुले सारिया कानुन उल्लंघन गर्न नहुने कुरामा विशेष सतर्क रहनुपर्छ । 
 
साउदी अरव अति गर्मी हुने मुलुक हो । नेपालीहरुका लागि साउदी अरवको उच्च तापक्रम सवैभन्दा ठूलो समस्या हो । धेरै गर्मी र खुल्ला ठाउँमा काम गर्नुपर्ने भएकाले साउदी अरवको थोरै कमाई नेपाली कामदारका समस्या हुन् । तातो ठाउँमा काम गरेर कोठामा फर्केपछि चिसो एयर कण्डिसनर चलाएर सुत्दा धेरै नेपालीको ज्यान गुमेको छ । धेरैजसोको ज्यान श्वासप्रश्वास सम्वन्धी समस्याकै कारण जाने भएकोले साउदी अरव जान चाहनेहरुले कोठामा सुत्दा अपनाउनु पर्ने सावधानीका बारेमा थाहा पाउनु पर्छ ।
    
कमाई धेरै नभए पनि साउदी अरव नेपाली कामदारको तेश्रो ठूलो गन्तव्य हो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २०६९ बैशाख मसान्तसम्ममा ४ लाख ७६ हजार ३ सय ८ जना नेपाली श्रम स्वीकृति लिएर साउदी अरव गएका छन् ।  
 
साउदी अरवमा झण्डै ८० हजार नेपाली महिला कार्यरत छन् । तर गैर कानुनी रुपमा भारतको बाटो हुँदै गएका हुनाले साउदीमा काम गर्ने महिलाको आधिकारिक तथ्यांक छैन । 
 
बिहिवार र शुक्रवार साउदी अरव पुग्ने गरी नजानु राम्रो हुन्छ । शुक्रवार सार्वजनिक बिदा हुने साउदी अरवमा बिहिवार पनि सामान्यतया नेपालबाट आउने कामदारलाई लिनजाने चलन छैन । त्यसैले बिहीवार वा शुक्रवार पुग्ने कामदार एकदुई दिन एयरपोर्टमै अलपत्र पर्छन् । साउदी अरवमा चुरोट, सुर्ती, बिँडी जस्ता सूर्तिजन्य सामान लैजान प्रतिवन्ध छ ।  
नेपालको दूतावास साउदी अरवको राजधानी रियादमा छ । कुनै समस्या परेमा नेपाली दूतावासमा सम्पर्क गर्न सकिन्छ । दूतावासको फोन नम्वर ९६६—१४६१११०८ वा ९६६—१४६४५१७०  हो । थप जानकारी रियादस्थित नेपाली दूतावासको वेभसाईट http://www.neksa.org/  मा हेर्न सक्नुहुन्छ । 

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More