युएई

खाडी राष्ट्र संयुक्त अरव ईमिरेट्स(युएई) को राजधानी अबुधावी हो । यो सन् १९७१ मा स्वतन्त्र भएको मुलुक हो । विश्वमा पाईने पेट्रोलियम पदार्थको भण्डारमध्ये १० प्रतिशत युएईमा छ । त्यसमध्ये पनि सवैभन्दा धेरै तेल भण्डार राजधानी अबुधावीमा नै छ । अर्को शहर दुवई त्यसपछि धेरै तेल भण्डार भएको क्षेत्र हो । पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँस युएईको मुख्य आम्दानीको स्रोत हो । खाडी राष्ट्रमा तुलनात्मक रुपले खुला मानिने यो मुलुकमा पर्यटन आम्दानीको अर्को स्रोत हो ।  

 
स्थायी नदी र ताल नभएको युएईमा खेतीयोग्य जमिन पनि थोरै छ । राजतन्त्रात्मक शासन व्यवस्था भएको युएईका मुख्य शहरहरुमा राजधानी अबुदाहावी, दुवई, शारजाह, रास अल खैइमा, अजमान, फुजैरा हुन् । 
 
युएईको मुद्रालाई दिराम भनिन्छ । एक दिराम बरावर नेरु २९ को हाराहारी हुन्छ । यो विनिमय दर अमेरिकी डलरको घटबढ सँगै तलमाथि हुन्छ । ईस्लाम धर्म मान्नेहरुको बाहुल्यता रहेको युएईमा क्रिश्चियन धर्म मान्नेहरु पनि उल्लेख्य छन् । 
 
दुवई र अबुधावी युएईमा नेपालीले काम गर्ने मुख्य शहरहरु हुन् । युएईमा नेपाली कामदार सुरक्षा गार्ड, गाडी चालक, कृषि मजदुर, कारखाना मजदुर, होटल तथा रेष्टुरामा कार्यरत छन् । साथै ब्यबस्थापन पदमा काम गर्ने पनी छन्।
 
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार बि.सं. २०६९ बैशाख मसान्तसम्ममा २ लाख ८६ हजार ८ सय १२ जना नेपाली श्रम स्वीकृति लिएर काम गर्न युएई गएका छन् । यहाँ साप्ताहिक  बिदा शुक्रबार हुन्छ ।
 
युएईमा नेपालको दूतावास राजधानी अबुधावीमा छ । कुनै समस्या परेमा अबुधावीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्दा सल्लाह र सहयोग पाईन्छ । दूतावासको फोन नम्वर ९७१—२६३४४७६७ हो । अबुधावीस्थित नेपाली दूतावासको वेभसाईट http://www.nepalembassyuae.org/  मा थप जानकारी पाईन्छ ।

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More