कतार

मध्यपूर्व तथा खाडी क्षेत्रमा पर्ने कतार तीब्र गतिमा आर्थिक उन्नति गरिरहेको सानो मुलुक हो । कतारको जनसंख्याभन्दा यहाँ आएर काम गर्नेको संख्या कता हो कता धेरै छ । कतारको मुख्य आम्दानीको स्रोत पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास हो । विश्वको तेश्रो ठूलो ग्याँस भण्डार कतारमा नै छ । गर्मीयाममा धेरै गर्मी र जाडोयाममा धेरै जाडो हुने कतार संवैधानिक राजतन्त्रात्मक शासन प्रणाली भएको देश हो । 

कतारको राजधानी दोहा हो र यो कतारको सबैभन्दा ठूलो शहर पनि हो । कतारमा काम गर्न जाने मध्ये धेरैजसो नेपाली दोहामै भेटिन्छन् । कतारका अरु मुख्य शहरहरुमा अरयिन, वाक्रह, औमा सलाल हुन् । खेतीयोग्य जमिन अति कम भएकोले कतारमा तेल उत्पादन र प्रशोधन गर्ने उद्योग धेरै छन् ।   
 
कतारको मुद्रालाई रियाल भनिन्छ । एक रियाल बरावर नेरु २९ को हाराहारी हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउसँगै तलमाथि भैरहन्छ । ईस्लाम धर्म मान्नेहरु धेरै रहेको कतारमा प्रयोग गरिने मुख्य भाषा अरवी र उर्दु हो । 
 
कतार दिन दुईगुना र रात चौगुनाका हिसावले बढीरहेको देश हो । सन २०२२ मा दोहामा हुन लागेको विश्वकप फुटवल संरचना धमाधम निर्माण भैरहेका छन् । त्यसैले, सीप, क्षमता र जाँगर भएका मानिसलाई कतारमा हाल रोजगारीको थुप्रै अवसर छन् । कामका लागि कतार जाने नेपालीले मूख्य रुपमा निर्माण क्षेत्रमा मजदुर र कृषि श्रमिकका रुपमा काम गर्छन् । नेपालीले कतारमा गाडी चालक, सुरक्षा गार्ड र होटल तथा कारखानाहरुमा सरसफाई मजदुरको काम गरेको पनि पाईन्छ । चालक र सुरक्षा गार्डमा काम गर्नेहरुको मासिक तलव निर्माण र कृषि श्रमिककोभन्दा धेरै हुन्छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, २०६९ बैशाख मसान्तसम्ममा कतारमा काम गर्न ६ लाख ७५ हजार ९ सय ५७ जना नेपालीले श्रम स्वीकृति लिएर गएका छन् ।  
 
कतारमा काम गर्न जाने नेपालीका लागि अति गर्मी, अरवी र उर्दु भाषाको ज्ञानको अभाव र थोरै तलव मुख्य समस्या हुन् । कतारमा सरकारी नियमहरु र कामको अनुसासन कडाईका साथ लागू गरिन्छ । यहाँ नेपालभन्दा सरदर २ घण्टा पैतालिस मिनेट ढिलो उज्यालो हुन्छ । 
 
कतारको राजधानी दोहामा नेपालको दूतावास छ । कुनै अप्ठ्यारो परेमा दूतावासको फोन नम्वर ९७४—४६७५६८१ वा ९७४—४६७५६८३ मा सम्पर्क गरेमा त्यहाँबाट सरसल्लाह र मद्दत पाईन्छ । थप जानकारी कतारस्थित नेपाली दूतावासको वेभसाईट http://www.nembdoha.com   मा पनि हेर्न सकिन्छ ।

सुझाव र प्रतिक्रिया

Send Suggestions
  • माग पत्रमा फ्रि भिसा फ्रि टिकट लेखिएको जान्दा जान्दै पनि म्यानपावरका एजेन्ट भनाउँदा दलालले एक लाख देखि दुई लाखसम्म रकम लिने गर्दछन् र दश हजार मात्रै तिरेको कागजमा सही गराउँने जुन कर्तुत गरिरहेका छन् चाँडो भन्दा चाँडो वर्षौं देखि चलेको यो कालो कर्तुतको अन्त्य गरिनु पर्यो सरकार ! यही नै सबैका लागि ठूलो सेवा सुविधा हुनेछ सरकार।

  • कोरियन साहुको किचकिच, काम गाह्रो, भनेको समयमा कम्पनी परिवर्तन गर्न नसकिने आदि कोरियाको मुख्य समस्या हो।
    बाँकी अरू त सबै ठीकै छ। काम अनुसारको तलव, हावापानी, बाटो घाटो, बसाई, ईन्टरनेट सुविधा सबै राम्रो छ।

    निशान राई / दक्षिण कोरिया

  • खासै त समस्या छैन तर यसो जानेको कुरो गरुम् भनेर मेरो अनुभव यस्तो छः
    -भाषाको समस्या, 
    -भनेको काम नभइ अर्को काममा लगाउने,
    -कम्पनी राम्रो पर्‍यो भने ठिकै हुन्छ खराब पर्‍यो भने बर्बाद नै हुन्छ,
    -तोकेको सेलरी भन्दा कम,
    -यदि पहिलो चोटि विदेश हिड्नु हुदैछ भने अलिकती भए पनि भाषा जान्नुहोस्

    अबिर मान लिम्बु / साउदी अरब

  • हामीहरूलाई मलेसिया आएको ३ महिना भयो। हामीहरूले सम्झौता अनुसार  तलब पाएका छैनौं। काम अनुसार पैसा पाएका छैनौं। बरू उल्टै पैसा पनि काट्यो। हामीहरू लालधनुष म्यानपावरबाट आएका हौं। हामीहरू यहाँ बाङ्गी प्लासटिक टेक्निक कम्पनीमा  आएका छौं। हामीहरू २७ जनाको समुह छ। सबैको ५०० को दरले पैसा काटिरहेको छ। हामीहरू नेपालमा एक लाख ३० हजार तिरेर आएका हौं। कम्पनीलाई गुनासो गर्दा त्यो पैसा नेपालकै म्यानपावरले लिन्छ र यहाँको नेपाली दलालले खान्छन् भन्छ।  पसिना चुहाएर काम गर्छौं हामीहरू पैसा खान्छन् यीनीहरू। हामीहरूको यो ठूलो समस्या हो यो कुरा सरकारी निकायसम्म पुगोस् भन्ने हामीहरू आश राखेका छौं।

    दुर्गानन्द मंडल / सेलेङगर , मलेसिया

  • कामदारको सुरक्षा गर्छु भनेर त बोल्ने मात्रै हुन् । काम कसैले गर्दैनन् । मलाई नै काठमाडौको म्यानपावरको बुटवलमा रहेको शाखाले आजभन्दा २ महिना अघि एक लाख १० हजार लिएर इलेक्ट्रिकल हेल्पर भनेर कतार पठायो । तर कतार पुगेपछि मैले भनेको काम र तलब पाईन् । म्यानपावर र सरकारी निकायले एक अर्कालाइ दोष लगाएर तर्किन खोज्छन् । म्यानपावर कहिले जिम्मेवार हुने अनि सरकारी निकायले कामदारलाई परेको पीडा कहिले बुझ्ने ? 

View more

Radio Programs More