MENU

Vacancy

उज्यालो रेडियो र अनलाइनमा काम गर्ने अवसर

उज्यालो रेडियो र अनलाइनका लागि सृजनशील, नयाँ काम र प्रयोग गर्न उत्सुक, मिलनसार तथा पत्रकारिताको निम्न बिषय र विधामा दक्ष केही पूर्णकालिन जनशक्ति आवश्यक परेकोले इच्छुक नेपाली नागरिकले तल उल्लेखित इमेल वा कार्यालयको ठेगानामा आवेदन दिनुहोला । 
 
क) उज्यालो अनलाइन
 
पद : सम्वाददाता (राजनीति, प्रसासन विट) — २ जना
मूख्य जिम्मेवारी
  • नेपालका राजनीतिक दल, नेता, संसद, सांसद, निजामति कर्मचारी, प्रशासन र अदालत लगायतका क्षेत्रका समाचार, फिचर, अन्तर्वार्ता लगायत सामग्री संकलन, लेखन र आधारभूत सम्पादन गर्ने ।
  • अन्य सहकर्मीले उल्लेखित बिषयमा तयार पारेका सामग्रीको मूल्यांकन, सम्पादन तथा पुनर्लेखन गर्ने ।
 
पद : सम्वाददाता (अर्थ, बजार र विकास विट) — १ जना
मूख्य जिम्मेवारी
  • शेयर बजार, कमोडिटी बजार, बैंक, कर्पोरेट सेक्टर, विकास निर्माणमा आधारित समाचार, फिचर, अन्तर्वार्ता लगायतका सामग्री संकलन, लेखन र आधारभूत सम्पादन गर्ने ।
  • अन्य सहकर्मीले उल्लेखित बिषय र विधामा तयार पारेका सामग्रीको मूल्यांकन, सम्पादन तथा पुनर्लेखन गर्ने ।
 
आवश्यक न्यूनतम योग्यता
  • माथि उल्लेखित विटमा विगत २ बर्षदेखि राष्ट्रिय स्तरको पत्रिका, रेडियो वा अनलाइनमा सक्रिय रुपमा काम गरिरहेको ।
  • पत्रकारिताका सिद्धान्त, मूल्य र मान्यतासित परिचित र तिनमा अडिग  
  • नेपाली भाषामा दखल भएको, शुद्धसँग लेख्न सक्ने ।
  • पत्रकारिता वा अन्य कुनै पनि विषयमा स्नातक ।
 
पद: भिडियो सम्पादक (१ जना, पूर्णकालिन)
 
कामको विवरण
  • उज्यालोकर्मीले खिचेर ल्याएका भिडियोहरु सम्पादन गर्ने । 
  • उज्यालोको स्टुडियोमा अन्तर्वार्ताको भिडियो रेकर्ड गर्ने, अरुले रेकर्ड गरेका र स्टुडियोमा रेकर्ड गरिएका भिडियो अन्तर्वार्ता र सामग्रीहरुको सम्पादन गर्ने ।
 
आवश्यक न्यूनतम योग्यता :
  • कुनै पनि टेलिभिजन वा भिडियो उत्पादन गर्ने संस्थामा भिडियो सम्पादनमा कम्तिमा १ बर्षको अनुभव भएको ।
  • भिडियो उत्पादन सम्बन्धि प्राविधिक ज्ञान (क्यामेरा र भिडियो सम्पादन सफ्टवेयर) राम्रो भएको ।
 
पद : मार्केटिङ अफिसर – १ जना (पूर्णकालिन)
 
कामको विवरणः
  • उज्यालो अनलाइनका लागि आवश्यक विज्ञापन सामग्री खोज्ने ।
  • बिज्ञापन एजेन्सी तथा बिज्ञापनदाता व्यावसायिक, व्यापारिक प्रतिष्ठान, विभिन्न संघ संस्था, सरकारी–अर्ध सरकारी कार्यालय, संस्थानहरु, विभिन्न संगठित संस्था, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुसंग समन्वय गरि अनलाईनको बजार विस्तार गर्ने । 
  • बिज्ञापनदाता संघ संस्थाहरुको डिजिटल मार्केटिङ योजनाहरुको जानकारी राख्ने र उपयुक्त समयमा आफ्नो प्रस्ताव पेश गर्ने ।
 
आवश्यक न्यूनतम योग्यता  
  • बजार व्यवस्थापन वा सम्वन्धित विषयमा स्नातक तह उत्तिर्ण ।
  • बिज्ञापन बजार तथा अनलाइन मिडिया मार्केटिङ टे«न्डको राम्रो ज्ञान भएको ।
  • गुगल एनालाइटिक्स, फेसबुक इन्साइट्सको बारेमा सामान्य ज्ञान भएको ।
  • इन्टरनेट तथा इ–मेल चलाउनमा दक्ष ।
 
ख) उज्यालो रेडियो नेटवर्क
 
पद : उप सम्पादक – ३ जना (पूर्णकालिन)
मूख्य जिम्मेवारी
  • उज्यालो रेडियोबाट दैनिक प्रसारण हुने रेडियो समाचार बुलेटिनका लागि उज्यालो संवाददाता र जिल्लास्थित उज्यालो सहकर्मीबाट समाचार लिने, त्यस्ता सामग्रीहरुको पुर्नलेखन, सम्पादन गरि प्रसारण योग्य बनाउने । 
  • विभिन्न विषयमा रेडियो कार्यक्रम उत्पादन तथा सञ्चालन गर्ने ।
  • पत्रकारिताका सिद्धान्त, मूल्य र मान्यतासित परिचित र तिनमा अडिग 
आवश्यक न्यूनतम योग्यता
  • एफएम रेडियो वा टेलिभिजनाको समाचार डेस्कमा बसेर कम्तिमा २ बर्षदेखि सक्रियरुपमा काम गरिरहेको ।
  • रेडियो कार्यक्रम उत्पादन सम्बन्धि आधारभूत ज्ञान भएको ।
  • नेपाली भाषा शुद्धसँग लेख्न र पढ्न सक्ने ।
  • पत्रकारिता वा अन्य विषयमा स्नातक ।
 
आवेदन साथ संलग्न गर्नुपर्ने कागजातः
  • आवेदन पत्र (आफु किन यस कामका लागि योग्य छु भन्ने व्यहोरा प्रष्टसँग खुलाएर लेख्नुहोला) 
  • व्यक्तिगत विवरण (बायोडाटा)
आवश्यक पर्ने अन्य कागजात पछि मागिने भएकोले आवेदन र वायोडाटा मात्र पठाउनु होला ।
 
तलव तथा सेवा सुविधा
  • अनुभव, कार्यक्षमताका आधारमा छलफल गरेर तय गरिनेछ ।
 
आवेदन आइपुग्नुपर्ने अन्तिम मिति 
  • २०७४ माघ २७ गते, शनिबार  
 
आवेदन दिने ठेगाना
उज्यालो रेडियो नेटवर्क
उज्यालो अनलाइन
उज्यालो घर, जाउलाखेल, ललितपुर (सदर चिडियाखानाको पछाडी)
इमेल : hr@unn.com.np 

 

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया