MENU
यो पनि समाचार
-
छोरीले केटालाई म्वाई खाएको भन्दै बाबुले गरे कैद
बेलायतमा रहेकी आफ्नी छोरीलाई एक जना बाबुले साउदी अरब ल्याएर थुनेर राखेका छन् । थुन्नुको कारण अचम्मको छ । छोरी अमिना अल जाफरी भन्छिन्, ‘मैले एउटा केटालाई म्वाई खाएकाले बुबा रिसाएर कैद गर्नुभएको हो ।’
-
नागरिकको सेक्स लाइफमा सरकारको निगरानी
साउन १५ – स्वीडेनका नागरिकको यौन जीवन (सेक्स लाइफ) को निगरानी अब त्यहाँको सरकारले गर्ने भएको छ । स्वीडेन सरकारले अबको तीन वर्षसम्म आफ्ना नागरिकको यौन जीवनका बारेमा अध्ययन गर्ने निर्णय गरेको हो ।
-
सबैभन्दा अग्ला महिला कुन देशका ?
साउन, ११ – कुनैपनि मानिसको उचाइले धेरैलाई आर्कषण गरेको हुन्छ । उचाइले मानिसलाई थप आकर्षण बनाउँछ नै । तर कतिपय मानिस उचाई कम भएकाले पछुताउने गरेका । उचाइ कम भएकै कारण आर्मी तथा प्रहरीमा भर्ना हुन नपाईने र आकर्षण पनि नदेखिने भएकाले उनीहरु पछुताउने गरेको बताइन्छ ।
-
दिमाग शुद्ध पार्न भन्दै डोनाल्ड ट्रम्पलाई उपहार - आसामको चियापत्ती
असार ३० – अमेरिकामा राष्ट्रपति पदको लागि रिपब्लिकन पार्टीको तर्फबाट चुनावी दौडमा रहेका डोनाल्ड ट्रम्पलाई दिमाग शुद्ध पार्न भन्दै भारतको एउटा चिया कम्पनीले आसामको चियापत्ती पठाएको छ । कम्पनीले ६ हजार वटा ‘टि ब्याग’ पठाएको हो ।
-
एक झुप्पा अंगुरको ११ लाख ८७ हजार
असार २४ – एक झुप्पा अंगुर ११ लाख ८७ हजारमा बिक्री भयो भन्दा सहजै विश्वास हुँदैन । तर जापानमा एक झुप्पा अंगुरलाई ११ हजार अमेरिकी डलर अर्थात झण्डै ११ लाख ८७ हजार रुपैयाँमा बिक्री भएको छ ।
-
एक बालकको टाउकोमा उमारेर मिलाइयो नाक
भारतको इंदौरमा डाक्टरहरुले एक जना बालकको टाउकोमा नाक उमारेर प्रत्यारोपण गर्न सफल भएका छन् । डाक्टर अश्विनी दासको समूहले एक वर्ष लगाएर बालकको नाक प्रत्यारोपण गर्न सफल भएका हुन् । टाउकोमा नाक उमार्न भने तीन महिना लागेको थियो ।
-
राष्ट्रिय हितका लागि नाङ्गिन बेलारुसका राष्ट्रपतिको आह्वान
असार १५ – बेलारुसका राष्ट्रपति अलयाकसानड्र लुकाशेनकोले नागरिकसँग ‘लुगा फुकाल्नु होस् र पसिना आउने गरी काम गर्नुहोस्’ भनेर आग्रह गर्नुभयो ।
-
मैदानमा पादेको भन्दै रेफ्रीले दिए रेड कार्ड
असार १० - स्वीडेनका एक फुटबल खेलाडीलाई मैदानमा पादेको भन्दै रेफ्रीले रेड कार्ड दिएका छन् । लेफ्ट ब्याक पोजिसनबाट खेल्ने जार्ना एसके टिमका खेलाडी एडम लिन्डिनले परसाजेन एसके क्लबविरुद्ध भएको खेलका दौरान पादेको भन्दै दोहोरो पहेँलो कार्ड पाए ।
-
हेलमेट नलगाई मोटरसाइकल चलाउँदा कम्बोडियाका प्रधानमन्त्रीलाई जरिवाना
ट्राफिक नियम उल्लंघन गरेपछि कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई जरिवाना तिराइएको छ । मोटरसाइकलमा बस्दा हेलमेट नलगाएको भन्दै प्रहरीले उहाँलाई १५ हजार कम्बोडियन रियल अर्थात नेपालको झण्डै ४ सय रुपैयाँ जरिवाना तिराएको हो ।
-
बैंकबाट ऋण लिन नाङ्गो तस्बिर बन्धकी
असार १ – चीनमा केही बैंकले आफ्ना सेवाग्राहीले लगेको ऋण उठाउन लाजमर्दो उपाय अपाउने गरेको पाइएको छ । गैरकानुनी ऋण असुलिका लागि सेवाग्राहीको नाङ्गो तस्बिर बन्धकी राख्ने गरेका छन् ।
-
रातो पोथी विश्व भ्रमणमा
जेठ ३२ – विश्व भ्रमणमा मानिस हिँडेका कुरा कुनै नौलो होइन । तर एउटा कुखुरा पनि विश्व भ्रमणमा निस्केको छ । विश्व भ्रमणमा रहेको पोथी कुखुरा मोनिकाले बेला बेलामा अण्डा पार्ने गरेको छ ।
-
देशलाई अन्धकार बनाउने बाँदर
जेठ २६ – अफ्रिकी देश केन्यामा एउटा बाँदरले पुरै देशलाई अन्धकार बनाइदिएको छ । अफ्रिकी देशमा बिजुली उपलब्ध गराउने केन्या इलेक्ट्रिक जेनेरेटिङ कम्पनी केनजेनका अनुसार बाँदरका कारण केन्यामा ४ घण्टा विद्युत अवरुद्ध भएको हो ।
-
कुखुराको अण्डा : गिनिज बुकमा दर्ता गर्ने तयारी
प्रेम आचार्य/उज्यालो । अर्घाखाँची, जेठ २४ – अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले निकै सानो अण्डा पारेको छ । यो अण्डा सन्सारकै सबै भन्दा सानो भएको दाबी गरिएको छ । यसलाई गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ ।
-
‘भद्र सहमति’ भएको दिन नै परेछ भद्रा, अनि कसरी मिलोस् त कुरा !
भद्र भनेको सभ्य, शिष्ट तथा सुशिक्षित, सज्जन । नेपाली शब्दकोष अनुसार यो शब्दले मंगलकारी र शुभकारक समेत भनेर बुझाउँछ । तर यही भद्रमा एउटा आकार थपेर बन्ने भद्राले ठ्याक्कै उल्टो अर्थ लाग्छ । भद्र भनेको शुभकारक, भद्रा भनेको ज्योतिषशास्त्र अनुसार अशुभ योग ।
-
आइपिएल क्रिकेटको बाजीमा श्रीमती हारेपछि
जेठ १७ - भारतको कानपुरका एक व्यत्तिले आइपिएल क्रिकेटमा श्रीमतीलाई बाजी थापेका छन् । उनले बाजीमा श्रीमतीलाई हारेका पनि छन् ।नेपालसँगै सिमा जोडिएको उत्तर प्रदेश राज्यको कानपुरको गोविन्द नगरका रबिन्दर सिंहले श्रीमती जस्मित कौरलाई बाजीमा थापेका हुन् ।
-
डिटरजेन्टले कालो मानिसलाई सेतो बनाएपछि विरोध
जेठ १६ – चीनको एक लुगा धुने पाउडर (डिटरजेन्ट) को विज्ञापनको व्यापक आलोचना भएको छ । विज्ञापनमा एक कालो जातिका युवालाई वासिङ मेसिनमा डिटरजेन्टसहित वासिङमेसिन (लुगा धुने मेसिन) मा हालिएको छ ।
-
गोलभेँडा संकटकाल
जेठ १३ – नाइजेरियाको कडुनामा गोलभेँडा संकटकाल घोषणा गरिएको छ । किराका कारण गोलभेँडा बालिमा ८० प्रतिशत नोक्सानी भएकाले त्यहाँ गोलभेँडा संकटकाल घोषणा गरिएको हो ।
-
लिंगमा कवितालाई ट्याटु बनाए एक व्यत्तिले
जेठ १२ – म्यानमारका एक लेखकले आफ्नो लिंगमा पूर्व राष्ट्रपतिका बारेमा कविता लेखाएको बताएका छन् । यसका लागि उनलाई ६ महिनाको सजाय भएको छ ।
-
आमा बारेको प्रश्नमा ५ कक्षाकी बालिकाले लेखिन्–आमा मरिन्, सबैथोक सकियो
जेठ ८ – इजिप्टकी एक स्केले छात्राले परीक्षामा आफ्नो उत्तर पुस्तिकामा लेखेको एक लाइनले धरैको मन छोएको छ । ओसामा अहमद हम्माद नाम गरेकी बालिकाकाले आमाको बारेमा रोधिएको प्रश्नमा लेखेको उत्तर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
-
फेसबुकमा ‘आई सी’ लेख्दा १५ वर्षको जेल सजाय !
जेठ ८ – फेसबुकमा निकै सामान्य ‘आई सी’ अर्थात मैले बुझेँ भन्ने अर्थ लाग्ने शब्द लेख्दा थाइल्याण्डमा एक महिलालाई राजाको अपमान गरेको आरोप लागेको छ ।
-
यो तस्बिर सुन्दर की अश्लिल ?
जेठ ७ – फेसबुकमा दुई हप्तामा एउटा तस्बिर हजारौ पटक सेयर भएर चर्चामा छ । एक बुवाले आफ्नो सानो छोरालाई काखमा लिएर नुहाएको तस्बिर फेसबुकमा दुई हप्ताभित्र ३७ हजार पटक सेयर भएको हो ।
-
एक किलो बोकाको मासुलाई ४ हजार !
चितवन, जेठ ४ - बोकाको एक किलो मासुको मूल्य कति ? रु ५००, ६०० वा ८०० । ठाउँ अनुसार फरक/फरक मूल्य पर्ला । तर चितवनमा एक किलो मासुको मूल्य झन्डै चार हजार पर्छ भन्दा तपाई आश्चर्य मान्नुहुन्छ होला । तीन हजार ७५० मा त किनबेच नै भइसक्यो ।
-
१५ घण्टाको अप्रेशनबाट लिंग प्रत्यारोपण
जेठ ४ – अमेरिकाका एक व्यक्तिले क्यान्सरका कारण गुमाएको लिंग फेरि प्राप्त गरेका छन् । अमेरिकाको बोस्टनमा रहेको मासाचुसेट्स जनरल अस्पतालका चिकित्सकले पहिलो पटक लिंगको सफल प्रत्यारोपण गरेका हुन् ।
-
बाख्राले नाक नभएको अनौठो पाठो जन्मायो
रमेश गिरी/उज्यालो । भक्तपुर, जेठ ३ भक्तपुरको नगरकोट नगरपालिका ताथली हललगाउँस्थित पौरखी सामुदायिक कृषि सहकारी संस्थामा बाख्राले अनौठो खालको पाठो जन्माएको छ ।
-
विश्वको सबैभन्दा बुढो बिरालो मर्यो
जेठ २ – विश्वको सबैभन्दा बढी उमेरसम्म बाँचेको बिरालोको मरेको छ । स्कुटर नाम दिइएको बिरालोले गएको मार्च २६ तारिखमा आफ्नो ३० औँ जन्मदिन मनाएको थियो ।
-
प्रत्यक्ष प्रशारण गरेर आत्महत्या
वैशाख ३० – फ्रान्समा एक युवतीले एन्ड्रोइड मोवाइल एप्लिकेशन मार्फत भिडियो लाइभ स्ट्रिमिङ (प्रत्यक्ष प्रशारण) गरेर आत्महत्या गरेकी छन् । १९ वर्षकी ती युवतीले मंगलबार स्मार्टफोनमा भिडियो स्ट्रिमिङ गर्ने एप्लिकेशन पेरिसकोप मार्फत लाइभ भिडियो स्ट्रिमिङ गरेर आत्महत्या गरेकी हुन् ।
-
शिक्षकलाई तलब कुखुराको चल्ला
वैशाख ३० – उज्बेकिस्तानको एक शहरमा स्कुल शिक्षकलाई तलबको रुपमा नगदको सट्टा कुखुराका चल्ला दिइएको छ ।
-
भाइलाई बलात्कार गरेको आरोपमा दाइ जेल चलान
दीपक भट्ट/उज्यालो । रामेछाप, वैशाख २१ – पाँच वर्षे भाइसँग अप्राकृतिक यौन सम्बन्ध राखेको आरोपमा रामेछापका एक युवकलाई जिल्ला अदालत रामेछापले पुर्पक्षको लागि कारागार चलान गरेको छ ।
-
९ दिनपछि हुने परीक्षाको प्रश्नपत्र आजै पाएपछि
राजेन्द्र कार्की/उज्यालो ।
जाजरकोट, वैशाख २० – उच्च माध्यमिक शिक्षा परिषद अन्तर्गत कक्षा १२ को एक परीक्षा केन्द्रमा २९ गते हुने परीक्षाको प्रश्नपत्र २० गते नै बाँडिएको छ ।
-
मयुरको यौन सम्बन्धले गाउँले सुत्न पाएनन्
वैशाख १६ – इंग्ल्याण्डको एक गाउँका बासिन्दा मयुरका कारण समस्यामा परेका छन् । उशा मुर गाउँका बासिन्दाले मयुरका कारण राम्रोसँग सुत्न पनि पाएका छैनन् ।
-
२ वर्षका छोरोले बन्दुक खेलाउँदा गोली लागेर आमाको मृत्यु
वैशाख १६ – अमेरिकामा दुई वर्षका बालकले हानेको गोली लागेर आमाको ज्यान गएको छ अमेरिकाको मिलवाकीमा दुई वर्षका बालकले हानेको गोली लागेर बालककी आमाको ज्यान गएको हो ।
-
भूतको डरले विद्यालय नै बन्द !
वैशाख १० – उत्तरी मलेसियामा भूतको डरले एउटा विद्यालय अस्थायी रुपमा बन्द भयो । गएको हप्ता कोटा भारु शहरमो एउटा विद्यालयका विद्यार्थी र शिक्षकले डरलाग्दो केही चिजले आफूहरुलाई दुःख दिएको दाबी गरेका थिए ।
-
यौनकर्मीसँग मन्त्रीको सम्बन्ध, राजिनामा दिन दबाब
वैशाख २ – यौनकर्मीसँग सम्बन्ध रहेको खबर सार्वजनिक भएपछि बेलयतका एक मन्त्रीमाथि राजिनामा दिन दबाब बढेको छ । बेलायतका संस्कृति मन्त्री जोन विटिङडेलको सम्बन्ध यौनकर्मीसँग रहेको खबर सार्वजनिक भएपनि लेबर पार्टीले विटिङडेललाई मन्त्री पदबाट राजिनामा दिनु पर्ने माग गरेको छ ।
-
विश्वको सबैभन्दा लामो अजिङगर मर्यो
चैत ३० – मलेसियाका अधिकारीले एक निर्माण स्थलमा एउटा ठूलो अजिङगर फेला परेको बताएका छन् । यो मानिसले अहिलेसम्म भेटेका मध्ये सबैभन्दा लामो अजिङगर मानिएको छ । यो अजिङगर झण्डै ८ मिटर अर्थात २६ फिट लामो छ ।
-
अम्बानीका छोराले १८ महिनामा एक सय ८ किलो तौल घटाए
चैत २९ – भारतका उद्योगपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले १८ महिनामा एक सय ८ किलो तौल घटाएका छन् । अनन्तले शल्यक्रिया बिनानै डेढ वर्षभित्र एक सय ८ किलो तौल कम गरेका हुन् ।
-
१०८ किलो तौल घटाउने अनन्त
चैत २८ – भारतका उद्योगपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले १८ महिनामा एक सय ८ किलो तौल घटाएका छन् । अनन्तले शल्यक्रिया बिनानै डेढ वर्षभित्र एक सय ८ किलो तौल कम गरेका हुन् ।
-
मुस्लिम छात्रले शिक्षिकासँग हात मिलाउन नपाउने
चैत २४ – स्वीजरल्याण्ड सरकारले मुस्लिम छात्रलाई महिला शिक्षकसँग हात मिलाउन नदिने एक विद्यालयकोे आलोचना गरेको छ । विद्यालयले महिला शिक्षिकासँग मुस्लिम छात्रले हात मिलाउन नसक्ने फैसला गरेपछि स्वीजरल्याण्ड सरकारले आलोचना गरेको हो । स्विजरल्याण्डमा कक्षा सुरु हुने बेलामा र कक्षा सकिने बेलामा शिक्षकले विद्यार्थीसँग हात मिलाउने चलन छ ।
बसेल प्रान्तको थेरविल नगरपालिकामा रहेको एक विद्यालयका १४ र १५ वर्षका दुई छात्रले शिक्षिकासँग हात मिलाउने स्वीस परम्परा उनीहरुको धार्मिक विश्वास विपरित भएको...
-
एकैपटक पाँच छोरी !
चैत २१ – भारत छत्तीसगढको सरगुजा जिल्लामा एक महिलाले एकैपटकमा पाँच बच्चा जन्माएकी छन् । जिल्ला अस्पतालमा भर्ना भएकी बिनकारा गाउँकी २३ वर्षकी मनिका राजवाडे नाम गरेकी महिलाले पाँच वटा छोरी जन्माएकी हुन् ।
-
विमान अपहरणकारीसँग फोटो खिचाउने रहर
चैत १८ – इजिप्ट एयरको विमान नाटकीय ढंगले अपहरण गर्ने व्यक्तिसँग विमानमा सवार एक यात्रुले फोटो खिचाएका छन् । फाटो खिचाउने यात्रुले आफूलाई विस्फोटले भरिएको आत्मघाती पेटी हेर्न मन लागेकाले अपहरणकारीसँग बसेर फोटो खिचेको बताएका छन् ।
-
मोटेलाई मोटे भन्दा अदालतले गरिदियो सम्बन्ध बिच्छेद
चैत १६ – कतै तपाई श्रीमानलाई मोटे भनेर त जिस्क्याउनु हुन्न ? जिस्क्याउने वा मोटे भनेर गाली गर्ने बानी छ भने सावधान ! यस्तो बानीले परिवार टुट्न सक्छ । आफ्नो मोटो श्रीमानलाई मोटे, हात्ती वा मोटोपन बुझाउने गाली गरेका कारण भारतमा अदालतले श्रीमान् र श्रीमतिबीचको सम्बन्ध बिच्छेद गर्न अनुमति दिएको छ ।
मेरो पनि भन्नु छ
-
केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।
-
नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।
केशव दाहाल
-
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
अनन्त भट्टराई
सबै हेर्नुहोस