MENU
विचार/अनुभूति
-
आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।
-
सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !
कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।
-
कोरियामा धन देखेर मन हराएकाहरु
हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।
-
मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र
सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।
-
कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !
हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।
-
खैरे र कैलेहरुको एकता हो कम्युनिष्ट एकता
एकता गर्ने घोषणा गरेको झण्डै ८ महिनापछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन् । एमाले ०३०/०३५ सालसम्म रातै थियो । अहिले बिग्रदा बिग्रदा कैलो हुन आइपुग्यो । माओवादी पनि ०६२/०६३ सम्म रातै थियो । त्यो पनि बिग्रँदा बिग्रँदा अहिले खैरो हुन आइपुग्यो ।
-
ओलीज्यू, बालुवाटार तपाईँको पेवा हो ?
मलाई थाहा छ, दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता निकै उत्साहित भैसकेका छन् । धैर्य गरेर यो लेख पढ्ने आँट गरेनन् भने उनीहरुले मलाई यो त कम्युनिष्ट विरोधी रहेछ, यसलाई ठिक पार्नुपर्छ भन्न पनि सक्छन् ।
-
रोजाको वास्तविकता र सामाजिक सद्भाव
रोजा इस्लाम धर्मावलम्बीको पाँच आधार स्तम्भहरूमध्येको एक हो । अरबी पात्रोको नवौं महिना रमजानमा विश्वभरका मुस्लिमहरू एकैसाथ रोजा (उपवास) बस्दछन् । यस महिनामा मुस्लिम समुदायका महिलापुरुष दुवै एक महिनै रोजा अर्थात व्रत बस्छन् । एक महिने व्रतलाई मुस्लिम समुदायले धार्मिक उत्सव मान्छन् ।
-
एम्बुलेन्सको साइरन बज्दै थियो, मृत्युले ओभरटेक गरेर गयो
२ मिनेट, ३ मिनेट, ६ मिनेट जाम खुलेन । १० मिनेट भयो, अझै जाम खुलेन । एम्बुलेन्स एकोहोरो साइरन बजाउँदै छ अझै पनि । एकैछिनमा एम्बुलेन्सको साइरनको चर्को आवाजलाई पनि जित्दै एम्बुलेन्स भित्रबाट कोही चिच्याएको आवाज आयो । सबको ध्यान त्यसैतर्फ तानियो ।
-
व्यंग्य – बुढानिलकण्ठबाट जेटका पाइलटलाई फोन : बालुवाटारमा किन रुख रोपेको ?
ल धेरै धाक नदेखाउनुस् । हाम्ले पनि चलाएका थियौँ जेट । ठोक्किएर चकनाचुर भयो र पो ! तपाईंका जेटको पनि ठेगान छैन । बरु ट्याम्पो नै ठिक छ । सुन्नुभएको होला नि, टेम्पो त ठोक्किएर पनि धेरै क्षति हुँदैन । जहाज ठोक्किएपछि त सबै चकनाचुर !
-
मलमासमा के गर्ने, के नगर्ने ?
अधिकमास अर्थात मलमासको बेला विवाहित जोडीहरु सँगै बस्न हुँदैन भन्ने मान्यता भएकाले नयाँ दुलहीहरु माइत जान्छन् । आखिर मलमास के हो त ?
-
चुनावअघिको घोषणा पूरा भयो : अब प्रतिवद्धताको पालो
नेपालको कम्युनिष्ट आन्दोलनमा मात्र होइन, नेपाली राजनीति र अन्तर्राष्ट्रिय परिवेशमा पनि यो क्षण ऐतिहासिक हो ।
-
व्यंग्य — मोदीको बैगुन छोप्न खोज्ने ओलीको पाइजामा
केही दिनदेखि मनमा शान्ति छैन । साथमा राधिका मात्र छिन् । प्रचण्डसँग त कुरा मिलेको छैन नै । देशका युवाहरुसँग पनि कुरा मिल्न छाड्यो ।
-
नेपालमा मोदीका दुई दिन : नेपाली झुक्याउन सफल, उदार छिमेक नीति देखाउन असफल
(समाचार टिप्पणी) काठमाडौं, वैशाख २९ – दुई दिने नेपाल घुमाईको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चारपटक एकै शैलीको भाषण गरे ।
-
मोदीले भनून् – नेपाली मित्रों ! नाकाबन्दी के लिये मै शर्मिन्दा हूँ !
नेपालको संविधान आफू अनुकुल बनाउन दिएको दबाब, त्यसपछिको नाकाबन्दी र भुुइँचालोपछिको कहरमा भारतको रुखो व्यवहार ! धेरै नेपालीले मोदीलाई दुःख दिने ठालु ठान्ने कारणहरु पर्याप्त छन् । भारतका उनै प्रधानमन्त्री नरेन्द्र मोदी देशका विशिष्ट पाहुना बनेर नेपाल आउँदैछन् ।
-
‘नेपाल सरकार बिदा देउ, भारत सरकार बाटो देउ, भुटान सरकार माटो देउ’
२०६४ साल जेठमा भएको स्वदेश फिर्ती आन्दोलनको शरणार्थी नारा थियो, ‘नेपाल सरकार बिदा देउ, भारत सरकार बाटो देउ, भुटान सरकार माटो देउ’ । तर भारतले उनीहरुलाई बाटो दिएन । तीन दिनसम्म मेची पुलमा छेक्यो र दमन गर्यो ।
-
व्यंग्य– काठमाडौंमा रेल दुर्घटना !
नपत्याउनेलाई पनि पत्याउनै पर्नेगरी रेलका कुरा सुन्दा कानमा रेलको सिट्ठी लाग्न थालिसक्यो । सिठी धेरै बजेर होला, आजभोलि त कान दुखेर खपिनसक्नु भैसक्यो । धन्न अहिलेसम्म कानमात्रै दुखेको छ । अझै सिन्को नभाँचि रेलको कुरा गरिरहने हो भने दिमाग रन्कन्छ ।
-
किन हुन्छ महिनावारी गडबड ?
महिनावारी एक प्राकृतिक प्रक्रिया हो । तर यससम्बन्धी उचित ज्ञान नहुँदा र ध्यान नदिँदा समस्या निम्तिने गर्छ । जसले गर्दा कति महिला शारिरीक रुपमा मात्रै होइन, मानसिक रुपमा पनि पीडा खेपिरहेका छन् । कतिपयले यस बारेमा उचित ज्ञान नपाएर प्रशस्त भ्रम पालेका छन् । पछिल्लो समय हर्माेनजन्य औषधिको प्रयोग गर्ने महिला बढेका छन् ।
-
सुखमा अरु पनि, दुःखमा रेडियो मात्र
भोलिपल्ट भुईंतल्लाबाट भूकम्प सम्बन्धी जानकारी प्रसारण गरिरहँदा एकजना बुबाकै उमेरका पाका मानिस आइपुगे । ‘म तपाईंहरुलाई धन्यवाद दिन आएको, तपाईंहरुले धेरैको ज्यान बचाउनुभयो’ हामीलाई हेर्दै उहाँले भन्नुभयो ।
-
भूकम्प गएपछि तपाईँलाई के राम्रो लाग्यो ?
बालबालिका तथा किशोरकिशोरीसँग छलफल चलाउन विभिन्न प्रश्नावलीहरु तयार पारिएका थिए । धेरै प्रश्न त मैले अहिले बिर्सिसकेँ । तर केही प्रश्नहरु अझै याद छन्, जुन प्रश्नबाट आएका जवाफहरुले मलाई सँधै भन्नेगर्छ ‘हरेक नराम्रा घटनाहरुमा पनि केही न केही सकारात्मक कुरा जरुर हुन्छन्’ । ‘तपाईँलाई भूकम्प गएपछि के कुरा राम्रो लाग्यो ?’ कस्तो वाहियात प्रश्न सोधेको तपाईँलाई लाग्न सक्छ ।
-
यस्ताे छ कान दुख्ने कारण र बच्ने उपाय
संक्रमण कानको प्रमुख समस्या हो । संक्रमण कानका तीनवटै भागमा हुन सक्छ । कानमा कानेगुजी भरीनु, पाक्नु, दुख्नु, कानमा पीप जम्मा हुनु आदि कानको संक्रमणका लक्षण हुन् । कानको सम्पर्क मस्तिष्कसम्म हुने भएकाले कानको कुनै पनि संक्रमणले मस्तिष्कमा असर गर्न सक्छ । कानमा नङ बराबरको एउटा हड्डि हुन्छ त्यो पाक्दै जादा मस्तिष्कमा संक्रमण पुग्यो भने ज्यानै जाने संभावना पनि हुन्छ ।
-
सिन्डिकेट एक्सप्रेस : घोक्राएर खाँद्छ, उफार्दै लान्छ
सिट मात्र भरिएर हुँदैन, टेक्ने र झुण्डिने ठाउँ समेत नभर्दासम्म गाडीवालाको चित्त बुझ्दैन । नत्र बस साहुको खल्ती भरिँदैन । सुरुमा रित्तै रहेको बस जसरी पनि बसवालाले भर्छ । केही लागेन भने घण्टौं पर्खाउँछ । वर आएर पनि फेरि पहिल्यैकै ठाउँमा फर्काउँछ । बोकेर, उचालेर, झ्याँकुटी पारेर, लोभ्याएर, फकाएर जसरी पनि मान्छे खाँद्छ ।
-
विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य
९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।
-
संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक
वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।
-
भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?
भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?
-
एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?
भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?
-
०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल
सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।
-
धुलो र प्रदुषणको बेला आँखालाई कसरी जोगाउने ?
लगातार लामो समय सम्म ल्यापटप, कम्प्युटरमा बस्नै पर्याे भने बेलाबेलामा बाहिर हेर्ने, हरियो वस्तुमा हेर्न गर्नुपर्छ । र आँखालाई आराम पनि दिनु पर्छ साथै एक्सरसाइज गर्नु पर्छ । हरेक दिन आँखालाई तीन–चारपटक धुने गर्नुपर्छ । जसले गर्दा आँखाको सुख्खापन कम हुन्छ ।
-
पशुपतिमा प्रहरी जवानको हिटलर शैली : तपाईँ जो भए पनि मलाई के मतलब ?
नजिकैबाट मलाई हेरिरहेका एक प्रहरीले हातको इशाराले मलाई बोलाए । उनले मेरो मोबाइल हेर्दै भने खै मरो फोटो आएको भए तुरुन्तै डिलिट गर्नुहोस् । म अचम्ममा परेँ । मैले सोधेँ ‘किन ?’ म आफू पत्रकार भएको परिचय दिएँ । रुखो स्वरमा उनले भने, ‘तपाईँ जो भए पनि मलाई के मतलब ?’
-
माझी बस्तीमा नयाँ घर, खुशीको बहारभन्दा दु:खको कहर
छिप्पिंदै गरेको गर्मी र हुरीबतासकाबीच रामेछापको मन्थली नगरपालिका अन्तरगत तामाकोशी तीरमै पर्ने माझी गाउँ पुग्दा स्थानीयबासिन्दालाई घर बनाउने चटारो थियो । तामाकोशीको किनारैकिनार बनाइएको कच्ची बाटोमा ट्याक्टरलाई सिमेन्ट, गिटी र पानी ओसार्न भ्याइनभ्याई थियो ।
-
प्रधानमन्त्री ओलीको भारत भ्रमण : आफू अनुकूल निर्णय गराउन सफल
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण समग्रमा भन्नुपर्दा नेपालले जे चाहेको थियो, त्यस्तै भयो । भ्रमणको पेरिफेरि समृद्धिका लागि आर्थिक कुटनीतिमै केन्द्रित रह्यो । दुबै देशका प्रमुखहरुले गरेका सहमति सम्झौताहरु कुनैपनि नेपालको अहित हुने छैन ।
-
आँसु निकाल्नै दिँदैनन्, तपाईंलाई कसले स्याहार गर्छ मदनकृष्ण ?
उनले रुन थाल्दा दर्जनौं क्यामरा उनीतिर तेर्सिए । उनी डाँको छोडेर रोएको क्यामरावालाहरुलाई बिकाउ मसला भयो । पशुपतिमा क्यामरा तेर्साएर बसेका ‘यूट्युबे पत्रकारले मदनकृष्णको आँसु सबैलाई देखाइदिए । मदनकृष्णको आँसु बेचेर केही यूट्युब हिट भए । हुँदाहुँदा ब्रह्मनालमा यशोदाको पार्थिव शरीरलाई राख्ने बेलामा पत्रकारहरुले गरेको व्यवहारलाई कसरी सम्झने ?
-
ओलीको भ्रमण : मोदीलाई नेपाल नीति सच्याउने मौका
एक किसिमले विदेशमन्त्री शुष्मा स्वराजलाई पठाएर सपथग्रहण अघि नै भारतले पुरानो तिक्ततालाई विर्सेर सम्बन्धलाई अगाडि बढाउ भन्ने सन्देश दिएको थियो । नेपालले के भन्छ भने एकले अर्कालाई सम्मान गरौँ । समान व्यवहार गरौँ । सम्बन्धलाई सुमधुर गति त्यो बेलाबाट दिन सकिन्छ । जब एकले अर्काको सम्मान र समान व्यवहार गरिन्छ ।
-
कसले ध्वस्त पार्याे अर्थतन्त्र ?
भरखरै अभ्यास सुरू गरिएको संघीयताले समस्या झन् चर्काउने निश्चित छ । पूर्व तयारी बिना सबै जसो सरकारी उद्योगहरू बन्द हुनु, तर निजी उद्योगहरू खुल्नु नसक्नुको परिणाम आजको चरममा व्यापार घाटा हो । कार्ल मार्क्सले कतै भनेका छन्, ‘अर्थतन्त्र घोडा हो भने राजनीति बग्गी हो ।’ यी दुवैले एक अर्कालाई प्रभावित गरिरहेका हुन्छन् । त्यसैले एउटाको अध्ययनबिना अर्कोको चिन्तन अधुरो हुन्छ ।
-
फेसबुक र ट्वीटर चलाउने लत बस्यो, अब सचेत हुने पालो
बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले मोबाइल हेर्ने बानी मेरो पनि छ । त्यसमा पनि फेसबुक र ट्वीटर । बिउँझिएपछि सबै काम छोडेर कहाँ के के भैरहेको छ र के कुरामा चर्चा भैरहेको भनेर हेर्नै पर्छ । त्यसपछि बल्ल साथीसँग कुराकानी सुरु हुन्छ । खासै धेरै च्याटमा व्यस्त त हुने गरेकी छैन, तर पनि आएको म्यासेजको रिप्लाई गरेकै हुन्छु ।
-
व्यंग्य : ओलीको पालामा ढुक्कसँग माइत र ससुराली पनि बस्न नपाइने !
विरोधीले त भनेकै थिए, कम्युनिष्ट सरकार आए हाँस्न त के रुन पनि पाईंदैन । तर विरोधीका कुरा कसैले सुनेनन् । ड्याम कि ड्याम सूर्य र गोलाकारभित्रको हँसिया हथौडामा छाप लगाएर कम्युनिष्टलाई चुनाव जिताइदिए । तिनै कम्युनिष्टहरुले मिलेर अहिले सरकार बनाएका छन् । कसैले चाहेर पनि हल्लाउन नसक्ने बलियो सरकार । धेरैभन्दा धेरै अधिकार ओगटेर बसेका प्रधानमन्त्री ।
-
धन्नै ! स्कुटरवालीको ज्यान गएन !
उनले घाउ देखाइन् । केही बोल्न सकेकी थिइनन् । बोलिहाल्ने र सोधिहाल्ने पक्षमा हामी पनि थिएनौँ । दुर्घटनापछि रोकिएका गाडीलाई प्रहरीले साइडबाट जान भन्यो । एकछिन फोटो खिचेपछि प्रहरीले स्कुटर घिसारेर बाहिर ताने । सडक छेउमा लिएर स्ट्यान्ड लगाए । ठक्कर दिने बस पनि सडक छेउमा गएर रोकियो । अनि बिस्तारै स्कुटर नजिक पुगेकी युवतीलाई प्रहरीले सोधपुछ गर्न थाल्यो ।
-
मनकामनाको दर्शन : माइक्रोले सातो उडायो
मंगलबार बिहान सबेरै कंलकीको धुलो छिचोल्दै थानकोटतर्फ जाने गाडी बिसौनामा पुग्यौँ । हामी दुई जोडीसँगै दुई काखे बच्चा थिए । यात्रा मनकामना दर्शनको थियो । कंलकी पार गर्न नपाउँदै आफ्नो गाडीमा जाउँ भनेर तान्ने चालक, सहचालकदेखि गाडी मालिक अनि दलालसम्म सबै भेटिए ।कंलकीको माहोल हाम्रा लागि मात्र होइन सबैका लागि सधैँ यस्तै हुन्छ ।
-
यी हुन् निजी विद्यालय खारेज गर्नैपर्ने १० कारण
अहिले सरकारी र निजी शिक्षाबीच ठूलो खाडल छ । जबसम्म दुई प्रकारको शिक्षा रहन्छ, तबसम्म शिक्षाको गुणस्तर, दक्ष जनशक्ति उत्पादन, शुल्कमा मनोमानीलगायतका विवाद कायमै हुन्छ । त्यसकारण अब एकै किसिमको विद्यालय बनाउनुपर्छ । दुई किसिमको विद्यालय नेपालमा जरुरत छैन र निजी विद्यालय खारेज गर्नुपर्ने १० कारण छन् ।
-
सूचनाको हक र स्थानीय सरकार
के चितवन उद्योग वाणिज्य संघले कर घटाउन ज्ञापनपत्र बुझाएको विषय भरतपुर महानगरपालिकाले गोप्य राख्नु पर्ने विषय हो ? या यसबारे महानगरपालिकाका प्रमुखको धारणा बुझ्न खोज्दा ‘पीत पत्रकारिता’को आरोप लगाउँदै कार्यक्रममा बस्न अनुमति नभएको उर्दी लगाउने पदाधिकारीले आफ्नो पदको मर्यादा नबुझेका हुन् ? सामाजिक सञ्जालमा पत्रकार र सर्वसाधारणलेसमेत घटनाको निन्दामा औंला चलाइरहेका छन् ।
मेरो पनि भन्नु छ
-
केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।
-
नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।
केशव दाहाल
-
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
अनन्त भट्टराई
सबै हेर्नुहोस