MENU
ujyaalo forign call inside

खेल

  • कर्मचारीको सरुवाप्रति राखेप कर्मचारी संघको आपत्ति कर्मचारीको सरुवाप्रति राखेप कर्मचारी संघको आपत्ति

    काठमाडौं, भदौ २९, राष्ट्रिय खेलकुद परिषदले कर्मचारीको सरुवा गरेकोमा आपत्ति जनाउँदै राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले सदस्य सचिव युवराज लामालाई ज्ञापन पत्र बुझाएको छ ।

  • नेपाल यू १६ एएफसी च्याम्पियसिपको छनोटबाटै बाहिरियो

    काठमाडौ, भदौ २८ — नेपाल १६ वर्षमुनिको एएफसी च्याम्पियसिप फुटबल प्रतियोगिताको छनोटबाट लगभग बाहिरिएको छ । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा ओमानसँग शुन्यका विरुद्ध २ गोलले पराजित भएपछि नेपालको प्रतियोगितामा छनौट हुने संभावना गणीतिय हिसाबमा मात्र बाँकी छ ।

  • अन्डर १६ छनोटमा नेपाल सिरियासँग २—० ले पराजित

    काठमाडौं, भदौ २६ — अन्डर १६ एएफसी च्याम्पियनसीप फुटबल अन्तर्गतको खेलमा नेपाल सिरियासँग २—० ले पराजित भएको छ ।  खेल सुरु भएको २ मिनेटमै सिरियाका जर्सी नं २ का अहमद अक्सरले गोल गरि सिरियालाई अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट बाँकी रहँदा सिरियाका अब्दुल रजकले गोल गरि सिरियालाई २—० ले अग्रता दिलाए । नेपाली खेलाडीहरुले अन्तिममा थपिएको ३ मिनेटसम्म पनि गोल गर्न प्रयास गरेका थिए तर त्यो सफल हुन सकेन । सिरियाले उत्कृष्ट र निकै आक्रामक खेल खेलेको थियो । दाश्रो हाफको १३ औँ...

  • नेपाल र सिरियाबीच खेल जारी, नेपाल १ गोलले पछाडी

    काठमाडौ, भदौ २६ — अन्डर १६ एएफसी च्याम्पियनसीप फुटबल अन्तर्गत अहिले नेपालले दशरथ रङ्गशालामा सिरियाको सामना गरीरहेको छ । मध्यान्तरसम्मको खेलमा सिरिया १—० ले अगाडी छ । खेल सुरु भएको २ मिनेटमै सिरियाका जर्सी नं २ का अहमद अक्सरले गोल गरि सिरियालाई अग्रता दिलाएका थिए । नेपालले अन्डर १६ टिममा दुई जना खेलाडि परिवर्तन गरेको छ । पूर्ण थापा र अञ्जन लाकुजाले १६ वर्ष मुनिको खेलमा डेब्यु गरेका छन् । त्यस्तै शसस्त्र प्रहरीको हल्चोक मैदानमा साउदी अरेबिया र ओमानबीच खेल भइरहेको छ । जारी खेलमा...

  • अन्डर १६ एएफसी फुटबल च्याम्पियनसीप छनोट खेल आजदेखि अन्डर १६ एएफसी फुटबल च्याम्पियनसीप छनोट खेल आजदेखि

    काठमाडौं, भदौ २६ - काठमाडौंमा सोमबारदेखि १६ वर्षमुनिको एएफसी फुटबल च्याम्पियनसीप अन्तरगत समूह डी को छनोट प्रतियोगिता सुरु हुँदैछ । नेपाल, सिरिया, ओमान र साउदी अरेबिया गरी चार राष्ट्र सम्मिलित प्रतियोगितामा आज पहिलो दिन दुई खेल हुँदैछन् ।

  • वर्षको उत्कृष्ट खेलाडीको उपाधि दीपक र जमुनालाई वर्षको उत्कृष्ट खेलाडीको उपाधि दीपक र जमुनालाई

    काठमाडौं, भदौ २५ - बक्सिङ्गका दीपक महर्जन र फुटबलकी जमुना गुरुङ्गले यस बर्षको पल्सर उत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस अवार्ड अन्र्तगतको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड दिपकले र उत्कृष्ट महिला खेलाडीको अवार्ड जमुनाले पाएका हुन् । महर्जनले ग्वाङ्झाउ यसियाडमा नेपालका लागि एकमात्र पदक जिताउन सफल भएका थिए भने गुरुङ्गले महिला साफ च्याम्यिनसिपमा नेपाललाई उपबिजेता बनाउन महत्वपूर्ण भुमिका खेलेकी थिइन् ।    उनीहरुले अवार्ड सहित एक एक वटा पल्सर...

  • सुटिङ संघको अध्यक्षमा पुष्पदास श्रेष्ठ

    काठमाण्डौं, भदौं २४, नेपाल सुटिङ संघको साधारणसभाले पुष्पदास श्रेष्ठलाई अध्यक्षमा चार वर्षा लागि शनिबार निर्विरोध चयन गरेको छ । ११ सदस्यीय केन्द्रीय कार्यसमितिको अध्यक्षलगायत २ उपाध्यक्ष र कोषाध्यक्ष पद पनि निर्विरोध भयो । उपाध्यक्षमा मथुराराम श्रेष्ठ प्रथम र ध्रुवबहादुर रायमाझी तथा कोषाध्यक्ष्मा सतिश श्रेष्ठ निर्विरोध भए ।

  • ओलम्पिकका लागि ४ जना तेक्वान्दो खेलाडी छानिए

    काठमाण्डौं, भदौ २३, लन्डन ओलम्पिक- २०१२ का लागि थाइल्यान्डको बैंककमा हुने एसियाली छनोट प्रतियोगितका लागि ४ जना तेक्वान्दो खेलाडी शुक्रबार छनोट भएका छन् ।

  • सागलाई लक्षित गरी परिषदद्वारा बिशेष प्रशिक्षण सुरु सागलाई लक्षित गरी परिषदद्वारा बिशेष प्रशिक्षण सुरु

    काठमाडौं, भदौ २२, एक वर्षछि भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद सागलाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद्ले बिशेष प्रशिक्षण सुरु गरेको छ ।  मिसन साग- २०१२ नाम दिइएको विशेष प्रशिक्षणको उद्घाटन गर्दै परिषदका अध्यक्ष एवंम युवा तथा खेलकुद मन्त्री कमला रोकाले प्रशिक्षणका लागि छनोट भएका खेलाडी तथा प्रशिक्षकलाई बिहीवार आवश्यक सामाग्री हस्तान्तरण गर्नुभयो ।

  • राष्ट्रिय फुटबल खेलाडीलाई नगद पुरस्कार

    काठमाडौं, भदौ २२, अखिल नेपाल फुटबल संघले आज नेपाली राष्ट्रिय पुरुष तथा महिला फुटबल खेलाडीलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरेको छ । गएको चैत २४ गतेदेखि २८ गतेसम्म काठमाण्डूमा भएको ए.एफ.सी च्यालेन्ज कप फुटबल प्रतियोगितामा उत्कृष्ट पर््रदर्शन गर्दै अन्तिम चरणको लागि छनोट भएको पुरुष फुटबल टोली र मंसिरमा भएको महिला साफ च्याम्पियनशिपमा दोश्रो भएको महिला टोलीलाई आज पुरस्कृत गरिएको हो ।

  • जगजीत लागे जर्मनीतिर जगजीत लागे जर्मनीतिर

    राष्ट्रिय फुटबल टिमका मिडफिल्डर जगजीत श्रेष्ठ विशेष प्रशिक्षणका लागि जर्मनी गएका छन् । नेपाली मुलका जर्मन नागरिक नवीन पाण्डे र अर्का जर्मन नागरिक मीरको प्रायोजनमा जर्मनी गएका जगजितले चार हप्ता विशेष प्रशिक्षण लिनेछन् ।

  • विशेष प्रशिक्षण शुभारम्भको घोषणा बिहीबार

    राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव युवराज लामाले मुख्यतः १२ औं दक्षिण एसियाली खेलकुद सागलाई मध्यनजर राखि हुने विभिन्न खेलका खेलाडीको विशेष प्रशिक्षण शुभारम्भको औपचारिक घोषणा बिहीबार हुने बताउनु भएको छ । विशेष प्रशिक्षणका लागि छनोट भएका खेलाडी तथा प्रशिक्षकहरुलाई दशरथ रंगशालामा सामूहिक रुपमा भेटी सदस्य-सचिव लामाले सोको जानकारी गराउनु भयो ।

Skill Training
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया