खेल
दशरथ रंगशाला निर्माणका लागि १० करोड बजेट विनियोजन
- Thursday, May 31, 2018
- 14:29 PM ( 9 months ago )
- Total Views: 1.9 K
काठमाडौं, जेठ १७ – सरकारले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले दशरथ रंगशालासहित विभिन्न कभर्ड हलहरुको मर्मत संहार तथा स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा १० करोड बजेट विनियोजन गरिएको जानकारी दिनु भएको हो । उहाँले खेलाडीहरुको सेवा र सुविधाका लागि सरकारले दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमाको लागि पनि आवश्यक बजेटको व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।
मन्त्रालयले गत चैत्र २३ गते सार्वजनिक गरेको कार्ययोजनाको कार्य प्रगति विवरण सार्वजनिक गर्न विहिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणको काम र सबै प्रदेशमा प्रादेशिक रंगशाला निर्माणको कामलाई पनि अघि बढाइएको बताउनुभयो ।
मन्त्री विश्वकर्माले संघीय ढाँचा अनुकूल हुने गरी राष्ट्रिय खेलकुद नीतिको मस्यौदा तयार पारिएको पनि बताउनुभयो । युवा तथा खेलकुद मन्त्रालयले १२ बर्से खेलकुद गुरुयोजना पनि तयार पारेको छ । मन्त्री विश्वकर्माले बजेट निर्माणको काममा केन्द्रित हुनु परेकाले राष्ट्रिय खेलकुद नीतिको मस्यौदालाई अन्तिम रुप दिन नसकिएको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री विश्वकर्माले युथ भिजन, २०२५ को कार्यान्वयन कार्ययोजना पनि तय गरिएको बताउनुभयो । त्यसैगरी मन्त्रालयले राष्ट्रपति महिला उद्यम कार्यक्रम सञ्चालन कार्यविधि निर्माण गरेको, उपराष्ट्रपति युवा पुनस्र्थापना कार्यक्रम सञ्चालन कार्यविधि स्विकृत गरिएको पनि उल्लेख गरेको छ ।
मन्त्री विश्वकर्माले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई पनि तीब्रता दिइएको बताउनु भयो ।
सम्बन्धित सामग्रीहरु
-
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
काठमाडौं, जेठ १७ – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मीले समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा जित निकालेको छ ।
-
रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
जेठ १७ – रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले क्लबले च्याम्पियन्स लिग जितेको ५ दिनपछि राजीनामा दिएका छन् ।
-
सन्दीपले अफ्रिदीको कप्तानीमा विश्व ११ बाट आज खेल्दै
काठमाडौं, जेठ १७ – नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ ।
-
धुर्मुससँग सम्पर्क नै टुट्यो : खेलकुद मन्त्री विश्वकर्मा
काठमाडौं, जेठ १७ – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँग सम्पर्क नै नभएको बताउनुभएको छ ।
-
सलाहले विश्वकप खेल्न आशा बढ्यो
जेठ १७ – उत्कृष्ट प्रदर्शनका कारण विश्व फुटबलका प्रिय स्ट्राइकर बनेका इजिप्टका मोहम्मद सलाहले विश्वकप फुटबल खेल्ने सम्भावना बढेको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस