MENU

राजनीति

ujyaalo forign call inside

नेकपाको नामबाट अण्डरलाइन हट्ने

काठमाडौं, जेठ १७ – एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम संशोधन गर्ने भएको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी मुनि अण्डरलाईन दिएर दल दर्ताका लागि निवेदन दिएकोमा त्यसलाई संशोधन गर्दै कोष्टमा नेकपा थप्ने र अण्डरलाईन हटाउने निर्णय भएको नेकपाका मुख्य सचेतक देब गुरुङले जानकारी दिनुभयो ।

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नामको दल पहिल्यै दर्ता भएकाले नाम फेर्न धेरैतिरबाट सुझाव आएकाले नाम संशोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्नेगरि आयोगलाई पत्राचार गरिएको प्रमुख सचेतक गुरुङले जानकारी दिनुभयो । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टीको नाममा ऋषी कट्टेल अध्यक्ष रहेको दल यसअघि नै दर्ता भएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया