MENU

अर्थ

ujyaalo forign call inside

​‘सय ग्राम सुन ल्याउन पाइन्छ, तर भन्सार तिर्न पर्दैन भन्ने नसोच्नुस्’

काठमाडौं, जेठ १६ – आर्थिक वर्ष २०७५/७६ को बजेटमा विदेशबाट १ सय ग्रामसम्म सुन ल्याउन पाइने उल्लेख थियो ।

यसअघि एक तोला पनि काँचो सुन ल्याउन नपाउने व्यवस्था संशोधन गरेर सरकारले आगामी आर्थिक वर्षदेखि भन्सार तिरेर १ सय ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्था गरेको छ ।

‘मलाइ राष्ट्र बैंकमा छँदा पनि सुनले छाडेन, अहिले पनि नछाड्ने भयो’, अर्थमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा पटक–पटक हँसाएका मन्त्री खतिवडाले भन्नुभयो, ‘अहिले एक तोला सुन ल्याउन पनि प्रतिबन्धित छ,  कसैले ल्यायो भने भन्सार तिरेर म उकास्छु भन्न पाउँदैन, उल्टो जेल जानुपर्छ,  तर अब कुनै नागरिकले झुक्किएर १ सय ग्रामसम्म सुन ल्यायो भने भन्सार तिरेर सुन लिएर जाओस भनेर यो व्यवस्था गरिएको हो, भन्सार तिर्न पर्दैन भन्ने होइन, भन्सार तिर्नलाई छुट दिइएको हो ।’

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया