MENU

खेल

ujyaalo forign call inside

चम्के चौहान : ब्याटिङमा शतक र बलिङमा ह्याट्रिकसहित ४ विकेट

काठमाडौं, जेठ १६ – हरिबहादुर चौहानको शानदार अलराउण्ड प्रदर्शनको सहयोगमा एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई १२९ रनले पराजित गरेको छ ।
 

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा टियू मैदानमा भएको खेलमा प्रदेश ४ का चौहानले ब्याटिङतर्फ शतक र बलिङतर्फ ह्याट्रिकसहित ४ विकेट लिए । 

प्रतियोगितामा यसअघि दुई खेलमा पराजित भएको प्रदेश चारको यो पहिलो जित हो । यसअघि उसले एपीएफसँग ५ विकेट र प्रदेश २ सँग ६७ रनको पराजय ब्यहोरेको थियो ।
 
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले मध्यक्रमका ब्याट्सम्यान चौहानको शतकीय योगदानमा निर्धारित ओभरमा ७ विकेट गुमाएर ३१० रनको बिशाल योगफल बनाएको थियो ।
 

चौथो नम्बरमा ब्याटिङमा आएका चौहान ४६.४ बलमा प्रदेश १ का सन्दिप ढुंगानाको बलमा क्याटआउट हुनुअघि ११५ बल खेलेर १०० रन बनाए । जारी प्रतियोगितामा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् । यसअघि एपीएफविरुद्धको खेलमा पनि चौहानले ५७ रनको अर्धशतकीय पारी खेलेका थिए ।
 
चौहानले छैटौंँ विकेटका लागि सुमन घिमिरेसँग मिलेर १३६ रनको शतकीय साझेदारी गरेपछि प्रदेश ४ ले बिशाल योगफल बनाउन सफल भयो । घिमिरेले विष्फोटक पारी खेल्दै ५३ बलमा ६ छक्का र ६ चौकाको सहयोगमा ८३ रनको योगदान दिए ।
 
यसअघि सुरुआती पाँच विकेट उसले सस्तैमा गुमाएको थियो । ओपनरहरु अनिल गुरुङ १३ र सन्तोष न्यौपाने ७ रनमा आउट हुँदा आकाश थापाले १९ तथा मञ्जिल न्यौपानेले २८ रन बनाएर आउट भएका थिए । प्रदेश ४ का लागि विपिन खत्रीले ९ बलमा २३ रन जोडे । उसले अतिरिक्त २८ रन पाएको थियो ।
 
बलिङतर्फ प्रदेश १ का पुष्प थापा र सन्दिप ढुंगानाले २–२ विकेट लिए ।
 
३११ रनको लक्ष्य पछ्याएको प्रदेश १ ३५ ओभरमा १८१ रनमै समेटियो । उसका लागि ओपनर सन्दिप ढुंगानाले ७१ रनको अर्धशतकीय योगदान दिए पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिएनन् । प्रदेश १ का लागि मिनास थापाले १९, राजन मगरले १०, फिर्दोस अन्सारीले १३ तथा श्रवण यादवले अविजित १९ रन बनाए ।
 
बलिङतर्फ प्रदेश ४ का हरिबहादुर चौहानले ४ तथा विपिन खत्री र राजु गुरुङले २–२ विकेट लिए । हरिले प्रदेश १ का अन्तिम तीन ब्याट्सम्यानलाई पेविलियनको बाटो देखाएका थिए । ३४.४ ओभरमा फिर्दोस अन्सारीलाई क्याचआउट गराएका उनले ३४.५ ओभरमा मनोज तामाङलाई एलबीडब्ल्यू धरापमा पारे । ओभरको अन्तिम बलमा उनले प्रदेश १ का अन्तिम ब्याट्सम्यान अभ्यास तिमल्सिनालाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरे ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया