MENU

अर्थ

ujyaalo forign call inside

​बजेटपछि शेयर बजारमा सामान्य गिरावट

काठमाडौं, जेठ १५ – बजेट सार्वजनिक भएपछिको पहिलो कारोबारमा शेयर बजार सामान्य घटेको छ । 

शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ९४ अंकले घटेर १३ सय २२ दशमलब २७ अंकमा पुगेको छ । कारोबार सुरु भएको ४५ मिनेटसम्म बजार घटे पनि त्यसपछि बढेर १३ सय ४१ बिन्दुमा पुगेको थियो । तर पछि फेरि बजार बन्द हुने बेलामा नेप्से ४ दशमलब ९४ अंकले घटेको हो । शेयर कारोबारमा संलग्न लगानीकर्ता संघ र शेयर दलाल व्यवसायी संघले बजेटको स्वागत गरे पनि सामान्य लगानीकर्ता बजारप्रति विस्वस्त हुन नसकेकाले शेयर बजार घटेको हो । 

शेयर बजारलाई भ्याटमुक्त बनाएको, एक अर्ब रुपैयाँ लगानीका भएका उत्पादनमूलक कम्पनीले साधारण शेयर जारी गर्नुपर्ने, प्राइभेट इक्विटी फन्ड, हेज फन्ड र भेन्चर क्यापिटललाई पूँजी बजारमा प्रवेश गराउने लगायतका सकरात्मक पक्ष बजेटमा उल्लेख छ । तर पनि हिजोको बजेटले व्यक्तिगत रुपमा लाग्ने पूँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर साढे ७ प्रतिशत पुर्‍याएपछि लगानीकर्ता उत्साहित हुन नसकेका हुन् । 

आज नेप्से घटे पनि कारोबार रकम ४ करोडले बढेर ४४ करोड रुपैयाँ बराबरको शेयर आज किनबेच भएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया