Total Hits: 3.4 K

पीएमकप क्रिकेट : प्रदेश ४ ले दियो प्रदेश १ लाई ३ सय ११ रनको चुनौती

  • Posted: Wednesday, May 30, 2018 12:54 PM ( 2 years ago )

जेठ १६ – काठमाडौंमा भैरहेको एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको चौथो दिन प्रदेश नम्बर ४ ले प्रदेश नम्बर १ लाई ३ सय ११ रनको लक्ष्य दिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा भैरहेको प्रतियोगिता अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला व्याटिङ गरेको प्रदेश ४ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय १० रन बनाएको हो ।

प्रदेश ४ का लागि हरि चौहानले सतक बनाए भने सुमन घिमिरेले ८३ रन जोडेका थिए । १ सय २९ रन बनाउँदा ५ विकेट गुमाएको प्रदेश ४ लाई चौहान र घिमिरेको साझेदारीले ठूलो स्कोरमा पुर्याएको हो । यसैगरी मन्जिल न्यौपानेले २८, आकाश थापाले १९ तथा अनिल गुरुङले १३ रन जोडेका थिए ।

प्रदेश १ का पुष्प थापा र सन्दीप ढुंगानाले २–२ तथा मनोज तामाङ र मनिस थापाले एक एक विकेट लिए ।

त्यस्तै, मूलपानी क्रिकेट मैदानमा प्रदेश ५ र ७ बीच प्रतिस्पर्धा भैरहेको छ । वर्षाका कारण खेल ३८ ओभरमा छोट्याइएको छ । अहिले प्रदेश नम्बर ७ ले टस जितेर व्याटिङ गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook