MENU

अर्थ

ujyaalo forign call inside

​बजेटको आकार १३ खर्ब १५ अर्ब : पोहोरको भन्दा ३७ अर्ब बढ्यो

काठमाडौं, जेठ १५ – सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि बजेट सार्वजनिक गरेको छ । 

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गनुभएको छ । 

उहाँले कृषि, पर्यटन, जलविद्युत र पूर्वाधार क्षेत्रलाई महत्व दिएर बजेट सार्वजनिक गर्नुभएको हो । सरकारले अाउँदाे वर्षकाे बजेटमध्ये ८ खर्ब ३१ अर्व रुपैयाँ राजश्वबाट, २ खर्ब ५३ अर्ब वैदेशिक ऋणबाट जुटाउने भएकाे छ । त्यस्तै वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड रुपैयाँ जुटाइनेछ । 

केही दिनअघि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आधारित रहेर अर्थ मन्त्रालयले बजेट तयार पारेको छ । 

समृद्ध नेपाल सुखी नेपाली नारालाई पूरा गर्न सरकार तयार रहेकाले उच्च आर्थिक वृद्धिसहितको बजेट ल्याएको उहाँको दावी छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया