अर्थ
समाजवादी उद्देश्यको बजेट
- Tuesday, May 29, 2018
- 17:15 PM ( 2 years ago )
- Total Views: 1.3 K
काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्षका लागि समाजवाद उन्मुख उद्देश्यसहितको बजेट प्रस्तुत गरेको छ ।
संघीय संसद्को आज बसेको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गरिबी र पछौटेपनको अन्त्य गर्दै संविधानमा उल्लेख गरिएका नागरिकको मौलिक हकलाई सुरक्षित हुने गरी बजेट तयार गरिएको जानकारी दिनुभयो ।
भौतिक पूर्वाधारको विकास, ऊर्जा, सिंचाई क्षेत्रलाई बजेटमा विशेष प्राथमिकता दिइएको छ । यस्तै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अगाडि सारेको छ ।
बजेटले ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरेर सबै विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यसैगरी आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने लक्ष्य राखिएको छ ।
मदन भण्डारी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने, सातवटै प्रदेशबाट श्रम स्वीकृतिका लागि आवश्यक कार्यालयको व्यवस्था गरिने भएको छ ।
शिक्षा विज्ञान प्रविधिको क्षेत्रमा एक खर्ब ३४ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै विद्यार्थीलाई पाँच प्रतिशत व्याजमा रु सात लाखसम्मको शैक्षिक ऋण दिने कार्यक्रम समेत बजेटमा समावेश छ ।
–रासस
सम्बन्धित सामग्रीहरु
-
घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
चितवन, जेठ १७ – मालपोत कार्यालय चितवनका नायव सुब्बा मनोज निरौला र कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
-
आयकरमा समाजवाद : जति धेरै कमाई, त्यति धेरै कर !
काठमाडौं, जेठ १७ – सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटले धेरै कमाउनेलाई धेरै आयकर तिर्नु पर्ने ब्वयस्था गरेको छ र थोरै तथा मध्यम कमाई गर्नेलाई अहिले तिरिरहेको आयकरमा निकै ठूलो सहुलियत दिएको छ ।
-
संघीय संसदमा बजेटमाथिको छलफल सुरु
काठमाडौं, जेठ १७ – संघीय संसदमा बिहीबारबाट आर्थिक वर्ष २०७५/२०७६ को बजेट माथिको छलफल सुरु भएको छ ।
-
अर्थविद्हरुको टिप्पणी : सरकारले लक्ष्यअनुसारको बजेट ल्याउन सकेन
काठमाडौं, जेठ १७ – अर्थविद्हरुले सरकारले लक्ष्य अनुसारको बजेट ल्याउन नसकेको बताएका छन् ।
-
रियाल, दिर्हाम, रिंगिट लगायतका मुद्राको मूल्य कमजोर
काठमाडौं, जेठ १७ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६९ पैसा र विक्रिदर २८ रुपैयाँ ८५ रुपैयाँ रहेको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस