Total Hits: 30.8 K

​अनमोलले हिन्दी फिल्म खेल्ने

  • Posted: Monday, May 28, 2018 13:48 PM ( 2 years ago )

काठमाडौं, जेठ १४ – शनिबार मात्रै झरना थापाको निर्देशन रहने सिनेमा ‘ए मेरो हजुर ३’ मा अनुबन्धित भएका अभिनेता अनमोल केसीले निर्देशक मिलन चाम्सको आउने अर्को सिनेमा पनि काम गर्ने भएका छन् ।

यो सिनेमाको नाम भने अहिले खुलाइएको छैन ।  नाम नखुलाइएको यो सिनेमाको सम्पूर्ण छायांकन नेपाल बाहिर हुनेछ । सिनेमाको कथा अत्यन्तै मन परेका कारण आफूले यो सिनेमामा काम गर्ने भएको अनमोलले बताएका छन् । तीन करोडको बजेटमा बन्ने यो सिनेमामा मिलनले अनमोलको जोडीको रुपमा पुरानै नायिका राख्ने निर्णय गरेका छन् । यद्यपि कसलाई राख्ने भन्नेमा अझै टुंगो लागेको छैन ।

भर्खरैमात्र दुईवटा सिनेमा फाइनल गरेका अनमोलले हिन्दी सिनेमामा पनि अभिनय गर्ने भएका छन् ।  उनले हिन्दी सिनेमाको लागि पनि मोटो रकम लिएको जनाएका छन् । 

अनमोलले अभिनय गर्ने भनिएको सिनेमा हिन्दी र नेपाली भाषामा बन्ने छ, जसलाई चर्चित भारतीय निर्माताले बनाउन लागेका हुन् । तर कुन निर्माताले यो सिनेमा निर्माण गर्न लागेका हुन् त्यसको जानकारी निर्माण पक्षले केही दिनपछि पत्रकार सम्मेलन गरेर दिने बताएको छ ।  

यो सिनेमामा दुई जना अभिनेत्रीको मुख्य भूमिका रहनेछ । सिनेमामा एक जना बलिउड अभिनेत्री एक जना नेपाली अभिनेत्री रहने बताइएको छ । सिनेमामा बलिउड अभिनेता ज्याकी श्राफले पनि काम गर्ने चर्चा भैरहेको छ । अनमोलको सिने करिअरका लागि यो सिनेमा विशेष रहनेछ ।

फागुन १० गतेबाट फ्लोरमा जाने यो सिनेमाको छायांकनका क्रममै अनमोलले हिन्दी र नेपाली भाषामा संवाद बोल्ने भएका छन् । सिनेमामा समावेश गीतमा हिन्दी भाषाका लागि बलिउड कलाकारले आवाज दिनेछन् भने नेपाली भाषाकालागि नेपाली कलाकारले नै आवाज दिनेछन् ।

यो सिनेमा विश्वभर एकसाथ प्रदर्शन गर्ने तयारी पनि छ ।

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook