MENU

मनोरञ्जन

ujyaalo forign call inside

​‘म दौडको हिस्सा होइन, मेरो आफ्नै स्थान छ ’ : अभिनेता डेनी

जेठ १३ – बलिउड सिनेमा जगतको पाँचौ दशकमा एक सय भन्दा धेरै फिल्ममा फरक–फरक चरित्र निभाएका अभिनेता डेनी डेन्जोङ्गप्पासँग अहिले नै अभिनयबाट सेवानिवृत्त हुने कुनै योजना त छैन ।

तर उनले भनेका छन उनी अभिनय बिना पनि बस्न सक्छन । पछिल्लो समयमा डेनी फिल्म ‘जय हो’ ‘नाम शबाना’ ‘बेबी’ र ‘ब्याङ्ग ब्याङ्ग’ फिल्ममा देखिएका थिए । 

भर्खरै भारतीय एक मिडियाले डेनीलाई के तपाईँले अभिनय बिनाको जीवन जिउने विचार गर्नु भएको हो ? भनेर प्रश्न सोधेको प्रश्नमा उनले भनेका छन, ‘म अभिनय बाहेक ध्यान गर्न सक्छु र संसार घुम्न सक्छु । म पेन्टिङ र बागवानी पनि गर्न सक्छु । तर राम्रो पटकथा भयो भने फिल्म गर्न सक्छु । मलाई कयौं पटकथाहरु आइरहेका हुन्छन । म ती पढ्छु र पटकथा राम्रो लागेमा वर्षको एउटा फिल्म मात्रै गर्दछु र यो आफैमा एक राम्रो बदलाव हो ।’

उनले अगाडि भनेका छन, ‘म धेरैजसो जाडो याममा छायाँकंन गर्छु । किनकी जाडो समय मेरो लागि निकै आरामदायक समय हो । म दौडको हिस्सा होइन । मैले मेरो जीवनमा यस्तो कहिल्यै पनि गरिन किनकी मेरो आफ्नै स्थान छ । ’

उनले सन् १९७१ मा फिल्म ‘जरुरत’ बाट बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि डेनीले बलिउड फिल्म उद्योगमा भिलेनको रुपमा आफ्नो विशेष स्थान बनाए । फिल्म ‘३६ घण्टे’ ‘द बर्निङ्ग ट्रेन’ ‘बन्दिश’ र अग्निपथ’ ‘घातक’  जस्ता फिल्ममा उनीद्वारा निभाइएका चरित्र आज पनि दर्शकहरुले याद गरिरहन्छन । सिक्कीममा जन्मेका डेनी सुपरहिट नेपाली फिल्म ‘साइनो’ लगायत नेपाली गीतका गायकको रुपमा समेत परिचित छन ।

 

डेनीले भनेका छन, ‘ फिल्ममा खलनायकको भूमिकामा एक छुट्टै आकर्षण छ । सन् १९७०, ८० र ९० को दशकमा नायक पछि खलनायकको भूमिका सबैभन्दा धेरै महत्वपूर्ण चरित्र हुने गर्दथ्यो । खलनायक बिना कुनै पटकथाहरु नै लेखिदैनथ्यो । तसर्थ त्यस समयमा खलनायकको लागि संवाद र दृश्य पनि निकै दमदार हुने गर्दथे । यसर्थ हामीले धेरै आनन्द लिइसक्यौं । अब समय फेरिइसक्यो । आजभोलि तपाईं नायकहरुलाई नै खलनायकको भूमिकामा देखिरहनु भएको छ ।’

डेनीले हालै फिल्म ‘बायोस्कोपवाला’ मा मुख्य भूमिका निर्वाह गरेका छन । उनले यस फिल्मबारे टिप्पणी गर्दै भनेका छन्, ‘यो फिल्म यसकारण विशेष होइन कि यसमा म मूख्य भूमिका निर्वाह गर्दैछु । यसमा म न त गीत गाइरहेको छु, न त म कुनै रुखको वरिपरी नृत्य गरिरहेको छु । यो एक यथार्थवादी फिल्म हो । यसमा मेरो एकदमै अपरम्परागत भूमिका रहेको छ । ’ 

डेनीको अर्को फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ हो । जसमा अभिनेबी कंगना रनावत झाँसी कि रानीको भूमिकामा छिन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया