MENU

खेल

ujyaalo forign call inside

​लिभरपूलको जर्सि लगाएर पारस खड्काले भने ‘यू विल नेभर वाक अलोन’

काठमाडौं, जेठ १२ – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले शनिबार मध्यराती हुने च्याम्पियन्स लिगको फाइनल खेल हेर्नका लागि तयार रहन आह्वान गरेका छन् ।

लिभरपूलका समर्थक पारसले लिभरपुलको जर्सी लगाएको फोटो फेसबुक र ट्वीटरमा लेखेका छन्, ‘ हाम्रा (लिभपुल समर्थकका) लागि पछिल्लो दशककै सर्वाधिक ठूलो खेलका लागि तयार छौं, आउनुहोस् यसलाई सफल बनाऔं ।’ लिभरपूल फुटबल क्लबको ‘मन्त्र’ यू विल नेभर वाक अलोन वाईएनडब्लु लेख्न पनि पारसले छुटाएका छैनन् ।


पारस आफू क्रिकेटर भएपनि फुटबलका फ्यान हुन् ।

लिभरपूल सन् २००६–७ को सिजनमा च्याम्पियन्स लिगको उपविजेता भएको थियो । त्यसपछि पहिलोपटक प्रतियोगिताको फाइनलमा पुगेको लिभरपूलले उपाधिका लागि शनिबार मध्यराति रियल मड्रिडसँग खेल्दैछ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया