MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

उत्तर काेरियाका नेता ​किम र दक्षिण काेरियाका नेता मुनबीच अाकस्मीक भेटवार्ता

जेठ १२ – उत्तर कोरिया र दक्षिण कोरियाबीच शनिबार दोस्रो पटक आकस्मीक भेटवार्ता भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता रद्द भएको घोषणा गरेको भोलिपल्ट दुईदेशका नेताहरुबीच अकस्मात भेटवार्ता भएको हो । दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इन र किम जोन उनबीच दुई देशको सिमानामा रहेको पानमुनजोम गाउँमा पुगेर भेटवार्ता भएको हो ।

दुई नेताबीच गएको अप्रिलमा भेटवार्त भएको थियो । दुई नेताबीच उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पबीच हुने भेटवार्ताको विषयमा छलपफल भएको छ जुन बैठक एक दिनअघि अमेरिकी राष्ट्रपतिले रद्द गरेको बताएका थिए । दुई नेताबीचको भेटमा संयुक्त बक्तव्यको कार्यन्वयन बारेमा पनि छलफल भएको दक्षिण कोरियाले जनाएको छ ।

भेटघाटको उद्देश्य अमेरिकासँगको उत्तर कोरियाके वार्त सफल बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ । भेटवार्ताले दुई कोरियाबीचको सम्बन्ध बढाउन सघाएको दक्षिण कोरियाले जनाएको  छ ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको फोटोमा किम र मून अंकमाल गरेको देखाइएको छ । मुनले दुई नेताबीच भएको छलफल तथा वार्ताबारे आइतबार जानकारी दिने बताइएको छ ।

उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले संयुक्त रुपमा सैन्य अभ्यास गरेको भन्दै अमेरिकासँगको वार्ता रद्द गर्ने चेतावनी दिएको केही दिनपछि अमेरिकाले पनि वार्ता रद्द गरेको जनाएको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया