खेल
लालबन्दी गोल्डकप फुटबल जेठको अन्तिम साताबाट
- Saturday, May 26, 2018
- 14:36 PM ( 2 years ago )
- Total Views: 2.8 K
सर्लाही, जेठ १२ – सर्लाहीको लालबन्दीमा पहिलो पटक लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
राष्ट्रिय स्तरका क्लबहरुको सहभागितामा सर्लाही जिल्ला फुटबल संघ र लालबन्दी नगरपालिकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन् । लायन्स क्लब अफ लालबन्दी सिटी सह–आयोजक रहेको प्रतियोगिता जेठ २४ गतेदेखि सुरु भई असार २ गतेसम्म चल्ने सर्लाही जिल्ला फुटबल संघका महासचिव उज्वल कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार लालबन्दी नगरपालिका–६, मा रहेको खेल मैदानमा हुने प्रतियोगितामा सर्लाहीको एक सहित जम्मा १० टिमले सहभागिता जनाउने छन् । आयोजकले शनिबार पत्रकार सम्मेलन आयोजना गरी खेल खेल्नका लागि अहिलेसम्म थ्रीस्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ, संकटा क्लब, झापा ११, सहारा क्लब, रुपन्देही ११, सर्लाही ११ र दार्जिलिङ ११ गरी १० क्लबको टुंगो लागेको जानकारी दिएको हो ।
प्रतियोगिताका विजेतालाई ७ लाख र उपबिजेतालाई ३ लाख ५० हजार रुपैयाँ, उदीयमान खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुर बहादुर सुसलिङले बताउनुभयो ।
प्रतियोगिताका लागि अहिले विभिन्न दाताहरुबाट सहयोग संकलन गर्ने तथा खेल मैदानमा संरचना निर्माणको काम तीव्र रुपमा भैरहेको छ ।
सम्बन्धित सामग्रीहरु
-
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
काठमाडौं, जेठ १७ – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मीले समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा जित निकालेको छ ।
-
रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
जेठ १७ – रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले क्लबले च्याम्पियन्स लिग जितेको ५ दिनपछि राजीनामा दिएका छन् ।
-
दशरथ रंगशाला निर्माणका लागि १० करोड बजेट विनियोजन
काठमाडौं, जेठ १७ – सरकारले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ ।
-
सन्दीपले अफ्रिदीको कप्तानीमा विश्व ११ बाट आज खेल्दै
काठमाडौं, जेठ १७ – नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ ।
-
धुर्मुससँग सम्पर्क नै टुट्यो : खेलकुद मन्त्री विश्वकर्मा
काठमाडौं, जेठ १७ – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँग सम्पर्क नै नभएको बताउनुभएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस