खेल
च्याम्पियन्स लिगको फाइनल आज : जिदान भन्छन् रियल मड्रिड दवावमा छ
- Saturday, May 26, 2018
- 14:30 PM ( 2 years ago )
- Total Views: 12.6 K
जेठ १२ – च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुल खेल्दैछन् ।
१२ पटक च्याम्पियन्स लिग जितिसकेको रियल मड्रिड पाँच वर्षमा चौथो उपाधि जित्ने लक्ष्यमा छ भने लिभरपुल सन् २०१२ पछि पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
खेल युक्रेनको किभस्थित ओलम्पिक रंगशालामा नेपाली समय अनुसार मध्यराति साढे १२ बजे शुरु हुनेछ । फाइनल खेल्न दुवै टिम दुई दिन अगाडि नै प्रतियोगितास्थल पुगिसकेका छन् ।
रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टोली लिभरपुलभन्दा बलियो नभएको प्रतिक्रिया दिएका छन् । लगातार तेस्रो उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलका लागि जति अवसर छ आफ्नो लागि त्यतिकै धेरै दवाव भएको जिदानको भनाई छ ।
लिभरपुलका प्रशिक्षक जर्जेन क्लोपले सन् २०१३ मा बोरुसिया डोर्टमुण्डलाई प्रतियोगिताको फाइनलमा पुर्याएका थिए । तर फाइनलमा बायर्न म्युनिकसँग पराजित भएपछि उनको टिम उपविजेतामा सिमित भएको थियो । त्यसैले क्लोपलाई आजको खेल फाइनल जित्ने अर्को अवसर पनि बन्नेछ ।
हेड टू हेड
च्याम्पियन्स लिगमा लिभरपुल र रियल मड्रिड अहिलेसम्म पाँचपटक खेलेका छन् । जसमा तीन खेल लिभरपुलले जितेको छ भने दुई खेलमा रियलमड्रिड विजयी भएको छ ।
आजको खेललाई दुई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाहको भिडन्तका रुपमा पनि हेरिएको छ । रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगमा १५ गोल गरिसकेका छन् । जसमा नौ गोल समूह चरणमा गरेका छन् । रियल मड्रिडका लागि रोनाल्डोको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
यस्तै, विश्व फुटबलमा आफ्नो नाम चम्काइरहेका मोहमद सलाहको प्रदर्शन लिभरपुलका लागि महत्वपूर्ण हुनेछ । सलाहले यो सिजन ४८ गोल गरेका छन् । उनले घरेलु लिगमा ३३ गोल गर्दै रेकर्ड समेत बनाएका छन् ।
सम्बन्धित सामग्रीहरु
-
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
काठमाडौं, जेठ १७ – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मीले समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा जित निकालेको छ ।
-
रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
जेठ १७ – रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले क्लबले च्याम्पियन्स लिग जितेको ५ दिनपछि राजीनामा दिएका छन् ।
-
दशरथ रंगशाला निर्माणका लागि १० करोड बजेट विनियोजन
काठमाडौं, जेठ १७ – सरकारले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ ।
-
सन्दीपले अफ्रिदीको कप्तानीमा विश्व ११ बाट आज खेल्दै
काठमाडौं, जेठ १७ – नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ ।
-
धुर्मुससँग सम्पर्क नै टुट्यो : खेलकुद मन्त्री विश्वकर्मा
काठमाडौं, जेठ १७ – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँग सम्पर्क नै नभएको बताउनुभएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस