MENU

मनोरञ्जन

ujyaalo forign call inside

​माइकल ज्याक्सनको डान्सको रहस्य उनको जुत्तामा !

जेठ १२ – नृत्य मन पराउनेहरु वा माइकल ज्याक्सनलाई मन पराउनेहरुले उनको चर्चित डान्स स्टेपको नक्कल गर्ने प्रयास गरेकै हुन्छन् । 

तर सन् १९८७ मा सार्वजनिक म्युजिक भिडियो ‘स्मूथ क्रिमिनल’ मा माइकल ज्याक्सनले जुन डान्स स्टेप गरेका छन् त्यसलाई नक्कल गर्न भने धेरैका लागि कठिन हुनेछ ।

यो स्टेपमा माइकल सीधा उभिन्छन् र त्यही मुद्रामा आफ्नो शरीरलाई ४५ डिग्रीको कोणमा अगाडि झुकाउँछन् । वैज्ञानिकहरु प्रायः यही कुराको चर्चा गर्थे कि माइकल ज्याक्सनले यस्तो स्टेप कसरी गर्छन ?

न्यूरो सर्जनको एउटा टिममले माइकलको यो डान्स स्टेपको अध्ययन गरेको छ । उनीहरुको अध्ययनले माइकलको अद्भूत नृत्यको रहस्य उनको जुत्तामा भएको बताउँछ । 

जर्नल अफ् न्यूरो सर्जरीमा प्रकाशित आफ्नो सोधमा  मञ्जुल त्रिपाठी तथा भारतको चण्डीगढमा रहेको ग्राजुएट इन्स्टिच्यूट अफ् एजुकेसन एण्ड मेडिकल रिसर्चका सोधकर्ता भन्छन्, ‘कैयौँ डान्सर, जसका खुट्टा निकै बलिया हुन्छन्, ती यस्तो स्टेप गर्दा केवल २५ वा ३० डिग्रीको कोणमा मात्रै झुक्न सक्छन् । तर माइकल ज्याक्सन यही स्टेप गर्दा ४५ डिग्रीसम्म सजिलै झुक्ने गर्छन् ।’ कसैले माइकलको यो स्टेपको नक्कल गर्न खोजेको भए पनि उनीहरुले शरीरको पछाडिको मांसपेशीमा दबाब महसुस गरेको हुन सक्ने सोधकर्ताहरुको भनाई छ । 

मञ्जुल त्रिपाठीका अनुसार माइकल ज्याक्सनको दुरुस्तै नक्कल गर्छु भन्नेलाई पनि उनले जस्तै अगाडि झुक्न लगभग असम्भव जस्तै छ । 

तर माइकल ज्याक्सन यो स्टेप सहजै गर्थे किनकि उनले लगाउने जुत्ता खास थियो । उनको जुत्तामा ‘भी’ आकारको एउटा टुक्रा नै गाँसिएको हुन्थ्यो । त्यसका कारण पनि उनी अगाडि सहजै झुक्न सकेको न्यूरोसर्जन भन्छन् । तर उनले यस्तो गर्नुभन्दा पहिले कम्मरमा बाँध्न उनालाई सुरक्षा डोरीको खाँचो पर्दथ्यो । 

माइकल ज्याक्सन र हलिउडमा काम गरेका उनका दुई जना साथी अमेरिकी अन्तरीक्ष यात्रीका लागि बनाइएको विशेष जुत्ताबाट प्रेरित भएको बताइन्छ । त्यो जुत्ता कुनै पनि सतहमा सजिलै चिप्किन्थ्यो । साथै शून्य गुरुत्वाकर्षण भएको ठाउँमा पनि यसले सतहमा राख्न सघाउँथ्यो । तर विशेषज्ञहरु भन्छन्, यस्तो जुत्ताको सहयोगमा पनि शरीरलाई एउटा कोणमा झुकाएर राख्न एकदमै कठिन हुन्छ । किनकि यसका लागि तपाईँको खुट्टा, ढाड तथा कम्मरको हड्डी बलियो हुनैपर्छ । 

न्यूरो सर्जन त्रिपाठी भन्छन्, ‘माइकल ज्याक्सनका थुप्रै फ्यान तथा हामी आफैले पनि यो स्टेपको नक्कल गर्न खोज्यौँ तर हामी हरेक पल्ट लड्यौँ ।’ उनी भन्छन्, ‘यो स्टेप गर्न सजिलो छैन । तपाईँको खुट्टाका साथै कम्मरको मांसपेशी पनि यसको दबाब झेल्न तयार हुनैपर्छ ।’

–बीबीसी हिन्दीबाट

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया