MENU

मनोरञ्जन

ujyaalo forign call inside

​दीपिका पादुकोणले कुनै पनि फिल्म साइन नगर्नुको कारण यस्तो

जेठ ८ – अभिनेत्री दीपिका पादुकोण केही समयअघि प्रदर्शन भएको फिल्म ‘पद्मावत’ मार्फत दर्शक माझ आएकी थिइन् ।

यस फिल्मले यसअघिका फिल्महरुले बनाएका कीर्तिमान तोड्दै बलिउडमा कैयौँ नयाँ कीर्तिमान राखेको थियो । फिल्म ‘पद्मावत’ ले पाँच सय करोडको व्यापार गर्दै सुपरहिट भएको थियो । 

फिल्म सुपरहिट भए पनि दीपिकाले त्यस फिल्म पछाडि कुनै पनि फिल्म साइन गरेकी छैनन् । दीपिकाले कुनै पनि फिल्म साइन नगरेपछि उनका बारेमा अनेक अफवाहहरु फैलिइरहेका छन । तर दीपिकाले फिल्म साइन नगर्नुको कारण भने फरक छ । 

उनको बारेमा आएका खबरहरुमा दीपिकाको घाँटी तर्था गद्र्धनको दुखाइका कारण उनले फिल्म साइन गरिरहेकी छैनन् । यसैगरी अर्को खबरमा उनी प्रेमी रणवीर सिंहका साथ विवाह गर्न लागेका कारण फिल्म नगरेको भन्ने जस्ता खबरहरु पनि आए । तर यी सबै खबर केवल अफवाह मात्रै थिए । खासमा दीपिकाले फिल्म साइन नगर्नुको कारण फिल्मको स्क्रिप्ट र पारिश्रमिक हो । दीपिकालाई अफर गरिएका फिल्महरुमध्ये कुनैको स्क्रिप्ट चित्त बुझेन त कुनैसँग पारिश्रमिकको कुरा मिलेन । त्यसै कारण दीपिकाले हालसम्म कुनै पनि फिल्म साइन गरेकी छैनन् ।  

खबरहरुका अनुसार उनको घाँटी तर्था गद्र्धनको दुखाई हाल धेरै हदसम्म सञ्चो भइसकेको छ । केही समयभित्र उनी पूर्ण रुपमा स्वस्थ हुनेछिन् । यस्तै उनको विवाहलाई फिल्महरुले कुनै असर पार्ने छैनन् । दीपिकाले फिल्म साइन नगर्नुको कारण उनलाई फिल्मको स्क्रिप्ट मन नपर्नु नै हो ।  

दीपिका यस्तो फिल्मको खोजीमा छिन् जसमा फिल्मको अभिनेताको जत्तिकै महत्वपूर्ण भूमिका अभिनेत्रीको पनि होस् । यस्तै फिल्मका लागि दिइने पारिश्रमिक पनि त्यसैअनुरुप होस् । 

फिल्म ‘पद्मावत’ मा दीपिकाले अभिनेता रणवीर सिंह र शाहिद कपूरको भन्दा बढी पारिश्रमिक पाएकी थिइन् । तर यशराज फिल्मस् र धर्मा प्रोडक्शन जस्ता बलिउडका ठूलो ब्यानरका कम्पनीहरु उनलाई धेरै पारिश्रमिक दिन राजी छैनन् । 

दीपिकाले विशाल भारद्वाजको फिल्म ‘सपना दीदी’ बायोपिकमा काम गर्ने पक्का भइसकेको थियो तर यस फिल्मका अभिनेता इरफान खानको स्वास्थ्य खराब भएकाले यस फिल्मको छायाँकंनको काम रोकिएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया