MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

टेलिकमका डाटा प्रयोगकर्ता करोड नाघे

काठमाडौं, जेठ ८ – नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् ।
 
कम्पनीले भर्खरै प्रकाशित गरेको एमआईएस रिपोर्ट ९ःक्ष्क् च्भउयचत० अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार पुगेको जनाएको छ । टेलिकमका अनुसार जीएसएम डाटा सेवामा ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवामा १ लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता रहेका छन् ।
 
टेलिकमले २०७४ चैतसम्मको नतिजा सार्वजनिक गरेको हो । असार मसान्त सम्ममा कम्पनीको डाटा सेवाका ग्राहक ८४ लाख २५ हजार ८ सय ९४ रहेकोमा २०७४ चैत अन्त्यसम्ममा यो संख्या १ करोड १ लाख ५४ हजार पुगेको टेलिकमले जनाएको छ ।
 
टेलिकमका अनुसार २०७४ चैत मसान्तसम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता ५ लाख ५९ हजार १ सय ७२ रहेका छन् । 
 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया