MENU

मनोरञ्जन

ujyaalo forign call inside

सुशान्त सिंह राजपुतको फिल्मबाट श्रद्धा कपूर आउट

जेठ ७ – आमीर खानको सुपरहिट फिल्म ‘दंगल’ को निर्देशन गरेका निर्देशक नितेश तिवारी नयाँ फिल्म बनाइरहेका छन् ।

उनले त्यो फिल्मका लागि अभिनेता सुशान्त सिंह राजपुतलाई लिएका छन् । उनले यस फिल्मका लागि अभिनेत्री श्रद्धा कपूरलाई लिने टुंगो लगाइसकेका थिए । तर अब श्रद्धाको हातबाट त्यो फिल्ममा काम गर्ने अवसर फुत्किएको छ । 

श्रद्धाको ठाउँमा अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई अनुबन्धन गरिने कुरा बाहिरिएको छ । श्रद्धालाई यस फिल्मबाट आउट गर्ने काम यस फिल्मका निर्माता साजिद नाडियावालाले गरेको बताइएको छ । 

कलेज लाइफमा आधारित रहने यस फिल्ममा सुशान्तको मुख्य भूमिका रहनेछ । तर यसअघि फाइनल गरिसकिएकी अभिनेत्री श्रद्धालाई फिल्मबाट हटाइएको छ । फिल्म निर्माता साजिदका अनुसार श्रद्धाले यस किसिमको भूमिका यसअघि नै गरिसकेकाले उनलाई फिल्मबाट हटाइएको हो । 

श्रद्धाले फिल्म ‘हाफ गर्लफ्रेण्ड’ को भूमिकासँग मेल खान गएका कारण उनलाई फेरि पनि त्यस्तै खालको भूमिका नदिई श्रद्धाको ठाउँमा ज्याकलिनलाई लिइने कुरा भएको छ । 

ज्याकलिन आउँदो जूनमा १५ मा प्रदर्शन हुने फिल्म ‘रेस ३’ मा सलमानको जोडीको रुपमा रहेकी छिन् । फिल्म ‘रेस ३’ बाट ज्याकलिन हाल निकै चर्चामा रहेकी छिन् । उता अभिनेत्री श्रद्धाले उनको फिल्म‘स्त्री’को छायाँकंन पूरा गरिसकेकी छिन् भने उनको अर्को फिल्म ‘साहो’ को छायाँकंनका लागि अबुधाबीमा छिन् । फिल्म ‘साहो’मा श्रद्धा बाहुबली सुपरस्टार प्रभासको जोडीको रुपमा स्क्रिन शेयर गरिरहेकी छिन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया