MENU

साहित्य/ कला

ujyaalo forign call inside

​विराटनगरमा सुरु भयो नाटक उत्सव : १० दिनमा ८५ वटा नाटक मञ्चन हुने

मोरङ, जेठ ५ – मोरङमा शुक्रबारदेखि  जिल्लास्तरीय वाई वाई नाटक उत्सव २०७५ सुरु भएको छ । 

नाटक उत्सव १० दिनसम्म सञ्चालन हुनेछ । उत्सवमा मोरङ जिल्लाका ८५ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् । नाटक उत्सवको उद्घाटन वरिष्ठ रंगकर्मी अशेष मल्लले गरे । उदघाटन गर्दै मल्लले भने, ‘राज्यले रंगमञ्च क्षेत्रको विकासमा चासो दिएको छैन, संस्कार र संस्कृति सिकाउने रंगमञ्चलाई राज्यले बिर्सन हुँदैन ।’

सभ्यताको विकासका निम्ती थिएटरको ठूलो हात हुने बताउँदै उनले राज्यले नबुझेका कारण नाटक अध्यापन गराउने स्कुल खुल्न नसकेको गुनासो गरे । स्कुलदेखि नै नाटकको पढाई  भए सभ्यताको विकास गर्न सहज हुने उनको भनाई छ । प्राज्ञ विवश पोखरेलले नाटक उत्सव नया कलाकारहरुको प्रतिभा प्रस्फुटन गर्ने आधार भएको बताए ।
रा

ज्यले पाठ्य पुस्तकका समावेश नगरे पनि गएको वर्षदेखि नाटक जागरण अभियान सुरु गरेको सुमेरु कला सरोवरका अध्यक्ष सुलवमणी सापकोटा बताउँछन्  । उनी भन्छन्, ‘गएको वर्ष सुनसरीमा पनि अभियान आयोजना गरिएको थियो यो वर्ष मोरङमा कार्यक्रम गर्न पाउँदा खुशी लागेको छ ।’  

कलाकारले रंगकर्मको बारेमा कलाकारले चिन्ता व्यक्त गरिरहँदा राजनीतिक दलहरुलाई पनि यो विषयमा राज्यले ध्यान नदिएकोमा पटक्कै मन परेको देखिएन । नेपाल कम्युनिष्ट पार्टीका नेता महेश रेग्मीले राज्यले रंगमञ्चलाई शिक्षाको रुपमा विकास गर्न नसक्दा कला क्षेत्रमा लागेकाहरु टिक्न सक्ने अवस्था नरहेको बताए । राज्यलाई एक ढिक्का  बनाएर विकास गर्दै लैजान कला क्षेत्रको ठूलो योगदान भएको बताउदै उनले सरकारले विद्यालय स्तरदेखि नै  रंगमञ्चलाई विद्यार्थीसम्म पुर्याउन आवश्यक रहेको बताए ।

निजी विद्यालयका सञ्चालक राजेशकुमार दासले निजी विद्यालयहरु पनि कला साहित्य क्षेत्रको विकासमा लाग्दै आएको बताए ।  नाटक उत्सवमा  जिल्लाभरका ८५ वटा सामुदायिक र निजी विद्यालयहरुले बढीमा १५ मिनेटको दरले ८५ वटा नाटक मञ्चन गर्दैछन् ।  शुक्रबारदेखि १० दिनसम्म निरन्तर नाटक मञ्चन गरिने छ । शुक्रबार चार वटा नाटक मञ्चन गरिएको छ ।

यी विद्यालयको नाटक

विराटनगर ४ मा रहेको गोग्राह माध्यमिक विद्यालय, विराटनगर–१२ मा रहेको गोदावारी स्कुल, विराटगर ११ मा रहेको सगरमाथा स्कुल र रंगेली ६ मा रहेको माउण्ट मकालु स्कुलले सहभागिता जनाएका छन् । उत्सवमा गोदावरी र गोग्राहले ‘बाल विवाह’ शीर्षकको नाटक मञ्चन गरेका थिए भने माउण्ट मकालुले  ‘वान वे’ नाटक मञ्चन गरेको थियो । सगरमाथाले आमा बुबाको माया नाटक मञ्चन गरेको थियो । 

उत्सवमा सहभागि मध्येबाट उत्कृष्ठ १० नाटक छनोट गरिने छ । उत्सवको निर्णयकमा वरिष्ठ रंगकर्मी लोकमणि सापकोटा, रंगकर्मी मुकेश कर्ण र दिपेश भण्डारी रहनेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया