बातावरण-कृषि
चितवनका कुखुरामा बर्डफ्लु देखियो
- Friday, May 18, 2018
- 17:00 PM ( 2 years ago )
- Total Views: 3.1 K
चितवन, जेठ ४ – चितवनमा बर्डफ्लु देखापरेको छ ।
खैरहनी नगरपालिका–९, सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो ।
राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा. दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताउनुभयो ।
बिहीबारको मन्त्रिस्तरको निर्णयपछि आज फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम भइरहेको उहाँले बताउनुभयो । राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो । सँगै रहेका ती दुवै फार्मका सबै कुखुरा मरिसकेको चापागाईंले बताउनुभयो ।
खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि यही वैशाख १४ गते जाँचका लागि भरतपुरमा रहेको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला ल्याइएको थियो । परीक्षणमा एच फाइव एन वान (एभिएन इन्फ्लुएन्जा) नामक जीवाणु (भाइरस) भेटिएको चापागाईंले बताउनुभयो ।
सोपश्चात् केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि नमूना पठाइएको थियो । केन्द्रीय प्रयोगशालाले वैशाख ३१ गते बर्डफ्लु प्रमाणित गरेर पठाएको थियो ।
यसैबीच बर्डफ्लु पुष्टि भएपछि खैरहनी–९, सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । उक्त क्षेत्रमा पक्षी तथा पक्षीजन्य पदार्थको ओसारपसारमा पनि रोक लगाइएको छ भने त्यस क्षेत्रमा रहेका पंक्षी सुरक्षित रुपमा नष्ट गरिएको छ ।
यसैबीच पशु सेवा कार्यालयले कुखुराको खोर सफा गर्न अनुरोध गरेको छ । यो जीवाणु मानिसमा पनि सर्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणसमक्ष पनि कार्यालयले आग्रह गरेको छ ।
यसअघि २०७० सालमा जिल्लामा बर्डफ्लु देखिएको थियो । सो समयमा बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा मरेका थिए । नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको हो ।
कुखुराजन्य क्षेत्रमा नेपालमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । जसमध्ये आधाभन्दा बढी लगानी चितवनमा छ । –रासस
सम्बन्धित सामग्रीहरु
-
उखु किसान र चिनी उद्योगीको वार्ता निष्कर्षविहीन
महोत्तरी, जेठ १७ – उखु उत्पादक कृषक संघ महोत्तरीका प्रतिनिधि र एभरेष्ट चिनी उद्योग रामनगरका प्रतिनिधिबीचको वार्ता विना निष्कर्ष सकिएको छ ।
-
अलैँचीको बिरुवाको मूल्य ताेकियाे, बिरुवाको मूल्य घट्यो
लमजुङ, जेठ ११ अलैँचीको बिरुवाको मूल्य निर्धारण गरिएको छ ।
-
गुलियो चिनीको तीतो नालिबेली : आयातित चिनीले किसान मारमा
किसान र स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न भन्दै आयातित चिनीमा बढाइएको भन्सारदर सरकारलाई निल्नु न ओकल्नु भएको छ ।
-
देशका धेरै ठाउँमा वर्षा, दिनभर मौसम बदली हुने
काठमाडौं, जेठ १० – उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । आज दिनभर नै मौसम बदली हुने मौसमविद विभूति पोख्रेलले बताउनुभयो ।
-
चितवनमा बर्डफ्लू : ११ हजार कुखुरा मारियो, ७० लाख क्षति
चितवन, जेठ ७ – चितवनमा पछिल्लो समयमा देखिएको बर्डफ्लूको कारण पोल्ट्री क्षेत्रमा ७० लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस