Total Hits: 4.7 K

​अजय देवगन र रणवीर कपूर एकसाथ आउँदै

  • Posted: Tuesday, May 15, 2018 13:30 PM ( 2 years ago )

जेठ १ – अभिनेता रणवीर कपूर र अजय देवगनले एक साथ काम गरेको फिल्म हो ‘राजनीति’ । 

यो फिल्म दर्शकको मन जित्दै सन् २०१० मा सुपरहिट भएको थियो । फिल्ममा अजय देवगन र रणवीर कपूर सौतेला दाजुभाइ थिए । 

त्यसको ६ वर्षपछि सन् २०१६ को तिहारमा भने अजय र रणवीरको भिडन्त नै भयोे ।  कारण थियो दुवैको फिल्म एउटै मितिमा प्रदर्शन हुनु । अजय देवगणको फिल्म ‘शिवाय’ र करण जोहरको निर्माण तथा रणवीरको अभिनय रहेको फिल्म ‘ए दिल हे मुश्कील’ को प्रदर्शन मितिकै कारण अजय र करण जोहरबीच शीतयुद्ध नै चलेको थियो । 

यसपछि बलिउडमा अभिनयद्वारा एक छुट्टै पहिचान बनाइसकेका अजय र रणवीर फेरि एक साथ एउटै फिल्ममा काम गर्ने कुरा सायद कसैले सोचेकै थिएनन् । तर निर्देशन लभ रञ्जनले भने रणवीर र अजयलाई एउटै फिल्ममा काम गर्नका लागि मनाइसकेका छन् ।

अजय र रणवीरले फेरि एक साथ एउटै फिल्ममा काम गर्न राजी भइसकेका छन् । सन् २०१८ को हिट फिल्म ‘सोनू के टीटु की स्वीटी’ निर्देशन गरेका लव रञ्जनले यी दुवैलाई उनको आगामी फिल्मका लागि अनुबन्धन गरिसकेका छन् । 
यस फिल्मको छायाँकंनको काम सन २०१९ बाट सुरु हुनेछ । 

अभिनेता अजय देवगन हाल लव रञ्जनको फिल्म ‘रम–कम’ को छायाँकंनमा व्यस्त छन् । अजयसँगै यस फिल्ममा अभिनेत्री तब्बु र राकुल प्रित सिंह रहेका छन् । 

प्रतिक्रिया दिनुहोस

City Education Foundation

Ujyaalo TV more

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु Play

हेर्ने कथा ६ - चिया बगानका शिकारीहरु

ब्लग उज्यालोअँध्यारोMore

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

थप सामाग्री

Week in Pictures More

उज्यालो रेडियो उत्सव

उज्यालो रेडियो उत्सव

अन्तर्वार्ता More

थप अन्तर्वार्ता

News in English More

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook